मिर्गौला बिगार्ने यी ५ मुख्य कारण ! यसबाट कसरी बच्ने ?

डा ऋषिकुमार काफ्ले
नेपालमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाइन्छ । अझ सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेकोले चिन्ता बढाएको छ । एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया असाध्यै महँंगों र झन्झटिलो हुन्छ । मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण बाहेक अर्को विकल्प नै छैन्। त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो आनीबानी, जीवनशैली स्वस्थ बनाउन जरुरी छ । बेलैमा सतर्क रहेर यसलाई बचाउन सक्यौं भने यसको झन्झटिलो उपचार र जीन्दगीभरको कमाई सक्नुपर्ने हुँदैन । त्यसैले धेरै हदसम्म मिर्गौलालाई स्वस्थ राख्ने जिम्मा हाम्रै हातमा छ ।
मिर्गौला मुख्यत यी ५ कारणले गर्दा बिग्रने गर्छ :
उच्च रक्तचाप
उच्च रक्तचाप मिर्गौला बिगार्ने प्रमुख कारण हो । जब कुनै व्यक्तिमा उच्च रक्तचापको समस्या हुन्छ । उसले के सोच्न पर्यो भने म अब मिर्गौला रोगको पनि जोखिममा छु । त्यसैले यस्ता समस्या भएका व्यक्तिले नियमित रुपमा आफनो मिर्गौला ठीक छ की छैन भन्ने जान्नका लागि परीक्ष्ण गर्न जरुरी हुन्छ ।
मधुमेह
मधुमेह अर्थात चिनी रोग अर्को ठूलो शत्रु हो मिर्गौलाका लागि । मधुमेहको समस्या भएका बिरामीको सुगर लेबल नियन्त्रण भएन भने यसले सिधै मिर्गौला बिगार्न तर्फ लाग्छ । त्यसैले मधुमेहको समस्या भएका बिरामीले आफनो मिर्गौला जोगाउनका लागि सुगर नियन्त्रण मा राख्न अत्यावश्यक हुन्छ । त्यसो त मधुमेह भएका बिरामीको मुटु आँखा ,नसा लगायतका अंगमा पनि समस्या देखिने गर्छ । त्यसतर्फ बेलैमा सजग हुनुपर्छ ।
जथाभावी औषधिको प्रयोग
कतिपय मानिसहरुले सामान्य त हो भनेर आफूखुशी फार्मेसीबाट ल्याएर औषधि खाने गर्छन । तर यसले मिर्गौलामा असर गरिरहेको हुन्छ । यसको हेक्का सबैले राख्नैपर्छ । आफूखुशी यस्ता पेनकिलर, एन्टिबायोटिक खाँदा यसले मिर्गौलालाई असर गर्न थाल्छ र बिस्तारै मिर्गौला फेल हुनतर्फ जान्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि घातक हुनसक्छ ।
अस्वस्थकर खानेकुरा
अहिले बजारमा अनेक थरीका रंगीचंगी खानेकुराहरु पाइन्छन्। जसमा धेरै मानिसहरु भुलेको पाइन्छ । यस्ता जंकफुड र भद्रगोल रुपमा खाइने खानेकुरा मिर्गौलाका लागि खराब हुन्छन्। त्यसो त यस्ता खानेकुुराले मिर्गौला मात्र हैन अन्य अंगरुलाई पनि क्षति पुराइरहेको हुन्छ जिब्रोको स्वादको लागि खाइने यस्ता खानेकुराले मिर्गौला बिगारीरहेको हुन्छ । के खाने ने कसरी खाने भन्ने बुझ्न जरुरी हुन्छ । पायो भन्दैमा सबै खानेकुरा खानु नराम्रो हो ।
शारीरिक व्यायामको कमी
हामीमध्ये कतिजनाले नियमित शारीरिक व्यायाम गर्छौ शरीरका लागि शारीरिक अभ्यास अत्यन्त जरुरी हुन्छ । प्रत्येक दिन केही समय छुट्याएर शारीरिक अभ्यास गर्ने, हिंड्ने वा योगा प्राणायम गर्न जरुरी छ । तर अनियन्त्रित रुपमा खानेकुरा खाने अनि शारीरि अभ्यास नगर्दा यसले मोटोपना निम्त्याउन जान्छ । सँगसँगै चिनीरोग र मिर्गौला रोग पनि । त्यसैले नियमित शारीरिक अभ्यास नगर्दा पनि मिर्गौला मा समस्या पारिरहेको हुन्छ ।
यी त भए मिर्गौला बिगार्ने मुख्य कारण । यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिनसक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि फेल हुनेसम्म पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ ।
(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्ले मिर्गौला बचाउन अभियानका संस्थापक हुन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights