Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?

जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?

डा कविता क्याल

जाडोमा बालिबालिकालाई रुघाखोही लाग्ने, निमोनिया हुने डर धेरै नै हुन्छ । उनीहरुलाई चिसोबाट जोगाउन सकिएन भने विभिन्न स्वास्थ्य समस्या निम्तने हुँदा जाडोयाममा अझ बढी सतर्क हुनुपर्ने हुन्छ । कतिपय बाबुआमाले लापरवाही गरिंदिंदा निमोनियाका कारण कयौं बच्चाको ज्यान समेत गइरहेको हुन्छ । त्यसैले चिसो मौसम शुरु हुनासाथ हामाी चनाखो भएर बच्चाहरुलाई न्यानो राख्ने साथै खानपान र उनीहरुको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बालबालिकाकालाइ निमोनियाबाट जोगाउन निम्न कामहरु गर्न जरुरी छ :

सरकारले नवजात शिशुका लागि निमोनियाविरुद्ध खोपको व्यवस्था गरेको छ। त्यसैले नटुटाई ६ हप्ता, १० हप्ता र ९ महिनामा बच्चालाई खोप लगाउनुस्।

सरसफाइमा ध्यान नदिँदा पनि बालबालिकालाई निमोनियाले समाउन सक्छ। उनीहरूको सरफाइसँगै घरभित्र र वरिपरी सफासुग्घरमा ध्यान दिनुस्।

अचेल विशेषगरी शहरी क्षेत्रमा धुलो, धुवाँजस्ता प्रदूषण व्यापक छ। सकेसम्म यस्ता ठाउँमा बालबालिकालाई नलैजानुस्। लैजानै परे उनीहरूलाई गुणस्तरीय मास्क लगाइदिने गर्नुस्।

बच्चालाई शुद्ध र स्वास्थ्यवर्धक खानेकुरा खुवाउनुस्। घरमै बनाएर खुवाउनुस्। चाउचाउ, कुरमुरेजस्ता जंक फुड र बजारमा बनेका खानेकुरा कहिल्यै नखुवाउनुस्। यस्ता खानेकुराले बच्चाको स्वास्थ्यमा दीर्घकालिन गम्भीर असर गर्छ । जाडोमा झनै खानेकुराको मात्रा मिलाउन जरुरी छ ।

बालबालिकालाई न्यानो लुगा लगाइदिनुस्। तर न्यानो पार्ने बहानामा धेरै लुगा लगाइदिँदा गर्मी भएर पसिना आउने र त्यही पसिनाको चिसोका कारण निमोनिया हुनसक्ने तथ्य नभुल्नुस्।
बच्चालाई रुघाखोकी लागेको छ । छाती घ्यारघ्यार गरेको छ भने तुरुन्त विशेषज्ञ डाक्टलाई देखाइहाल्नुस्।

यी प्रक्रिया अपनाउने हो भने बालबालिकालाई निमोनियाबाट धेरै हदसम्म जोगाउन सकिन्छ।

बालरोग विशेषज्ञ डा कविता क्यालसँग कुराकानीमा आधारित :

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार