जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?
डा कविता क्याल
जाडोमा बालिबालिकालाई रुघाखोही लाग्ने, निमोनिया हुने डर धेरै नै हुन्छ । उनीहरुलाई चिसोबाट जोगाउन सकिएन भने विभिन्न स्वास्थ्य समस्या निम्तने हुँदा जाडोयाममा अझ बढी सतर्क हुनुपर्ने हुन्छ । कतिपय बाबुआमाले लापरवाही गरिंदिंदा निमोनियाका कारण कयौं बच्चाको ज्यान समेत गइरहेको हुन्छ । त्यसैले चिसो मौसम शुरु हुनासाथ हामाी चनाखो भएर बच्चाहरुलाई न्यानो राख्ने साथै खानपान र उनीहरुको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बालबालिकाकालाइ निमोनियाबाट जोगाउन निम्न कामहरु गर्न जरुरी छ :
सरकारले नवजात शिशुका लागि निमोनियाविरुद्ध खोपको व्यवस्था गरेको छ। त्यसैले नटुटाई ६ हप्ता, १० हप्ता र ९ महिनामा बच्चालाई खोप लगाउनुस्।
सरसफाइमा ध्यान नदिँदा पनि बालबालिकालाई निमोनियाले समाउन सक्छ। उनीहरूको सरफाइसँगै घरभित्र र वरिपरी सफासुग्घरमा ध्यान दिनुस्।
अचेल विशेषगरी शहरी क्षेत्रमा धुलो, धुवाँजस्ता प्रदूषण व्यापक छ। सकेसम्म यस्ता ठाउँमा बालबालिकालाई नलैजानुस्। लैजानै परे उनीहरूलाई गुणस्तरीय मास्क लगाइदिने गर्नुस्।
बच्चालाई शुद्ध र स्वास्थ्यवर्धक खानेकुरा खुवाउनुस्। घरमै बनाएर खुवाउनुस्। चाउचाउ, कुरमुरेजस्ता जंक फुड र बजारमा बनेका खानेकुरा कहिल्यै नखुवाउनुस्। यस्ता खानेकुराले बच्चाको स्वास्थ्यमा दीर्घकालिन गम्भीर असर गर्छ । जाडोमा झनै खानेकुराको मात्रा मिलाउन जरुरी छ ।
बालबालिकालाई न्यानो लुगा लगाइदिनुस्। तर न्यानो पार्ने बहानामा धेरै लुगा लगाइदिँदा गर्मी भएर पसिना आउने र त्यही पसिनाको चिसोका कारण निमोनिया हुनसक्ने तथ्य नभुल्नुस्।
बच्चालाई रुघाखोकी लागेको छ । छाती घ्यारघ्यार गरेको छ भने तुरुन्त विशेषज्ञ डाक्टलाई देखाइहाल्नुस्।
यी प्रक्रिया अपनाउने हो भने बालबालिकालाई निमोनियाबाट धेरै हदसम्म जोगाउन सकिन्छ।
बालरोग विशेषज्ञ डा कविता क्यालसँग कुराकानीमा आधारित :
औषधिको सही प्रयोग किन आवश्यक छ ?
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने