Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाथका बिरामी कोरोनाको उच्च जोखिममा

बाथका बिरामी कोरोनाको उच्च जोखिममा

यतिबेला विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले २१८ देशमा फैलिएको छ । यसैगरी हालसम्म साढे ६ करोड भन्दा बढी मानिस यसको संक्रमणमा परिसकेको पुष्टि भएको छ भने विश्वमा १५ लाख ५० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले नै दीर्घ रोग जस्तै मुटुरोग, मिर्गौला रोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ रोग लगायतका दीर्घ रोगका बिरामीहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएको छ । अब कुरा गरौं बाथ रोगको । बाथ एक प्रकारको अटो इम्युन डिजिज हो । यसले बिरामीमा रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउँछ र आफनै शरीरलाई असर गर्छ । बाथ रोग खासगरी हाड जोर्नीहरु सुन्निने, दुख्ने समस्याबाट शुरु भएर शरीरका महत्वपूर्ण अंगहरुमा असर गर्ने रोग हो ।

शरीरको रोगसँग लड्ने शक्तिलाई नै कमजोर बनाउने रोग भएकाले पनि बाथ रोग लागेको र औषधि खाइरहेका बिरामीलाई कोरोना भाइरसको संक्रमण हुने र जोखिम बढाउने सम्भावना बढी हुन्छ । त्यसैले हामीले शुरु देखि नै यस्ता बिरामीलाई सकेसम्म भिडभाडमा नजान, जानै परे मास्कको सही प्रयोग गर्न र दूरी कायम गर्न र सेनिटाइजर प्रयोग गर्न सल्लाह दिंदै आएका छौं । बाथ रोगका बिरामीलाई इम्युनोसप्रेस्ड औषधि चलाइएको हुन्छ । जसले गर्दा उनीहरुमा कुनै पनि भाइरसको संक्रमण भइहाल्ने सम्भावना धेरै रहन्छ । यस्ता औषधिहरुले यसै पनि शरीर कमजोर बनाएको बेला भाइरसले आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले बिरामी आफै पनि सचेत हुन जरुरी हुन्छ ।

अब जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा बाथका रोगीलाई अझ बढी समस्या हुने गर्छ । अझ भनौं बाथले बढी जसो जाडोमा सताउने गर्छ । यो बेला डाक्टरको सल्लाह अनुसार औषधिको नियमित सेवन गर्ने, केही समस्या भएमा आफनो डाक्टरलाई फोनबाट परामर्श लिने वा भेट्ने गर्न जरुरी छ । कोरोनाको डरले आफ्नो शरीरमा भएको रोगको समेत व्यवास्ता गर्दा यसले पछि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफनो नियमित दैनिकीमा फर्किनै पर्छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले पहिलो चरणको लकडाउन गर्दा धेरै बाथका बिरामीले बाहिर निस्कन समेत डराएर कयौं बिरामीले औषधि समेत नखाएको पाइयो । यसरी बाथको नियमित औषधि बिचमै छोड्दा यसले पुन काम गर्न समय लाग्छ र समस्या झन बढ्छ । त्यसैले आफनो नियमित खाइरहेको औषधि नछोड्न म आग्रह गर्दछु । जतिसुकै समस्या भए पनि खाइरहेको औषधि डाक्टरको सल्लाह बिना छोड्न हुँदैन।

अर्को कुरा कोरोना भाइरसको जोखिममा छौं भनेर डराएर बसेर मात्र हुँदैन। आफूले गर्ने नियमित व्यायाम घरमै बिहान बेलुका गर्ने, पौष्टिक खानेकुरा खाने र औषधिको सेवन नियमित गर्ने हो भने धेरै हदसम्म बाथको जटिलताबाट बच्च सकिन्छ भने कोरोना संक्रमणको जोखिमबाट पनि बच्न मद्दत गर्छ ।

थप समाचार