Health TV Online
Health TV Online

संक्रमणमुक्त भएको थाहा पाउन पुनः पीसीआर परीक्षण गर्नु पर्दैन्

संक्रमणमुक्त भएको थाहा पाउन पुनः पीसीआर परीक्षण गर्नु पर्दैन्

गत वर्षको डिसेम्बरदेखि सारा विश्व नै कोरोना भाइरस रोग कोभिड-१९  विरुद्ध जुधिरहेको छ ।  चिकित्सा विज्ञान र प्रविधिमा सबै भन्दा शक्तिशाली मानिएका रास्ट्रहरुलाई समेत यो महामारीले त्रसित बनाइदिएको छ। क्ष् अत्यन्त द्रुत गतिमा फैलिएको यो भाइरसको बारेमा धेरै अध्ययन अनुसन्धान पनि नभैसकेको अवस्थामा थुप्रै अनभिज्ञता तथा अन्यौलता हुनु स्वाभाविक नै हो । भाइरसका बारेमा यथेस्ट जानकारी नहुनुले खोजकर्ताहरु बीच मात्र होइन सर्वसाधारणमा पनि थुप्रै भ्रमहरुको सृजना भएको छ ।

सबै भन्दा ठुलो अन्योलता एक पल्ट पीसीआर गरेर पोजिटिभ भएका संक्रमितहरुले संक्रमणमुक्त हुनको लागि पुनः पीसीआर गर्ने कि नगर्ने भन्ने रहेको छ । सार्स कोभ २ भाइरसका बारेमा हालसम्मकै बृहत विश्लेषणका आधारमा दि ल्यान्सेट मेडिकल जर्नलमा  छापिएको लेखका आधारमा यो सामग्री तयार पारिएको हो । कोरोना भाइरस सम्बन्धी ७९ वटा लेखहरुलाई विश्लेषण गरी प्रकाशित यो लेखमा यो भाइरस मानव शरीरमा प्रवेश गरेदेखि कहिले सम्म शरीरबाट निस्कासन भै राख्छ र यसरी निस्कासित भाइरसले कहिले सम्म संक्रमण फैलाउन सक्छ भन्ने बारेमा चर्चा गरिएको छ

संक्रमित व्यक्तिको शरीरबाट भाइरस लामो समयसम्म निस्कासन भएपनि भाइरस छोटो समयको लागि मात्र जिवीत रहन्छ ।  त्यसैले फेला परेका सबै भाइरसले संक्रमण गर्न सक्छ भन्ने हुँदैन । अध्ययनले के देखाएको छ भने कोरोना संक्रमित व्यक्तिहरुले ८३ दिनसम्म पनि भाइरस निस्कासन गर्न सक्दछन तर जतिसुकै बढी भाइरल लोड भएतापनि संक्रमित भएर लक्षण देखापरेको ९ दिन पछी कल्चर गर्दा जिवीत भाइरस शरीरमा फेला परेको छैन्।

कोरोना भाइरस मानव शरीरमा प्रवेश गरे पश्चात स्वासप्रस्वास नलीको माथिल्लो भाग  (नाक,घाँटी )  बाट औसतमा १७ दिनसम्म , स्वासप्रस्वास नलीको तल्लो भाग ( घाँटीदेखि फोक्सोसम्म)  बाट औसतमा १४ .६ दिनसम्म , दिसाबाट १७ .२ दिनसम्म र रगतको सेरमबाट १६.६ दिनसम्म भाइरस शरीरबाट निस्कासित हुन्छ । तर सबैभन्दा मननयोग्य कुरा चाही के हो भने हालसम्म कुनै पनि अध्ययन अनुसन्धानले लक्षणहरु देखा परेको ९ दिनपछि निस्कासित भाइरसमा जिवीत भाइरस फेला पार्न सकेको छैन्।

स्वासप्रस्वास प्रणालीमा कोरोना भाइरसको भाइरल लोड ( भाइरसको मात्रा )  संक्रमित भएको एक हप्तामा सबैभन्दा उच्च रहन्छ । संक्रमणको सुरुवाती अवस्थामा लक्षण भएका र लक्षण नभएकाहरुमा भाइरल लोड समान भएतापनि लक्षण नभएकाहरुको शरीरबाट भाइरस शिघ्र हराउँछ।

हालसम्म प्राप्त प्रमाणहरुको निचोड के छ ?

तथ्यहरु केलाउँदा के थाहा हुन्छ भने संक्रमित व्यक्तिको शरीरबाट भाइरस लामो समयसम्म निस्कासन भएपनि भाइरस छोटो समयको लागि मात्र जिवीत रहन्छ ।  त्यसैले फेला परेका सबै भाइरसले संक्रमण गर्न सक्छ भन्ने हुँदैन ।  संक्रमण भएको पहिलो एक हप्तामा शरीरमा भाइरसको मात्रा सबैभन्दा धेरै हुने भएकोले पनि यो रोग द्रुत गतिमा फैलने देखिन्छ ।  यो  तथ्यलाई मध्यनजर गर्दै यो भाइरसलाई समुदाय र स्वास्थ्यकर्मीमा सर्न नदिनका लागि जतिसक्दो चाँडो संक्रमितहरुलाई पत्ता लगाउनु र तिनीहरुलाई आइसोलेसनमा राख्नु महत्वपूर्ण हुन्छ । प्राप्त प्रमाणहरुले के पनि देखाउँछन भने संक्रमितहरुलाई लक्षणहरु देखा परेको पहिलो दिन देखिनै आइसोलेसनमा राख्नु पर्दछ । केस छिटो पत्ता लगाए पनि संक्रमितहरुलाई ढिलो गरि आइसोलेट गर्दा कोभिड- १९ को नियन्त्रणमा यसले खासै अर्थ राख्दैन ।

अनुसासित भै १४ दिनसम्म आइसोलेसन बसेका संक्रमितहरुले अरुलाई संक्रमण सार्दैनन र अब उनीहरुले आफ्नो घर, परिवार, समुदाय वा कार्यस्थलमा फर्किदा पुनः पीसीआर परीक्षण गर्नु पर्दैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको कोभिड- १९ को परीक्षण सम्बन्धी निर्देशिकाले पनि संक्रमित व्यक्तिले १४ दिनसम्म आइसोलेसन बसी कम्तिमा ३ दिनसम्म लक्षण मुक्त भए पश्चात पुनः परीक्षण गर्नु नपर्ने उल्लेख गरेको छ ।

अध्ययनले के देखाएको छ भने कोरोना संक्रमित व्यक्तिहरुले ८३ दिनसम्म पनि भाइरस निस्कासन गर्न सक्दछन तर जतिसुकै बढी भाइरल लोड भएतापनि संक्रमित भएर लक्षण देखापरेको ९ दिन पछी कल्चर गर्दा जिवीत भाइरस शरीरमा फेला परेको छैन्। यसबाट के कुरा प्रमाणित हुन्छ भने निश्चित अवधिसम्म अनुशासित भै आइसोलेसन बसेको संक्रमित व्यक्तिले अरुलाई संक्रमण सार्दैन भनि प्रमाणित गर्नका लागि पुनः पीसीआर गर्नु पर्दैन्।

नेपाल सरकारको नीति के छ ? 

२०७७ श्रावण १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको कोभिड- १९ को परीक्षण सम्बन्धी निर्देशिकाले पनि संक्रमित व्यक्तिले १४ दिनसम्म आइसोलेसन बसी कम्तिमा ३ दिनसम्म लक्षण मुक्त भए पश्चात पुनः परीक्षण गर्नु नपर्ने उल्लेख गरेको छ । यसको अर्थ के हो भने यसरी अनुसासित भै १४ दिनसम्म आइसोलेसन बसेका संक्रमितहरुले अरुलाई संक्रमण सार्दैनन र अब उनीहरुले आफ्नो घर, परिवार, समुदाय वा कार्यस्थलमा फर्किदा पुनः पीसीआर परीक्षण गर्नु पर्दैन ।

हालसम्मका सबै अनुसन्धान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका बिपरित अहिले पनि कोरोना संक्रमणमुक्त भएको प्रमाणित गर्नका लागि दोस्रो, तेस्रो पटकसम्म अझ  नेगेटिभ नभएसम्म पीसीआर परीक्षण गर्ने गरेको पाइन्छ । त्यसका लागि कहिलेकाहीं संक्रमित स्वयम् त कतिपय अवस्थामा संक्रमित बसोबास गर्ने समुदाय, काम गर्ने कार्यालयले पुनः परीक्षण गर्न बाध्य गरेको पाइएको छ । आम नागरिकमा पुनः परीक्षण गर्नु नपर्ने बारेमा जनचेतना फैलाउने र त्यस्तो गर्न बाध्य पार्ने संस्थाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ परीक्षणको निर्देशिका विपरित सो कार्य नगर्न सचेत गराउनु जरूरी देखिन्छ ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा