Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हरेक दिन आधा घण्टा घाममा बस्नुस् ‘भिटामिन डी क्याप्सुल’ खानै पर्दैन

हरेक दिन आधा घण्टा घाममा बस्नुस् ‘भिटामिन डी क्याप्सुल’ खानै पर्दैन

पछिल्लो समय नेपालमा पनि शरीरमा भिटामिन डी कमी छ की छैन् भनेर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै धेरै नेपालीहरुमा भिटामिन डी कमी भएको पनि पाइएको छ । त्यसो त नेपालमा यस विषयमा धेरै अध्ययन भएको पाइँदैन तर अस्पतालमा आउने बिरामीको अवस्था र रिपोर्टका आधारमा भिटामिन डीको कमी हुनेहरु प्रसस्त रहेका छन्। अहिले त यो कोरोना महामारीमा कोरोना भाइरसको संक्रमण भएकाले आफूखुशी भिटामिन डी क्याप्सुल खाएको पनि देखिन्छ । तर हामीले के कुरा बिर्सिरहेका छौँ भने भिटामिन डी ८० देखि ९० प्रतिशत भन्दा बढी घामबाट पाइन्छ । त्यसपछि अन्य मात्र खानेकुराबाट खान सकिन्छ ।

भिटामिन डी यस्तो हर्मोन हो जुन शरीर आफैले बनाउन सक्दैन् त्यसका लागि हामीले यो घाम तापेर र सँगै खानेकुराबाट प्राप्त गर्न सक्छौं । हाम्रो जस्तो १२ महिना नै घाम लाग्ने देशमा भिटामिन डी किनेर खान आवश्यक नै छैन्। कतिपय यस्ता देशहरु पनि छन् जहाँ १० महिनासम्म घामको मुखै देखिन्न । त्यस्ता देशहरुमा भिटामिन डी क्याप्सुल खानुको विकल्प नै छैन् । तर हामीकहाँ त १२ महिना नै घाम लाग्छ । त्यसैले हामीलाई क्याप्सुल खानु पर्दैन्।

हामी महंगो भिटामिन डीको क्याप्सुल खान तयार छौं तर सित्तैमा पाइने घाममा बस्नै खोज्दैनौं । भिटामिन डीको मुख्य स्रोत नै घाम हो । त्यसैले हामीले नियमित छालामा घाम पर्ने गरी बिहान ९ बजे पछिको घाममा नियमित बस्ने हो भने भिटामिन डी कमी हुन पाउँदैन्। यसो गर्दा प्राकृतिक रुपमा भिटामिन डी पनि पाइन्छ र यो किन्नका लागि खर्च हुने पैसा पनि जोगिन्छ । हर्मोन गडबडीका कारण पुरुषको तुलनामा महिलाहरुको हड्डी छिटै कमजोर हुने र खिइने हुन्छ । त्यसैले भिटामिन डी को कमी भएमा यसमा अझै बढी असर पर्न जान्छ । त्यसैले महिलाहरु अझ बढी घाममा बस्न जरुरी छ ।

शरीरमा भिटामिन डीको कमी भएमा कमजोी महसुस हुने, हड्डीहरु कमजोर हुने, मसल करकर खाने, आलस्यता हुने आदी विभिन्न अन्य समस्याहरु आउनसक्छन्। त्यसैले सित्तैमा पाइने घाममा बस्न नहिच्कचाउँ । धेरै महिलाहरु कालो भइन्छ भनेर घाममा बस्न रुचाउँदैनन्। कति जना बसे पनि सनस्क्रिन लगाएर बस्छन्। यसो गर्दा शरीरले घाम सोस्न सक्दैन्। त्यसैले घाम ताप्दा सिधै शरीरको कुनै भागमा पर्ने गरी नै बस्नुपर्छ । सिसाबाट आउने घाम वा कपडा माथिबाट पर्ने घामबाट भिटामिन डी पाइँदैन् घाम छालामा नै पर्नुपर्छ ।

बढ्ने उमेरका केटाकेटीलाई अझै यो आवश्यक छ । किशोरीहरुको शरीरमा भिटामिन डि र क्याल्सियमको कमी भएमा किशोरीहरुको प्रजनन स्वास्थ्य र महिनावारीमा पनि असरपर्न सक्छ ।  हाम्रो पुरानो चलन अनुसार स साना बच्चा र सुत्केरीलाई घाममा राखेर तेल लगाउने चलन छ । यो अहिले पनि धेरै जनाले यस्तै गरिरहेका पाइन्छन्। यो असाध्यै वैज्ञानिक चलन हो । यसले बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।

शरीरमा ‘भिटामिन डी’ को कमी हुन नदिन नियमित आधा घण्टा घाममा बसौं फजुल खर्च र स्वास्थ्य समस्याबाट बचौँ ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या