Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर त जितेँ भने कोरोना त के हो र भन्ने लाग्यो -आखिर कोरोनालाई पनि जितेरै छोडेँ

क्यान्सर त जितेँ भने कोरोना त के हो र भन्ने लाग्यो -आखिर कोरोनालाई पनि जितेरै छोडेँ

नेपालमा कोरोना महामारी शुरु भएदेखि नै मनमा अलि अलि डर त लागेको थियो । किन भने कोभिड -१९ भाइरसले क्यान्सर, मुटुरोग , मिर्गौला रोग, मधुमेह जस्ता दीर्घ रोग भएकालाई बढी असर गर्छ र मृत्युदर पनि बढी छ भनेर विज्ञहरुले भन्दै आएका थिए । त्यसैले पनि कता कता डरचाहिं थियो । तर म मा आत्मबल यति धेरै छ की जे जस्तो परिस्थितीमा पनि म आत्तिन्न त्यसैले पनि म अहिले यहाँ छु जस्तो लाग्छ । हुन पनि त्यस्तै भयो २०७३ सालमा पहिलोपटक म मा स्तन क्यान्सर हुँदा धेरैले यो मर्छे अब किन खर्च गरेको होला भन्थे ।

तर मैले आफनो शरीर क्यान्सरले गलाउँदा पनि आत्मबल कहिल्यै गल्न दिइन् । मलाई त्यो बेला क्यान्सर लागे पनि म उपचार गरेर निको हुन्छु र पहिलेकै अवस्थामा आउँछु भन्ने विश्वास थियो । त्यसैले अरुले भनेको कुरा सुनिन र वास्ता पनि गरिन । सबैको कुरा सुनेको भए सायदै म अहिले यहाँ हुन्थे होला । मैले हिम्मत देखाएर उपचार गरें, किमो लिएँ, रेडियोथेरपी पनि गरें । त्यसबेला रोगले गालेको मान्छेको शरीर हेरेर यो बाँच्दिन भन्थे मन कसैले हेर्थेनन् कहिलेकाहीं सम्झिँदा चित्त पनि दुख्छ ।

मैले क्यान्सर जितेको पनि ४ वर्ष भइसकेको छ । यहीबीचमा कोरोना भाइरसलाई पनि जित्न सफल भएकी छु । तीन साता अघि एक्कासी जीउ दुख्ने, रुघाखोकी लाग्ने भयो तर पनि मैले टेरिन । सानो छोरालाई कोरोना संक्रमण भएको थियो । उ होम आइसोलेसनमा बसेकाले घरमा उसको हेरविचारमा लागिरहेकी थिएँ। त्यहीबीचमा मलाई पनि कोरोना संक्रमण भएछ । म अन्य संक्रमितलाई पनि के आग्रह गर्न चाहन्छु भने म जस्तो क्यान्सरको बिरामीले त कोरोना जितेँ भने तपाइँहरु पनि हिम्मत राख्नुस् अवस्य यसलाई जित्न सक्नुहुनेछ ।

अझै पनि हाम्रो समाजामा क्यान्सर लागेपछि मरिहालिन्छ भन्ने सोचाई छ । जसले गर्दा बिरामीको मनोबल गिर्छ र रोगले च्याप्छ । तर त्यसो होइन आत्मबल बलियो बनाउने हो भने क्यान्सर मात्र हैन जुनसुकै रोगलाई पनि जित्न सकिन्छ भन्ने गतिलो उदाहरण म आफै हुँ ।

मैले क्यान्सर जितेको पनि ४ वर्ष भइसकेको छ । यहीबीचमा कोरोना भाइरसलाई पनि जित्न सफल भएकी छु । तीन साता अघि एक्कासी जीउ दुख्ने, रुघाखोकी लाग्ने भयो तर पनि मैले टेरिन । सानो छोरालाई कोरोना संक्रमण भएको थियो । उ होम आइसोलेसनमा बसेकाले घरमा उसको हेरविचारमा लागिरहेकी थिएँ। त्यहीबीचमा मलाई पनि कोरोना संक्रमण भएछ । सामान्य लक्षण देखिंदा सम्म मैले टेरिन । सावधानी अपनाउँदै आफनो काममा लागिरहेँ । तर विस्तारै स्वाद र गन्ध हराउन थालेपछि भने पक्कै मलाई पनि कोरोना पोजटिभ होला भनेर परीक्षण गराएँ । रिपोर्ट नभन्दै पोजेटिभ आयो । त्यसपछि पनि मैले खासै आराम गर्ने, सुत्ने केही गरिन्। तातो पानी खाने, नियमित व्यायाम गर्ने, सकारात्म्क सोचें । खासै केही गाह्रो भएन । जसरी डाक्टरहरुले क्यान्सर भएका बिरामीलाई कोरोना भाइरसले धेरै गाह्रो पार्छ भनेका थिए त्यस्तो मैले महशुस नै गरिन । किनकी मलाई भित्रैदेखि थाहा थियो की मैले क्यान्सर जस्तो रोगलाई त जितें भने कोरोना भाइरस त के हो र भन्ने थियो । शायद त्यसैले होला मैले यतिबेला सजिलै कोरोना पनि जितेकी छु ।

मलाई के लाग्छ भने कुनै पनि रोगले भन्दा पनि बढी यसको पीर गरेर केही भइहाल्छ की भनेर आत्तिएर बिरामीको मृत्यु छिटो हुनेगर्छ । मैले त्यस्तो कहिल्यै सोचिन । मानव शरीर हो रोग त लागिहाल्छ उपचार गर्ने हो र यसलाई जित्न सकिहालिन्छ भन्ने लाग्छ । त्यसैले पनि मलाई कुनै पनि रोगले धेरै दुख दिन सक्दैनन्। म अन्य संक्रमितलाई पनि के आग्रह गर्न चाहन्छु भने म जस्तो क्यान्सरको बिरामीले त कोरोना जितेँ भने तपाइँहरु पनि हिम्मत राख्नुस् अवस्य यसलाई जित्न सक्नुहुनेछ ।

(शर्मा क्यान्सर सर्भाइभर हुन् जसले भर्खर मात्र कोरोना समेत जितेकी छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या