सलाम छ ती स्वास्थ्यकर्मीलाई..

अस्मिता ढकाल
यतिबेला विश्व नै काेरोना महामारीको चपेटामा परिरहेको छ । त्यसैले यसबाट हामी अछुतो हुने त कुरै भएन । नेपालमा यो लेख तयार पार्दासम्म १ लाख बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ६ सय बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय संक्रमण हुनेहरुमा प्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु धेरै छन्। स्वास्थ्यकर्मी नै संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा संलग्न हुने भएकाले पनि यो बेला हरेक अस्पतालका स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेको सूचनाहरु आइरहेका छन्।
एकातिर ज्यान जोखिममा राखेर बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुन बेला आफू संक्रमित भइने हो भन्ने त्रास अर्को तिर यही बेला समाज टोल छिमेकीले स्वास्थ्यकर्मी भनेपछि गर्ने छिछि दुरदुरको व्यवहारले स्वास्थ्यकर्मीहरु दोहोरो तनावमा छन्। म जस्ता कयौँ नर्सहरु स – साना छोराछोरी घरमा छोडेर बिरामीको सेवामा लागिरहेका छन्। युद्धभूमीका सिपाही जस्ता बनेर अस्पतालमा दिनरात नभनी खटिरहेका छन्। हामीलाई थाहा छ यो बेला हामी नै सिपाही हौं, हामी पछि हटे कसले लड्ने ।
कति हाम्रै साथीहरु आफू संक्रमित हुँदा पनि आफू जस्तै अन्य सिकिस्त संक्रमितको उपचार गरिरहेका छन्। म ती स्वास्थ्यकर्मीलाई सलाम गर्न चाहन्छु । उनीहरुले संक्रमित भएर बस्दा पनि आफनो कर्तव्य बिर्सेका छैनन्। सलाम छ ती स्वास्थ्यकर्मीलाई जसलाई आफनो भन्दा पनि बिरामीको चिन्ता छ । काेरोना संक्रमणमा परेको शिथिल शरीर लिएर १४ दिन पुग्ना साथ नेगेटिभ रिपोर्ट लिएर अस्पतालको ड्युटी गर्न तम्सिएका मेरा सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुलाई यही लेख मार्फत सलाम अनि नमन गर्न चाहन्छु ।
नेपालमा अहिले संक्रमण तिव्र रुपमा बढिरहेको छ । जसले गर्दा हामी बिरामीको सेवामा लाग्ने स्वास्थ्यकर्मीलाई त्यति नै कामको बोझ पनि बढेकाे छ । दिनरात नभनी ज्यान जोखिममा पारेर काम गर्ने स्वास्थ्यकर्मीका लागि सरकारले कुनै सम्बोधन नगरेको देख्दा कहिलेकाहीं दुख पनि लाग्छ । हुनत हामीलाई यतिबेला अरु भन्दा पनि हौसला चाहिएको छ । तिमीहरु काम गर हामी छौं तिमीहरुको लागि भन्ने शब्द मात्रै भए पनि पुग्छ ।
जुनसुकै अवस्थामा पनि बिरामीको सेवा गछौं भन्ने कसम खाएर सेवा प्रवेश गरेका हामी सास छन्जेल बिरामीको सेवामा रहन्छौँ । कति हाम्रै साथीहरु आफू संक्रमित हुँदा पनि आफू जस्तै अन्य सिकिस्त संक्रमितको उपचार गरिरहेका छन्। म ती स्वास्थ्यकर्मीलाई सलाम गर्न चाहन्छु । उनीहरुले संक्रमित भएर बस्दा पनि आफनो कर्तव्य बिर्सेका छैनन्। सलाम छ ती स्वास्थ्यकर्मीलाई जसलाई आफनो भन्दा पनि बिरामीको चिन्ता छ । काेरोना संक्रमणमा परेको शिथिल शरीर लिएर १४ दिन पुग्ना साथ नेगेटिभ रिपोर्ट लिएर अस्पतालको ड्युटी गर्न तम्सिएका मेरा सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुलाई यही लेख मार्फत सलाम अनि नमन गर्न चाहन्छु ।
अहिले स्वास्थ्यकर्मी संक्रमित नभएको कुनै अस्पताल नै छैन् भन्दा पनि हुन्छ । म त्रिवि शिक्षण अस्पतालमा कोभिड वार्डमा काम गरिरहेकी छु । मलाई थाहा छ कुनै न कुनै दिन म पनि संक्रमित हुन्छु भन्ने । मेरा धेरै साथीहरु संक्रमित भइसकेका छन्। हामी प्रत्यक्ष रुपमा बिरामीसँग बस्नुपर्ने भएकाले जतिसुकै ख्याल गर्दा पनि संत्रमण हुने सम्भावना बढी हुन्छ । हामी स्वास्थ्यकर्मीहरु योसँग डराएका छैनौँ । जस्तोसुकै परिस्थितीमा पनि काम गर्न तयार छौं भन्न चाहन्छु ।
साथै यो भाइरसलाई कम ठान्ने गल्ती गरेर लापरवाही नगर्न पनि आग्रह गर्दछु । बिरामी कति जटिल अवस्थासम्म पुग्छन् भन्ने हामी स्वास्थ्यकर्मीले देखेका छौँ । त्यसैले सकेसक्क घरबाहिर ननिस्कनुस । सुरक्षित रहनुस्।
स्टाफ नर्स ढकाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छिन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights