विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न यी कुरामा ध्यान दिऔँ

डा. प्रकाशराज रेग्मी
आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ यो वर्षको विश्व मुटु दिवस मनाईदैछ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ ।
प्रत्येक वर्ष विश्वभर नै मुटुरोगीहरुको संख्या बढ्दै गएको पाइन्छ । विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५% छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।
स्वस्थ जीवनशैली नै मुटुमा उर्जा भर्ने एक मात्र उपाय हो । यसबाट शरीरको प्रतिरक्षात्मक शक्तिमा बृद्धि भई कोरोना लगायतका संक्रमणहरुसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । मुटु उर्जावान भए जीवन सशक्त बन्दछ । मुटु स्वस्थ राख्नका लागि हामी आफैले काम गर्न सक्छौं । पौष्टिक खाना खाने, धुम्रपान मद्यपान नगर्ने, बढी चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने, सकेसम्म सागसब्जी फलफूल प्रयाप्त मात्रामा खानामा सामेल गर्ने र नियमित व्यायाम गर्ने गरियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको २५% अर्थात करिव ७५ लाख मानिस मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ,। यसैगरी २० प्रतिशतलाई कालेस्टेरोलको समस्या छ । १० प्रतिशतलाई मधुमेह छ भने १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ । वर्षेनी १००० बालबालिकाको बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मृत्यु हुनेगर्छ । उता बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनि बाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ । अध्ययनका अनुसार ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यकव्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । यी कारणहरुले पनि नेपालमा मुटुरोग बढिरहेको छ ।
मुटुको रोग बद्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । आजको मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय हो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउनु पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनका लागि गर्ने भनेको हो ।
यस वर्ष कोरोना महामारीका कारण विश्वव्यापी संकट उत्पन्न भएको छ । नेपाल पनि यसबाट प्रभावित बनेको छ । हामी ठूलो संकटमा फसेका छौं । कोभिड–१९ का कारण मृत्यु हुनेहरुमा मुटु रोगीहरुको संख्या अत्याधिक छ । यस कारणले पनि मुटु रोगीहरुले विशेष सावधानी अपनाउनु पर्ने आवश्यकता छ । यो परिस्थितीमा मुटु लगायत अन्य नसर्ने रोगहरुको उपचारबाट बञ्चित भई कुनै पनि नेपालीको मृत्यु नहोस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि पहलहरु हुन जरुरी छ। नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ । विपन्न वर्गको उपचारमा पनि सरकारका ेधेर ैखर्च छ । यसबाट धेरै नेपाली लाभान्वित पनि भएका छन् । विप्।न्न वर्गलाई उपचारमा ठूलो राहत भएको छ । दिर्घकालिन रुपमा सोच्दा रोगको रोकथामतर्फ पनि सरकारले नीति कार्यक्रममार्फत लगानी बढाउनु पर्ने हामीले महसुस गरेका छौं । मुटुरोगको उपचारका निम्ती लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममा लगानी गर्नुपर्ने हुन्छ । अनि मात्र यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।
यस वर्ष “मन लगाउ, मुटु बचाउ”भन्ने नाराका साथविश्व मुटु दिवस मनाइदै छ । स्वस्थ जीवनशैली नै मुटुमा उर्जा भर्ने एक मात्र उपाय हो । यसबाट शरीरको प्रतिरक्षात्मक शक्तिमा बृद्धि भई कोरोना लगायतका संक्रमणहरुसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । मुटु उर्जावान भए जीवन सशक्त बन्दछ । मुटु स्वस्थ राख्नका लागि हामी आफैले काम गर्न सक्छौं । पौष्टिक खाना खाने, धुम्रपान मद्यपान नगर्ने, बढी चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने, सकेसम्म सागसब्जी फलफूल प्रयाप्त मात्रामा खानामा सामेल गर्ने र नियमित व्यायाम गर्ने गरियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ । यसका साथै मानसिक तनाव पनि मुटु रोग बढाउने अर्को कारण हो । यसलाई कम गर्न पनि विभिन्न प्राणायाम, योग, मेडिटेसन लगायतका अभ्यासहरु गर्न सकिन्छ । यसका साथै ४० वर्ष पुगेको हरेक व्यक्तिले प्रत्येक वर्ष आफनो मुटु ठीक छ की छैन् भनेर जाँच गर्न जरुरी हुन्छ । सबैमा मुटु दिवसको शुभकामना !
(डा रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights