भर्खर संक्रमणमुक्त भएका डाक्टर भन्छन्, कोरोनालाई सामान्य नठानौँ

बाँकेको भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन एवं मेडिसिन विभागका प्रमुख डा राजन पाण्डे गत शुक्रबार कोरोना संक्रमणमुक्त भएका छन्। १० दिनमै उनले कोरोनालाई जितेका हुन्। उनी १३ औं दिनमा आइतबारदेखि अस्पतालमा काममा समेत खटिसकेका छन्। संक्रमितको उपचार र व्यवस्थापनमा अग्रपङ्तीमा रहेर खटिंदा कोरोना पोजेटिभ भएका उनै डा पाण्डेले हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यसँग यसरी आफनो आइसोलेसन अनुभव साटेका छन्। उनको अनुभव उनकै शब्दमा :
नेपालमा कोरोना देखा परेदेखि नै म कार्यरत भेरी अस्पतालका हामी सबै स्वास्थ्यकर्मी यसप्रति सचेत थियौं । जब भारतमा कोरोना संक्रमण बढ्न थाल्यो त्यसपछि हाम्रो चिन्ता र चासो अझै बढेको हो । किनकी नेपालगञ्ज भारतको सीमा नाका हो । यहाँबाट सजिलै भारत प्रवेश गर्ने र भारतबाट नेपाल आउने गर्छन्। यसले गर्दा संक्रमण नेपालञ्जमा आउने अझै जोखिम बढी थियो ।
संक्रमण हुँदा सम्म खासै केही लागेको थिएन । तर जब आइसोलेसनमा बसें । त्यसपछि मलाई २\३ दिन असाध्यै गाह्रो भयो । ज्वरो आउने, शरीर पुरै दुख्ने, स्वाद-गन्ध केही थाहा नपाउने हुन थाल्यो । त्यसबेला त लाग्यो अब यस्तै होे भने त बाँचिन्न की केहो जस्तो पनि लाग्यो । तर चिकित्सक साथीहरुको निगरानीमा भएकाले साथीहरुले तुरुन्त लक्षण अनुसारका औषधि दिने, अक्सिजन लेबल हेर्ने लगायतका काम भयो यति हुँदा पनि स्वास्थ्य समस्या कम नहुँदा भने म दुई दिन त साहै् आत्तिएँ । मानिसहरुले कोरोनालाई हल्का रुपमा लिएका छन् त्यस्तो हैन रहेछ यो मैले आफैले भोगेर थाहा पाएँ। यसलाई हेलचेक्र्याइँ गरेकै कारण धेरैको ज्यान गएको जस्तो लाग्छ ।
यही क्रममा नेपालगञ्जमा कोरोना संक्रमण देखियो र पछि ‘हटस्पट’ नै बन्न पुग्यो । संक्रमितको उपचार, क्वारेन्टाइन एव सम्पूर्ण व्यवस्थापनका लागि म लगायत साथीहरु अग्रपङतीमा रहेर काम गरिरहेका थियौं । पछि धमाधम अस्पतालमा स्वास्थ्यकर्मी र चिकित्सक साथीहरु नै संक्रमित हुन पुग्नुभयो । मलाई पनि कुनै न कुनै दिन संक्रमणमा परिन्छ भन्ने लागेको थियो । नभन्दै मलाई पनि भदौ ९ गते कोरोना संक्रमण भएछ । म सँगै मेरी श्रीमताीमा पनि संक्रमण पोजेटिभ देखियो ।
संक्रमण हुँदा सम्म खासै केही लागेको थिएन । तर जब आइसोलेसनमा बसें । त्यसपछि मलाई २\३ दिन असाध्यै गाह्रो भयो । ज्वरो आउने, शरीर पुरै दुख्ने, स्वाद-गन्ध केही थाहा नपाउने हुन थाल्यो । त्यसबेला त लाग्यो अब यस्तै होे भने त बाँचिन्न की केहो जस्तो पनि लाग्यो । तर चिकित्सक साथीहरुको निगरानीमा भएकाले साथीहरुले तुरुन्त लक्षण अनुसारका औषधि दिने, अक्सिजन लेबल हेर्ने लगायतका काम भयो यति हुँदा पनि स्वास्थ्य समस्या कम नहुँदा भने म दुई दिन त साहै् आत्तिएँ । मानिसहरुको कोरोनालाई हल्का रुपमा लिएका छन् त्यस्तो हैन रहेछ यो मैले आफैले भोगेर थाहा पाएँ। यसलाई हेलचेक्र्याइँ गरेकै कारण धेरैको ज्यान गएको जस्तो लाग्छ ।
आफै चिकित्सक भएर पनि मलाई त्यति धेरै डर लागेको थियो भने अन्य सर्वसाधारण संक्रमितको अवस्था के होला भनेर सोच्छु अहिले । आफूलाई नपरेसम्म थाहा हुँदैन भनेको हो रहेछ जुन मैले परेर थाहा पाएँ । अर्को कुरा कुनै पनि संक्रमितलाई होम आइसोलेसनमा राख्न हुँदैन भन्ने मैले अहिले बुझे। कोरोना संक्रमितलाई कुन बेला कस्तो खालको समस्या आउँछ भन्ने कुरा कसैलाई थाहा नै हुँदैन । त्यसैले सबै संक्रमितलाई स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीकै निगरानीमा राख्न जरुरी छ । यो मैले आइसोलेसन बसेर सिकेको पाठ हो।
अर्को कुरा म लगायत मेरी श्रीमतीमा पनि बिस्तारै लक्षणहरु देखिन थालेका थिए । उच्च ज्वरो आउने खोकी लाग्ने समस्या उनमा पनि देखियो । बच्चाबच्ची एकातिर हामी एकातिर मन साहै्र आत्तिने रहेछ । आफै चिकित्सक भएर पनि मलाई त्यति धेरै डर लागेको थियो भने अन्य सर्वसाधारण संक्रमितको अवस्था के होला भनेर सोच्छु अहिले । आफूलाई नपरेसम्म थाहा हुँदैन भनेको हो रहेछ जुन मैले परेर थाहा पाएँ । अर्को कुरा कुनै पनि संक्रमितलाई होम आइसोलेसनमा राख्न हुँदैन भन्ने मैले अहिले बुझे। कोरोना संक्रमितलाई कुन बेला कस्तो खालको समस्या आउँछ भन्ने कुरा कसैलाई थाहा नै हुँदैन । त्यसैले सबै संक्रमितलाई स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीकै निगरानीमा राख्न जरुरी छ । यो मैले आइसोलेसन बसेर सिकेको पाठ हो।
अहिले धेरै संक्रमित होम आइसोलेसनमा छन्। शुरुमा लक्षण नदेखिने र एक्कासी कडा लक्षण देखिंदा उनीहरु अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने र कतिपय अवस्थामा बेड समेत नपाउने कारणले उनीहरुको ज्यान गएको छ । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर तुरन्त अक्सिजन दिने, छातीको एक्सरे गरेर हेर्ने लक्षण अनुसारको औषधि दिएमा धेरै संक्रमितलाई जोगाउन सकिन्छ । म संक्रमितलाई पनि सल्लाह दिन चाहन्छु तपाइँ सकेसम्म स्वास्थ्य संस्थामा नै गएर आइसोलेसनमा बस्नुस् नभए पनि गाह्रो पर्दा कहाँ जाने, कसलाई फोन सम्पर्क गर्ने, एम्बुलेन्स कसरी बोलाउने लगयातका कुरा तयारी गरेर मात्र होम आइसोलेसनमा बस्नुस। अन्यथा सामान्य देखिने संक्रमणले ज्यानै लिन सक्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा