Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड- १९ सँग किन सतर्क हुने ?

कोभिड- १९ सँग किन सतर्क हुने ?

यतिबेला कोरोना भाइरसले  विश्वलाई नै त्रसित बनाइरहेको छ । यही भाइरसको संक्रमणका कारण विश्वमा ८ लाख ८३ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। तर यही बेला नेपालमा भने केही व्यक्तिहरुले कोरोना भाइरस त्यति डरलाग्दो होइन र यसबाट खासै डराउनु पर्दैन भन्दै गलत सूचना फैलाएको पाइएको छ । । यस्ता व्यक्तिहरुले सरकारले भने अनुसार सावधानी पनि अपनाउनु नपर्ने, यो एउटा सुनियोजित षडयन्त्र हो र सरकारले नागरिकलाई अनावश्यक दुख  दिइरहेको छ भन्ने जस्ता भ्रामक प्रचारप्रसार गरेको विभिन्न माध्यम तथा सामाजिक संजालहरुमा सुन्न पाइन्छ । विश्वका करोडौं मानिसलाई संक्रमित बनाइसकेको र लाखौंको ज्यान लिइसकेको यो भाइरसका बारेमा तथ्यहीन प्रचारप्रसार गरेर समग्र जनस्वास्थ्यमाथि खेलवाड गर्नु पक्कै पनि राम्रो संकेत हैन्। यसले झनै महामारी बढाउँछ ।

यतिबेला कोरोना भाइरसले  विश्वलाई नै त्रसित बनाइरहेको छ । यही भाइरसको संक्रमणका कारण विश्वमा ८ लाख ८३ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। तर यही बेला नेपालमा भने केही व्यक्तिहरुले कोरोना भाइरस त्यति डरलाग्दो होइन र यसबाट खासै डराउनु पर्दैन भन्दै गलत सूचना फैलाएको पाइएको छ । । यस्ता व्यक्तिहरुले सरकारले भने अनुसार सावधानी पनि अपनाउनु नपर्ने, यो एउटा सुनियोजित षडयन्त्र हो र सरकारले नागरिकलाई अनावश्यक दुख  दिइरहेको छ भन्ने जस्ता भ्रामक प्रचारप्रसार गरेको विभिन्न माध्यम तथा सामाजिक संजालहरुमा सुन्न पाइन्छ । विश्वका करोडौं मानिसलाई संक्रमित बनाइसकेको र लाखौंको ज्यान लिइसकेको यो भाइरसका बारेमा तथ्यहीन प्रचारप्रसार गरेर समग्र जनस्वास्थ्यमाथि खेलवाड गर्नु पक्कै पनि राम्रो संकेत हैन्। यसले झनै महामारी बढाउँछ ।

यस सताब्दीकै सबैभन्दा नराम्रो महामारी गराउने यो कोभिड -१९ भाइरस गएका सय वर्षहरुमा देखिएका भाइरसहरु भन्दा किन र कसरी पृथक र घातक  छ ? आउनुहोस् यसको बारेमा चर्चा गरौँ:

सामान्य फ्लुभन्दा १० गुणा घातक कोभिड -१९
वैज्ञानिकहरुले हालसम्म प्राप्त तथ्यांकहरुका आधारमा यो भाइरस सामान्य मौसमी फ्लुभन्दा १० गुना बढी प्राणघातक भनेर पुष्टि गरेका छन् । यस रोग विरुद्धको रोग प्रतिरोधात्मक क्षमता हालसम्म  मानवसँग छैन्। यो भाइरस आजभन्दा पहिले मानिसमा देखिएको थिएन त्यसैले कसैसँग पनि यो विरुद्धको रोग प्रतिरोधात्मक क्षमता छैन्। मनन योग्य कुरा त के हो भने यो फ्लु जस्तै सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ र यसले स्वासप्रस्वास प्रणालीको माथिल्लो भागलाई समेत असर पार्ने हुनाले यसबाट अन्य व्यक्तिमा संक्रमण फैलिने सम्भावना बढी हुन्छ । स्वासप्रस्वास प्रणालीको माथिल्लो भाग नाक, मुख तथा घाँटीमा यो भाइरस सकृय रहने हुनाले संक्रमित व्यक्तिले खोक्दा ,हाछ्यु गर्दा, जोडले बोल्दा, जोड जोडले स्वास फेर्दा अर्को व्यक्तिलाई सहजै संक्रमण हुन सक्दछ ।

हालसम्म खोप पनि छैन र लक्षण नहुँदै संक्रमण फैलन सक्छ

सबैभन्दा जटिल बिषय त के हो भने, यस रोगका सबै संक्रमितहरुमा लक्षणहरु नदेखिन सक्छ तर पनि त्यस्ता व्यक्तिहरुले रोग फैलाउन सक्दछन्। लक्षणहरु देखिने व्यक्तिहरुले पनि लक्षण देखिनु दुई दिन अघि देखिनै अरुलाई भाइरस सार्न सक्दछन्। कसले समुदायमा भाइरस फैलाइरहेको छ भनेर पत्ता लगाउन गार्हो हुने भएकोले पनि यो रोग निकै द्रुत गतिमा बढिरहेको छ।  हामीले पहिले जानेको सार्स र मर्स भन्दा पनि यो रोग सहज र शिघ्र गतिमा फैलिने क्षमता राख्दछ।

कोरोना भाइरसमा शरीरमा प्रवेश गर्ने र क्षति गर्ने विशेष क्षमता  छ

अन्य कोरोना भाइरसहरु भन्दा कोभिड -१९ गराउने सार्स कोभ २ भाइरसको विशेष बनौटले गर्दा यो मानव शरीरमा सहजै प्रवेश गर्न सक्दछ र शरीर भरिनै द्रुत गतिमा फैलन्छ । यो भाइरसको संक्रमणले गम्भीर खालको निमोनिया पनि हुने हुनाले थप जटिलता उत्पन्न हुन्छ ।क्ष् भाइरसको विरुद्ध हुने शरीरको प्रतिकृया पनि अरु अवस्थामा भन्दा पृथक देखिन्छ क्ष्। भाइरस विरुद्ध शरीरले सशक्त र लामो समयका लागि प्रतिरक्षात्मक प्रतिकृया देखाउँछ जसले गर्दा यसले भाइरस मात्र होइन फोक्सोका साथै शरीरका अन्य अंगहरु मुटु ,मृगौला, कलेजो मा रगत जम्ने समस्या उत्पन्न गराई तिनमा क्षति पुर्याउछ । गम्भीर बिरामीहरुमा मृत्युको कारण पनि यही हुन सक्छ।

ज्येष्ठ नागरिक तथा दिर्घ रोगी उच्च जोखिममा

अहिलेसम्मको तथ्यांकहरुलाई केलाउने हो भने ६० बर्ष माथिका जेष्ठ नागरिकहरु, दम, मुटु, मृगौला ,मधुमेह,क्यान्सर आदिका दिर्घ रोगीहरुमा यो रोगले बढी जटिलता निम्त्याएको पाइएको छ । यसैगरी गर्भवती, सुत्केरी र १२ बर्ष मुनिका बालबालिका पनि जोखिम बर्गमा पर्दछन ।

यो डरलाग्दो रोग भए पनि यसबाट बच्ने उपाय सरल छन्

यो भाइरस विरुद्धको औषधी पनि पत्ता नलागिसकेको तथा खोप पनि परिक्षणकै क्रममा रहेकाले अहिलेको लागि यो महामारी फैलाउने रोगबाट बच्ने उपायहरु भने एस एम एस विधि नै हुन्।  सामाजिक स्थलमा २ मिटरको भौतिक दूरी कायम गर्ने (एस), उचित मास्कको प्रयोग गर्ने (एम) र साबुन पानी वा स्यानिटाइजरले बारम्बार हाथ धुने (एस) । सबैभन्दा महत्वपुर्ण कुरा त के हो भने पहिले हामी सजग हुनु पर्दछ, त्रसित हुने र हल्लाको पछि लाग्ने गर्नु भएन्। रोग कसरी सर्दछ र यसबाट बच्ने उपायहरु के के हुन भनि हामीले मनन गर्यौ भने हामीलाई त्रास कम हुन्छ र संक्रमणबाट पनि जोगिन सक्छौं ।

अन्त्यमा, कोभिड १९ विश्वमै घातक मानिएको महामारीको रुपमा देखापरेको रोग हो। यो रोग यति घातक छ की हुन बेला कसलाई सर्छ र ज्यान लिन्छ थाहा नै हुँदैन् । त्यसैले यो संक्रमणबाट बच्न व्यक्तिगत रुपमा सबैले ध्यान दिन जरुरी छ । हल्लाको पछि लागेर यसलाई व्यवास्ता गर्दा भोलि पछुताउने दिन आउन सक्छ । त्यसैले सबैले यसबाट आफू र आफनो परिवारलाई बचाउन सक्दो प्रयास गरौँ, हल्लाको पछि नलागौँ ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या