Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मास्क किन र कसले लगाउने ?

मास्क किन र कसले लगाउने ?

डा मनोज ढकाल

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले सबैलाई त्रसित बनाएको छ । कोभिड -१९ को माहामारीसँगै कोरोना भाइरस संक्रमणबाट बच्नलाई पूरा विश्वका मानिसले आफ्नो अनुहार मास्कले छोपेका छन र नेपालमा नि संक्रमण बढेसँगै मास्कको प्रयोग अत्यधिक रुपले बढेको छ् । नबढोस नि कसरी कसलाई आफ्नो ज्यान को माया लाग्दैन र ?  फेरि मास्क प्रयोग गर्नु नै यसको संक्रमणबाट बच्ने उत्तम उपाय जो मानिन्छ । तर सबैलाई मास्क अनिवार्य छ त ?मास्कको सही प्रयोग गरे यस्तो संक्रमणबाट बाच्न मद्दत अवस्य गर्छ। तर मास्कको दुरुपयोग र लामो समय लगाउँदा समस्या नि उतिकै आउन सक्छ । मास्कका फाइदा मात्र हैन बेफाइदा पनि हुन्छन् भन्ने कुरा बिर्सन हुँदैन। त्यसैले सही स्थानमा सही तरिकाले मास्कको प्रयोग जरुरी छ । मास्कको दुरुपयोग र लामो समय लगाउँदा पर्ने असर :

आँखा वा दृस्टीमा समस्या
जब मास्क लगाइन्छ, बाहिर निकास हावाको लागी सजिलो र सहज मार्ग आँखा तर्फ हुन्छ। यो हावा आँखामा जान्छ, एक असहज भावना र तपाईंको आँखा छुने एक आवेग उत्पन्न हुन्छ। यदि तपाइँका हातहरू दूषित छन् भने, तपाइँ आफैले संक्रमित गर्दै हुनुहुन्छ।

श्वासप्रश्वासमा समस्या आउने
लामो समय मास्कको पर्योग गर्दा श्वासप्रश्वास समस्या देखिन्छ । साथै कोरोनरी अवरोधक पल्मोनरी डिसअर्डर जस्तै दम ,ब्रोंकाइटिस र अन्य श्वासप्रश्वस समस्य भएका लाई मास्क लगाउन रोक लगाईन्छ। मास्क प्रयोग गर्दा पहिले निकास गरिएको कार्बन डाइअक्साइडको अंश प्रत्येक श्वासप्रश्वास चक्रमा सास गरिन्छ। व्यक्तिले उनी वा उनीहरुको आफ्नै श्वासप्रश्वासित हावालाई इन्हेल गर्दछ। कार्बन डाइअक्साइड भित्र लिदा छिटो सास फेर्ने, मुटुको दर बढने, भावनात्मक अपसेट र थकान हुन्छ।

प्रतिरक्षा प्रणालीमा कमी आउने
केही अध्ययनहरूले तन्तुहरूमा कम अक्सिजन स्तर (हाइपोक्सिया)  प्रतिरक्षा प्रतिक्रिया केहि पक्षहरू दबाउन सक्ने निस्कर्स निकालेका छन। निष्पक्ष रूपमा, यसले पनि प्रतिरक्षा कोशिकाको अन्य महत्वपूर्ण कार्यहरू गराउँदछ र बढावा दिन सक्छ। वैज्ञानिक अनुसन्धानले यो प्रमाणित गरेको छ कि तपाईको शरीरमा पर्याप्त अक्सिजनको लामो समयसम्म इन्कारले संक्रमण प्रतिरोध गर्न तपाईको प्रतिरक्षा प्रणालीको क्षमतालाई अशक्त बनाउँछ।

छाला दाग, एलर्जी
मास्कको अत्यधिक पर्योगले छालामा एलर्जी, खुजली, र रातोपन निम्त्याउन सक्छ। अन्य यस्ता थुप्रै समस्यहरु देखा पर्ने सक्छन् । हालै गरिएको अध्ययन बिर्टिस मेडेकल जर्नल जस्ता विभिन्न जर्नल बाट लिएको हो।

मास्क अनिवार्य कसलाई ?
डाक्टरहरू, स्वास्थ्यकर्मीहरू, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जो कोभिड- १९  काम गरिरहेकालाई,कोरोना संक्रमितको उपचारमा संलग्न तथा कुनै पनि स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउनुपर्छ ।  स्वस्थ मानिस, तथा श्वासप्रश्वासको समस्या भएको मानिसहरुले जति सक्यो कम प्रयोग गर्दा उत्तम ।

कस्तो समयमा मास्क प्रयोग गर्ने ?
यदि भिडभाडमा जान लागेको हो भने त्यसबेला अनिवार्य मास्क लगाउनैपर्छ । कसलाई भेट्न वा मिटिङमा जाँदै हुन्हुन्छ। बिरामी भेट्न र अस्पतालमा भेट्न जादै हुनहुन्छ भने मास्क अनिवार्य रुपमा सबै जनाले प्रयोग गर्नु पर्ने हुन्छ । तर घरमा कोठा भित्र ,अफिसमा एक्लै बसेको बेला प्रयोग गर्न जरुरी छैन् । कतिपय ठाउँमा बाटोमा एक्लै हिड्दा जबरजस्ती मास्क प्रयोग गर्न लगाईएको सुन्न पाईन्छ । यो गलत हो। कहीं निक्लिदैमा मास्क प्रयोग गर्नुपर्छ भन्ने अनिवार्य छैन तर कसैको सम्पर्कमा आउँदै हुनुहुन्छ भने प्रयोग गर्नुपर्ने हुन्छ।

कोराेना रोगीले मास्क प्रयोग गर्दा राम्रो कि नराम्रो र?
यो नि समय र अवस्था अनुसार फरक पर्दछ। यदि बिरामी अलग कोठामा छ । कसैसँग नजिक छैन् र स्वच्छ र हरियाली ठाँउमा छ भने मास्कको प्रयोग नगर्दा धेरै राम्रो हुन्छ । किनकी जब यस्तो बिरामीले मास्क प्रयोग गर्छन् किटाणुहरु बाहिर निष्कासन हुन पाउँदैनन भाईरस जति शरीर भित्र हुन्छ तेति नै सक्रिय र जिबित हुन्छन् जब शरीर देखि बाहिर हुन्छन् तब केहि समय पछि निष्क्रिय हुन्छन् । कोरानाको जटिलता र असरबाट बच्नलाई भाईरसको लोड घटाउन जरुरी हुन्छ । तर मास्कको प्रयोगले भाईरसको लोड शरीरभित्र बढेर आउने विभिन्न अध्यनले देखाएको छ ।त्यसैले त अहिले विभिन्न प्राकृतिक चिकित्सालायमा भाईरसको लोड कम गर्ने जस्तै जलनेती, कुन्जल क्रिया , बाफ ,सुत्रनेती ,प्रणायम र प्रतिरोधात्मक शक्ति बढाउने जस्तै सुर्य स्नान, योग र नियमित कसरत बनस्पति र उचित आहार जस्ता विभिन्न उपचार पद्धतिहरु द्वारा उपचार गरिराख्नु भएको छ र शतप्रतिशत रिजल्ट नि आएको छ।

अहिलेको समयमा भाइरसको लोड घटाउनु र प्रतिरोधात्मक शक्ति बढाउनु नै उत्तम उपचार देखिएको छ। साथै भाईरसले श्वासप्रश्वास र फोक्सो सम्बन्धित नै समस्या हुने भएकाले माथी भनेझै झन जटिलता थप्ने अध्यनले देखाउँछ । मास्कको प्रयोगले प्रतिरोधात्मक शक्ति कमी हुने भएकाले र भाइरससँग लड्न प्रतिरक्षा प्रणाली नै उत्तम भएकाले मास्क प्रयोग नगर्दै राम्रो हो। तर बिरामी स्वयं अन्य मानिसहरुको सम्पर्कमा आउने वा धेरै मानिस र रोगी भएकै ठाउँमा हुँदा भने बिरामी र अन्य मानिस सबैको लागि प्रयोग गर्दा फाईदाजनक छ। सबै बिरामी बुझ्ने नभएकोले नि मास्क अनिवार्य रुपमा प्रयोग गर्न लगाईन्छ। किनकि एक बिरामीले धेरैलाई असर पर्ने भएकाले मास्कको प्रयोग गर्दा राम्रो। त्यसैले मास्क सबैलाई अनिवार्य नभएर समय र अवस्था अनुसार भने अनिवार्य हुनु पर्छ । तर धेरै अवस्थामा मास्कले नै संक्रमणबाट बचाउने भएकाले मास्कको सही र उचित प्रयोग गर्न अनिवार्य छ।

(डा ढकाल प्राकृतिक चिकित्सक हुन्।)

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या