कोरोनाको उच्च जोखिममा दन्त उपचार, यी अवस्थामा मात्र जानुस् सेवा लिन

डा प्रकाश बुढाथोकी
दन्त उपचार सेवा कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोभिड -१९ सर्ने मुख्य माध्यम नै नाक र मुखबाट निस्कने स -साना पानीका फोका नै हुन्। त्यसैले पनि दन्त उपचारमा सलंग्न डाक्टर, स्वास्थ्यकर्मी एवं बिरामी स्वयंं पनि कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्।
दन्त उपचार सेवा दिंदा र लिंदा नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा पानीको फोका निस्कने, बन्दकोठामा उपचार हुने, बिरामीले मास्क लगाउन नमिल्ने, दूरी कायम गरेर उपचार गर्न नसकिने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले पनि कोरोनाको उच्च जोखिममा डेण्टल उपचार रहेको छ ।
मुख तथा दाँतको उपचारमा जोखिम हुने भन्दै अमेरिका, यूरोप, अफ्रिका लगायतका देशमा लामो समयसम्म दन्त सेवा बन्द नै रहे । हाल विभिन्न निर्देशिका बनाएर उपचार सेवा शुरु गरिए पनि निर्देशिका अनिवार्य फलो गर्नुपर्ने बनाइएको छ ।
दन्त उपचार सेवा दिंदा र लिंदा नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा पानीको फोका निस्कने, बन्दकोठामा उपचार हुने, बिरामीले मास्क लगाउन नमिल्ने, दूरी कायम गरेर उपचार गर्न नसकिने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले पनि कोरोनाको उच्च जोखिममा डेण्टल उपचार रहेको छ ।
नेपालले पनि नेपाल डेण्टल एसोसियसन मार्फत विश्व स्वास्थ्य संगठन, सीडिसी, एफडिए, प्रमाण, खोज तथा बिभिन्न देशका प्रोटोकल, निर्देशिकालाई आत्मसात गर्दे देशको श्रोत साधन, उपलब्धता, समाजको प्रकारलाई मध्यनजर गरी निर्देशिका तयार पारेको छ ।
दन्त उपचारमा चिकित्सक, सहयोगी र बिरामी एकदमै नजिकै रहेर गरिने उपचार हो जहाँ न दुई मिटरको दुरी कायम गर्न सम्भव हुन्छ, न त बिरामीले मास्कको नै प्रयोग गर्न संभव हुन्छ । यसैगरी उपचारका क्रममा उत्पन्न हुने श्वासप्रश्वासजन्य निस्कासन, उपचारका क्रममा उत्पन्न हुने एरोसोल अर्थात पानीका स साना फोकाहरु उपचारका क्रममा धेरै रहन्छ, जुन जो कसैलाई सर्नसक्छ । स्वास्थ्यकर्मी, सहयोगी र बिरामी सबैलाई पीपीई लगाएर उपचार गर्न सधैं सम्भव छैन्। साथै यो धेरे नै महंगो पर्न जान्छ । तर यसो भन्दैमा सिकिस्त बिरामीलाई दन्त सेवा नदिने भन्ने हुँदैन । त्यसैले निर्देशिका बनाएर नेपालमा पनि केही आकस्मिक रुपमा आउने र सिकिस्त बिरामीको लागि सुरक्षा कवच (पीपीई) लगाएर सेवा दिन सकिने उल्लेख गरिएको छ । यी आकस्मिक अवस्थामा दन्त सेवा लिन जान सकिन्छ ।
१. निन्द्रा नलाग्ने गरी दाँत दुखेमा वा दुखाई कम गर्ने औषधी खाँदा पनि दुखाइ कम नभएमा
२. अत्यधिक मात्रामा रक्तश्राब भएमा वा नरोकिएमा
३. दुर्घटना वा अन्य कारणले हड्डी वा दाँत भाचिएर स्थान परिवर्तन भएमा
४. अनुहार, घाँटी वा मुख सुन्निएमा
५. मुख खोल्न वा निल्न गाहे भएमा
६. बिशेषज्ञ चिकित्सकबाट जीवन बचाउन रिफर भएमा
७. ३ साता बढी सम्म मुखमा घाऊ खटिरा रहिरहेमा
यी माथिका आकस्मिक बाहेकका अन्य समस्याहरुको लागी अहिले सकेसम्म अस्पताल नगएको बढी सुरक्षित हुन्छ । कोरोनाको महामारीमा अस्पताल नै यस्तो स्थान हो जहाँबाट संक्रमण फैलिने बढी सम्भावना हुन्छ र त्यसमा पनि दन्त सेवा लिन जानु अझै जोखिमपूर्ण हुन्छ । कतिपय अवस्थामा अनलाइन मार्फत चिकित्सकसँग सल्लाह र सुझाव लिएर सेवा लिन र दिन सकिन्छ । यसो गरेमा दन्त उपचारबाट हुनसक्ने संक्रमणबाट स्वास्थ्यकर्मी र बिरामी दुबै पक्षलाई जोगाउन सकिन्छ ।
(डा बुढाथोकी उपचारात्मक सेवा महाशाखा, आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख हुन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights