निजी प्रयोगशालाले घरमा गएर स्वाब संकलन गर्न नपाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको अनुमति पाएका प्रयोगशालाहरुले घरमा गएर स्वाब संकलन गर्न नपाउने बताएको छ ।
प्रयोगशालाले सूचना जारी गर्दै कोरोना छ छैन् भन्ने पत्ता लगाउन चाहने सबै जनाले अनिवार्य तोकिएको स्वास्थ्य संस्थामा नै गएर स्वाब दिन पर्ने जनाएको हो । सूचनामा घरमा गएर स्वाब संकलन नगर्न र नगराउनुहुन निजी प्रयोगशालाहरुलाई अनुरोध गरिएको छ ।
यसैगरी केही दिन यता केही स्वास्थ्य संस्थामा पीसीआर परीक्षणका लागि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ भन्दा बढी रकम लिएको सूचना आएको भन्दै प्रयोगशालाले सरकारले तोकेको भन्दा बढी रकम नदिन सर्वसाधारणलाई अपिल गरेको छ । तर स्वाब संकलन गर्ने मात्र अनुमति पाएका स्वास्थ्य संस्थाको हकमा भने सेवा शुल्क बापत लाग्ने खर्चको १० प्रतिशत थप रकम लिन पाइने पनि सूचनामा जनाइएको छ ।
यदि कसैले तोकेको भन्दा बढी रकम लिएको पाएमा तुरुन्त जनस्वास्थ्य प्रयोगशालामा जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण