Health TV Online
Health TV Online

तीज पर्व, उपवास र यसका फाइदाहरु

तीज पर्व, उपवास र यसका फाइदाहरु

डा. दीपा पाण्डे

उपवास भनेको शरीरलाई शुद्धीकरण गर्ने एक प्रकारको वैज्ञानिक कला हो जसमा पानी बाहेक कुनै पनि किसिमको ठोस खाना नखाएर स्व इच्छाले आफनो शरीरलाई स्वस्थ राख्नको लागि गरिने उपचारात्मक विधि हो ।

मानव शरीर प्रकृति निर्मित जीव भएकाले हामी जति प्रकृतिको नजिक जान्छौ. त्यति नै हाम्रो शरीर स्वस्थ रहन्छ र जति हामी प्रकृतिबाट टाढा हुन्छौं त्यति नै शरीर रोगी बन्न पुग्छ। यही सिद्धान्तलाई आधार मानेर प्राकृतिक चिकित्सा पद्धतिले पञ्च तत्वलाई चिकित्साको रुपमा प्रयोग गर्दै आइरहेको छ । पञ्चमहभूत तत्व भन्नाले आकाश, अग्नी,जल, वायू र पृथ्वी हुन्। प्राकृतिक चिकित्साका अनुसार यिनै पञ्चतत्व मिलेर मानव शरीर बनेको हुन्छ । यसलाई सनतुलनमा ल्याउन यिनै पञ्चतत्व लाई उपचारको रुपमा प्रयोग गरिन्छ ।

उपवास पञ्च महाभूत तत्वको आकाश ततव अन्तर्गत पर्छ जुन यस चिकित्सा पद्धतिको एक महत्वपूर्ण विधि हो । हुनत हामीले परापूर्वकाल देखि नै उपवास बस्ने गरेका हौं । प्राय जसो उपवास विभिन्न धर्म माननेहरुले आ आफनो धर्म र संस्कृति अनुसार गर्ने गर्छन्। प्रत्येक धर्ममा उपवासको आफनै किसिमको महत्व रहेको हुन्छ । यस धार्मिक उपवासलाई पनि उपचारात्मक तरिकाबाट गर्न सकियो भने धर्म, संस्कृतिको साथसाथै हाम्रो स्वास्थ्यलाई पनि अझ बढी मद्दत गर्छ ।

उपवास थुप्रै तरिकाले गर्न सकिन्छ । उद्धेस्यको आधारमा धार्मिक,राजनैतिक वा उपचारात्मक। समयको आधारमा लामो उपवास छोटो उपवास र अनिरन्तर उपवास । तरिकाको आधारमा निराहार, जलाहार, रसाहार, फलाहार इत्यादी । उपचारात्मक उपवास प्राकृतिक चिकित्साको अभिन्न अंग हो । यसको मूल उद्धेस्य लामो वा छोटो समयको लागि केही नखाएर शरीरको पाचन प्रणलीलाई पूर्णरुपमा आराम गराई यसमा उपभोग हुने उर्जा शक्तिलाई बचाएर राख्नु हो । हामीले खाएको खानापचाउन ८० प्रतिशत उर्जाशक्ति प्रयोग हुनछ । जसमा खानालाई पचाउने, शोषण गर्ने, त्यसबाट उत्पन्न भएको विकारहरु शरीरबाट अन्य निस्कासन गर्नको लागि नै प्रयोग हुन्छ र बाँकी २० प्रतिशत उर्जा शक्ति अन्य महत्वपूर्ण कार्य जस्तै नया कोशिका बन्नको लागि उपयोग हुन्छ ।

अहिलको परिप्रेक्ष्यमा इन्टरमिटेन्ट उपवास निकै लोकप्रिय र प्रचलनमा आएको छ । विकसित राष्ट्रहरुमा पनि यसको लोकप्रियता बढ्दै गएको पाइन्छ । योहिनोरी ओसीमी एक बायोलोजिष्ट हुन्। जसले २०१६ मा उपवासको रिसर्चमा नोबल पुरस्कार पाएका थिए । उनले प्रमाणित गरेका अनुसार उपवासको अवस्थामा शरीरले पूर्ण रुपमा आराम पाउँछ र त्यो अवस्थामा शरीर थुप्रै उर्जा शक्तिहरु बच्छ । यसरी बचेको उर्जा शक्तिले कोशिकाहरु सफा गर्ने शरीलाई हानी पुराउने तत्वलाई शारीर बाहिर फ्याक्ने काम गर्छ । त्यसैले उपवासले हामो सम्पूर्ण शरीरको सर्भिसिङ गर्न मद्दत गर्छ । र हामीलाई रोगबाट मुक्त गराउँछ । उपवासको साथसाथै उपवासको अन्त्य पनि त्यत्तिकै महत्वपूर्ण छ । यदि उपवासको अन्त्य नियम मिलाएर गरिएन भने त्यसले फाइदा भन्दा बेफाइदा बढी गर्छ । उपवासको अन्त्य जहिले पनि कम क्यालोरी भएको नरम खालको रसहरु बाट गर्नुपर्छ। जसले गर्दा भर्खर  मर्मत भएको कोशिकाहरुलाई हानी नपुराओस्।

उपवासको अवस्थामा शरीर विज्ञानका चरणहरु:
उपवास गर्दा शरीर विज्ञानमा तीवटा चरणहरु आउँछन्। प्रारम्भिक उपवासको अवस्था जसमा शरीरमा कुनै पनि किसिमको खानाहरु जाँदैन तब शरीलाई चाहिने ग्लुकोज लिभरमा जम्मा भएर बसेको ग्लुकोजबाट प्राप्त गरेर उर्जा शक्तिको लागि प्रयोग हुन्छ । लिभरमा बसेको  ग्लुकोज केही घण्टाका लागि सम्मको लागि मात्र इनर्जी बनाउनका लागि पुग्छ । उपवासको दोस्रो अवस्थामा लिभरमा जम्मा बसेको बोसोहरु टुक्रिएर ग्लुकोजमा परिणत हुन्छ र  शरीरले उर्जाको रुपमा प्रयोग गर्न थाल्छ । भोकमरी चरण यो अवस्थामा शरीरमा भएको सबै बोसोहरु सकिन थाल्छ र मसल यानी प्रोटिनहरु टुक्रिएर ग्लुकोज बन्न थाल्छ र उर्जाको लागि प्रयोग हुन्छ ।

त्यसैले उपवास बस्दा यदि लामो समयको लागि गरिएको छ भने या उपचारात्मक तरिकाबाट गर्नुपर्छ भने प्रत्यक्ष प्राकृतिक चिकित्सकको निगरानीमा बसेर गर्दा शरीरले पूर्ण रुपमा स्वस्थ बन्न सक्छ ।

उपवासको अवस्थामा हुने परिवर्तनहरु:

शारीरिक परिवर्तन :
रक्तचाप, तौल, पल्स रेट घट्दछ ।
छोटो उपवासले सोडियम र पोटासियम पनि घट्ने गर्छ ।
हर्मोनमा परिवर्तन:
इन्सुलिन थाइरोइड हर्मोन घटेको पाइएको छ ।
रोग प्रतिरोधात्मक क्षमतामा परिवर्तन
रोग प्रतिरोधात्मक क्षमतामा महत्वपूर्ण परिवर्तन देखा परेको पाइएको छ ।
संक्रमण रोक्न मद्दत गर्छ । माइक्रोफेजलाई सक्रिय बनाउँछ । इम्युनोग्लोबिनको मात्रा बढाउँछ यसैगरी स्नायू प्रणलीलाई सक्रय पार्नुको साथै सुरक्षा दिने काम गर्छ । मुटुलाई बलियो बनाउनुका साथै सुरक्षाको पनि काम गर्छ ।

उपवास गर्दा ध्यान दिनुुपर्ने कुरा

उपवास बस्दा स्वस्थ वातावरणमा बस्नुपर्छ । उपवास बस्दा खुकुलो र हावादार कपडा लगाउनुपर्छ । उपवासको बेलामा अत्यधिक कायाकल्प र मर्मत हुने हुनाले उर्जा शक्ति बचाएर राखनुपर्छ । उपवासको बेलामा सामानय हिंडडुल गर्ने, शरीर तन्काउने गर्नुपर्छ । नियमित सूर्य स्नान १० देखि २० मिटेट गर्नाले इम्युनिटी र हिलिङ क्षमता बढाउन मद्दत गर्छ । शरीरलाई शारीरिक मात्र नभई मानसिक आराम पनि दिनुपर्छ । जसले गर्दा शरीर पूर्ण रुपमा शुद्धिकरण हुन पाउँछ र शरीरले सही ढंगले काम गर्छ ।
पानी प्रसस्त पिउनुपर्छ ।

प्राकृतिक चिकित्सक डा पाण्डे स्केभिन तथा नेचर केयर हस्पिटलकी मेडिकल डाइरेक्टर हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा