Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा काेराेना : सावधानी अपनाइएन भने न्यूयोर्क जस्तो भयावह स्थिती आउन सक्छ

काठमाडौंमा काेराेना : सावधानी अपनाइएन भने न्यूयोर्क जस्तो भयावह स्थिती आउन सक्छ

काठमाडौं उपत्यका अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइन्छ । पछिल्लो समय अस्पताल उपचारका लागि आएका बिरामीमा धमाधम कोरोना पुष्टि हुनुले पनि उपत्यका अब झनै जोखिममा रहेको संकेत गर्छ । त्यसो त केही दिन यता काठमाडौं भक्तपुर ललितपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तर जोखिम बढदै जाँदा लकडाउन भने दिनप्रतिदिन खुकुलो हुँदै गएको छ । असार लागेदेखि नै उपत्यकामा लकडाउन नाम मात्रको देखिएको छ । सार्वजनिक यातायात बाहेक सबै क्षेत्र खुलेका छन्। जसले गर्दा बाहिर मानिसहरुको भिडभाड बढेको छ । यतिसम्मकी मानिसहरु कोरोनाबाट बच्ने सामान्य तरिका मास्क समेत लगाउन छोडेका छन्। कतिपय त घरमा बस्न दिक्क लाग्यो भनेर बजार र सपिङ मलहरुमा यतिकै घुमेको पनि देखिन्छ ।

सरकारले जुनबेला कोरोनाको एउटा दुइ वटा केस देखिएको थियो, जोखिम कम थियो त्यसबेला पूर्ण लकडाउन गर्यो मानिसहरु पनि त्रसित बनेर घरभित्रै बसे । तर जति जति कोरोना संक्रमित बढ्दै गए अनि जोखिम बढ्दै गयो त्यसपछि लकडाउन पनि खुकुलो हुँदै गयो । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भयो भन्दै धेरै मानिसहरु बाहिर निस्कन थालेका छन्। तर जोखिमकाबारेमा कसैले ध्यान दिएको पाइँदैन ।

हामीकहाँ पनि अब एक्कासी संक्रमण फैलिएर बिरामीले बेड पाउन गाह्रो हुनसक्छ । त्यसैले अझै केही समय कडा लकडाउन गर्नेपर्छ । परीक्षणको दायरा बढाउनैपर्छ । भेन्टिलेटर नपाउने, आइसीयू नपाउने एवं शव व्यवस्थापनको समस्या आउनसक्ने स्थिती नआउला भन्न सकिन्न । त्यसका लागि तयार हुन जरुरी भइसकेको छ ।अस्पतालमै संक्रमण देखिएकाले बिरामीलाई सकेसम्म अस्पताल जाने वातावरण नबनाउन सरकारले टेलिमेडिसिन जस्ता अल्टरनेटिभ सेवा दिनेतिर किन सोचिरहेको छैन्। अस्पताल जाने क्रममा कम गर्नेपर्छ ।

लकडाउन लामो समय गर्न हुँदैन यसले आर्थिक मन्दी ल्याउने मात्रै हैन् मानिसको दैनिक गुजारा चलाउन नै मुश्किल पार्छ तर त्यो भन्दा ठुलो रोग भित्रिनै नदिन तयारी हुनुपर्ने हो । त्यो तयारी कही पनि देखिंदैन । लककडाउन चाहिएको बेला कडा र नचाहिंदा लुज गर्न सकिन्छ । तर सरकारले त्यस्तो गरेको देखिंदैन । सरकारले पहिलो दुई महिनाको लकडाउन पूर्ण रुपमा खेर फालेको देखिन्छ । यो समय रोग भित्रिन नदिन तयारी गर्ने समय मात्र हो । यो नै अस्त्र हैन् । तर यो समय सरकारले लकडाउन गरे पुग्छ झैं गरेर खेर फालेको देखिन्छ । जसका कारण अब के गर्ने भन्ने योजना नै छैन्। मानिसहरु पनि कोरोना जोखिमका बारेमा बिर्सदै गएको भान हुन्छ । नेपालीको इम्युन सिस्टम बलियो छ भन्दै लापरवाही गरेको पनि देखियो । तर यही विचमा ३५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्। यो सानो संख्या हैन्।

नेपालमा यदि यही अवस्था रहे कोरोना संक्रमण कम्युनिटीमा जाने मात्र हैन यसले भयावह अवस्था सिर्जना गर्नसक्छ । यसबारे सरकारले केही ठोस कदम चलाउन जरुरी भइसकेको छ । अझै  पनि सरकारले कतिवटा भेन्टिलेटर चाहिने, आइसीयू सेटअप कस्तो हुनुपर्ने , त्यसमा काम गर्ने दक्ष जनशक्ति कति हुनुपर्ने लगायतका विषयमा केन्द्रित भए जस्तो देखिन्न । संक्रमण अहिलेसम्म युवाहरुमा धेरै देखिएकाले पनि मृत्युदर कम देखिएको छ तर यही संत्रमण वृद्धवृद्धामा देखिन थाल्यो भने भेन्टिलेटर चाहिने संक्रमित र मृत्यु हुने दर ह्वात्तै बढ्छ । यसबारे सरकारले के सोचेको छ कसैलाई थाहा छैन्। सर्वसाधारणले पनि कोरोनालाई सामान्य ठानेर जसरी बाहिर निस्कीरहेका छन् यसलाई रोक्नै पर्छ । काम नपरी घर बाहिर ननस्किने , कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने जस्ता कार्य अझै केही समय गर्नेपर्छ । आज गरिएको लापरवाहीले पछि ठुलो क्षति हुनसक्छ ।

सरकारले जुनबेला कोरोनाको एउटा दुइ वटा केस देखिएको थियो, जोखिम कम थियो त्यसबेला पूर्ण लकडाउन गर्यो मानिसहरु पनि त्रसित बनेर घरभित्रै बसे । तर जति जति कोरोना संक्रमित बढ्दै गए अनि जोखिम बढ्दै गयो त्यसपछि लकडाउन पनि खुकुलो हुँदै गयो । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भयो भन्दै धेरै मानिसहरु बाहिर निस्कन थालेका छन्। तर जोखिमकाबारेमा कसैले ध्यान दिएको पाइँदैन ।

यो स्पष्ट छ की कोरोना भाइरस अब लामो समयसम्म रहनेछ । किनकी ५५ देखि ६० प्रतिशत सम्म सर्वसाधारणमा फैलिसकेपछि मात्र हर्ड इमयुनिटी पैदा हुनसक्छ । त्यसपछि मात्रै बिस्तारै कम हुन्छ । यसलाई रोक्न सक्ने कुनै उपाय अहिले सम्म छैन्। तुरुन्त खाेप बन्ने संकेत पनि देखिएको छैन्। त्यसकारण यसबाट बच्न लकडाउन कडा गर्दै संक्रमणको डाटामा आधारित भएर लकडाउन कहाँ लुज गर्ने र कहाँ कडा गर्ने निती सरकारले बनाउनैपर्छ । हैन भने स्थिती नियन्त्रण बाहिर जान थाल्छ ।

हामीलाई थाहा छ अहिलेसम्म कोरोना जति एक्कासी फैलिने भयावह स्थिती पैदा गर्ने अर्को कुनै भाइरस थिएन र छैन्। हामीकहाँ पनि अब एक्कासी संक्रमण फैलिएर बिरामीले बेड पाउन गाह्रो हुनसक्छ । त्यसैले अझै केही समय कडा लकडाउन गर्नेपर्छ । परीक्षणको दायरा बढाउनैपर्छ । भेन्टिलेटर नपाउने, आइसीयू नपाउने एवं शव व्यवस्थापनको समस्या आउनसक्ने स्थिती नआउला भन्न सकिन्न । त्यसका लागि तयार हुन जरुरी भइसकेको छ । अस्पतालमै संक्रमण देखिएकाले बिरामीलाई सकेसम्म अस्पताल जाने वातावरण नबनाउन सरकारले टेलिमेडिसिन जस्ता अल्टरनेटिभ सेवा दिनेतिर किन सोचिरहेको छैन्। अस्पताल जाने क्रममा कम गर्नेपर्छ ।

अहिले काठमाडौंवासीले गरेको लापरवाही हेर्दा लाग्छ कोरोना अब हामीकहाँ छैन्। तर स्थिती फरक छ । यही अवस्था रहेमा संक्रमण समूदायमा पूरै फैलिन्छ र हाम्रो नियन्त्रणमा हुने छैन्। यसरी नै लापरवाही गर्ने हो भने नेपालमा पनि मुम्बई र न्यूयोर्कको जस्तो स्थिती नआउला भन्न सकिन्न।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या