भान्सामै छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि

हेल्थ टिभी अनलाइन : हामीले परापूर्व कालदेखि भान्सामा प्रयोग गर्दै आएका सबै मसालामा केही न केही गुण भएको पाइन्छ । त्यसबेला शरीरलाई फाइदा गर्छ भनेर पुर्खाहरुले प्रयोग गरेको भए पनि यिनीहरुको फाइदाकोबारेमा विभिन्न अध्ययनहरुले प्रमाणित नै गरेका छन्। हामीले प्रत्येक दिन भान्सामा प्रयोग गर्ने मर मसालामा एन्टिभाइरल तत्वहरु पाइन्छ । जसले औषधिको रुपमा काम गर्छन। नेपाल जडीबुटीको धनी देश हो । रोग प्रतिरोधात्मक शक्ति बढाएर व्यक्तिलाई स्वस्थ राख्न आयुर्वेदले ठुलो मद्दत गर्छ । अहिले कोभिड- १९ को महामारी शुरु भएपछि झनै आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको बढी चर्चा र महत्व हुन थालेको छ ।
कोभिड- १९ को कुनै खोप तथा औषधि नबनेकाले पनि अहिले विश्वले नै आ आफनो ढंगबाट आयुर्वेदको प्रयोग गर्न थालेका छन्। छिमेकी मुलुक भारत र चाइनामा त यसमा ठुलो लगानी पनि छ । हामीकहाँ चाहिं लगानीको हिसाबले कम प्राथमिकतामा परेको भए पनि यसको प्रयोग भने पहिल्यैदेखि भएको पाइन्छ । पहिल्यैदेखि रोग प्रतिरोधी क्षमता कम भएकालाई कोरोना भाइरसले बढी क्षति गर्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले पनि अब हामीले यो कुरामा ध्यान दिन जरुरी छ ।रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड-१९ मात्रै हैन अन्य कुनै पनि भाइरसले क्षति कम गर्ने हुँदा हामीले रोग प्रतिरोधी क्षमता बढाउनतर्फ ध्यान दिन जरुरी छ । विश्वलाई नै त्रसित बनाएको र हालसम्म ४ लाख ७२ हजार बढी मानिसको ज्यान लिएको कोरोना भाइरसको कुनै पनि औषधि नभएकाले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनु बाहेक हामीसँग अर्को कुनै विकल्प छैन्।
कोभिड- १९ को कुनै खोप तथा औषधि नबनेकाले पनि अहिले विश्वले नै आ आफनो ढंगबाट आयुर्वेदको प्रयोग गर्न थालेका छन्। छिमेकी मुलुक भारत र चाइनामा त यसमा ठुलो लगानी पनि छ । हामीकहाँ चाहिं लगानीको हिसाबले कम प्राथमिकतामा परेको भए पनि यसको प्रयोग भने पहिल्यैदेखि भएको पाइन्छ । पहिल्यैदेखि रोग प्रतिरोधी क्षमता कम भएकालाई कोरोना भाइरसले बढी क्षति गर्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले पनि अब हामीले यो कुरामा ध्यान दिन जरुरी छ ।
अहिले पनि हामी सामान्य रुघाखोकी लाग्दा तुलसी, बेसार पानी खान्छौं । जसमा एन्टि भाइरल तत्व हुन्छ र औषधिको रुपमा काम गर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड-१९ मात्रै हैन अन्य कुनै पनि भाइरसले क्षति कम गर्ने हुँदा हामीले रोग प्रतिरोधी क्षमता बढाउनतर्फ ध्यान दिन जरुरी छ । विश्वलाई नै त्रसित बनाएको र हालसम्म ४ लाख ७२ हजार बढी मानिसको ज्यान लिएको कोरोना भाइरसको कुनै पनि औषधि नभएकाले शरीरमा रोग प्रतिराधात्मक शक्ति बढाउनु बाहेक हामीसँग अर्को कुनै विकल्प छैन्। यी हुन् रोग प्रतिरोधात्मक शक्ति बढाउने जडीबुटीहरु । यसरी खान सकिन्छ :
१. गुर्जो ५ ग्राम लिएर आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गरौं ।
२ . असुरोको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गरौं ।
३ . सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा पात १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गरौं ।
४. तेजपात २ ग्राम र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर चिया जस्तै गरेर प्रयोग गरौं ।
५ . नियमित योग तथा प्राणयाम गरौं ।
यी बाहेक हामीले प्रत्येक दिन भान्सामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, मरिच, ज्वानो, तेजपत्ता, करिपत्ता, जिरा, मेथी,जाइफल, ल्वाङ, सुकमेल जस्ता जडीबुटीले पनि हामीलाई प्रतिरोधी क्षमता बढाएर कोरोनालाई जित्न मद्दत गर्नेछन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा उपाध्यायसँग हेल्थ टिभी अनलाइनका लागि कल्पना आचार्यले गरेको कुराकानीमा आधारित:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights