Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘योग विज्ञानको पनि विज्ञान हो’

‘योग विज्ञानको पनि विज्ञान हो’

योग मानिसभित्रको सम्पूर्ण सम्भावनालाई उजागर गर्ने कला संस्कृति र विज्ञानको नाम हो। योग किन गर्ने विषयमा विभिन्न कालखण्डमा विभिन्न खालका चर्चा भए। जतिबेला योगको जन्म भयो, त्यो वेला ‘योग सबैका लागि, सधैँका लागि भनेर बुझिन्थ्यो। अर्को कालखण्डमा अलि फरक ढंगले सोचियो। यो सीमित समूहले मात्र गर्ने भनियो।

योगलाई अहिले औषधिशास्त्रको रूपमा बुझिएको छ। अहिले रोग लागेपछि योग गर्नुपर्छ भन्ने गरिन्छ। तर मूल रूपमा भन्ने हो भने योग रोगसँग मात्र सम्बन्धित छैन। यो अध्यात्मसँग मात्र सम्बन्धित छैन, मानिसको वैयक्तिक विकासको विराट पाटोसँग सम्बन्धित छ। योगमा त्यस्तो थुप्रै विधि विज्ञानसम्मत छन्।

योगले अहिंसाको कुरा गरेको छ। यसमा समानताको कुरा छ। योगभित्रै चेतनाको विस्तार छ। शरीर स्वस्थ नभएसम्म योगाभ्यास गर्न सकिँदैन। योग भनेको शारीरिक व्यायाम मात्रै होइन। प्रेम, करुणा, सबै योगसँग सम्बन्धित छ। यसले जीवनका धेरै पाटा सिकाउँछ ।

पछिल्लो समय सबैमा दिनदिनै तनाव बढिरहेको छ यसलाई चिकित्साशास्त्रले मात्र समाधान गर्न सक्दैन। यसमा योग विज्ञानको ठुलो भूमिका हुनसक्छ । यसले चेतनाको रुपान्तरणको कुरा गर्छ। सकारात्मक विचारको कुरा गर्छ । यसले जीवन पद्धतिलाई सुधार्छ। यो पूर्ण विज्ञान हो। विज्ञानको पनि विज्ञान हो योग।

योग सधैँका लागि सबैका लागि हो। योगका क्रममा ध्यानका प्रारम्भिकक अभ्यास श्वास लिने कला सिकाउनु पर्छ। ‘मलाई रोग लागेका छैन किन योग गर्नेरु’ भनेर कसैले भन्छ भने उसले जीवन बुझेको छैन भनेर बुझ्नुपर्छ।

शिक्षामा स्वास्थ्यमा योगलाई प्रवेश गराउन जरुरी छ र देशले समृद्धिको कुरा गरेको छ। समृद्धि भनेको पैसा मात्र होइन। योग गरेर स्वस्थ बनेर आर्थिक समृद्धि ल्याउन सकिन्छ। अहिले हिमालय क्षेत्रमा गएर योग गर्नुपर्छ भनेर लहड चलेको छ। विश्वका मानिस योगका लागि नेपाल आउन चाहन्छन्। हामीले यो कुरा विस्तार गदै लग्न सक्नुपर्छ।

नेपालमा जन्मेको योग पछिल्लो समय भारत चीन हुँदै अन्य मुलुकमा प्रख्यात हुँदै गएको छ। यो हाम्रो संस्कृति हो । त्यसैले यसलाई सम्बर्धन गर्न हामी सबै लाग्नुपर्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?