Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहका बिरामी कोरोनाको उच्च जोखिममा

मधुमेहका बिरामी कोरोनाको उच्च जोखिममा

डा. मनिषा मिश्र

यतिबेला विश्वभरीका मानिस कोरोनासँग त्रसित बनिरहेका छन्। यो लेख तयार पार्दासम्म विश्वमा ७२ लाख  भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोराोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमा दीर्घरोग भएका बढी छन्। त्यसैले यसको बढी असर पहिलेदेखि दीर्घरोग भएकालाई अझ बढी हुने गरेको देखिएको छ।

कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई छिटो आक्रमण गर्ने कुरा त विभिन्न अध्ययनहरुले प्रमाणित नै गरिसकेका छन्। विशेष गरी जो व्यक्तिहरुमा मधुमेह अर्थात चिनी रोग, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग छ उनीहरुले कोरोना संक्रमणबाट बच्न अझ बढी ध्यान दिनु आवश्यक छ । किन की यी रोग भएकालाई कोरोनाको ‘डबल च्यालेन्ज’ हुनेगर्छ ।

मधुमेहका बिरामीमा पहिल्यै देखि नै रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले उनीहरुलाई कोरोना मात्रै हैन कुनै पनि भाइरसको संक्रमण छिटो हुने गर्छ । त्यसैले यस्ता संक्रमणबाट बच्न उनीहरुले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेह नियन्त्रणमा भएन भने यसले मुटु, मिर्गौला, आँखा लगायतका महत्वपूर्ण अंगमा असर गर्छ । सुगर नियन्त्रणमा नभएका बेला अन्य अंग पनि कमजोर भएका हुन्छन् जसका कारण त्यही बेला कोरोना संक्रमण भएमा यसले ल्याउने जटिलता, जोखिम र मृत्युदर पनि उच्च हुन्छ

मधुमेह अटो इम्युन डिजिज हो। यो रोग भएका मानिसहरुमा पहिल्यै देखि नै रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले उनीहरुलाई कोरोना मात्रै हैन कुनै पनि भाइरसको संक्रमण छिटो हुने गर्छ । त्यसैले यस्ता संक्रमणबाट बच्न उनीहरुले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेह नियन्त्रणमा भएन भने यसले मुटु, मिर्गौला, आँखा लगायतका महत्वपूर्ण अंगमा असर गर्छ । सुगर नियन्त्रणमा नभएका बेला अन्य अंग पनि कमजोर भएका हुन्छन् जसका कारण त्यही बेला कोरोना संक्रमण भएमा यसले ल्याउने जटिलता, जोखिम र मृत्युदर पनि उच्च हुन्छ ।

यो बेला कारोना रोकथाम तथा नियन्त्रणका लागि देशमा झण्डै साढे २ महिनादेखि लकडाउन छ । सर्वसाधारणलाई हिंडडुल आवतजावतमा समस्या छ । यो बेला अझ बढी चनाखो हुनुपर्छ । कतिपयले खानपानमा लापरवाही गर्दा सुगर नियन्त्रणमा नभएको हुनसक्छ ।

मधुमेहका बिरामीहरुले यो बेला विशेष गरी आफ्नो ब्लड सुगरलाई नियन्त्रणमा राख्नैपर्छ । कोरोना संक्रमण मात्रै हैन कुनै पनि किसिमको संक्रमणले ब्लड सुगरको स्तर बढाउन सक्छ । अस्पताल जान नसके पनि मधुमेहका बिरामीले समय समयमा घरमै ग्लूकोमीटरले रगतमा ग्लूकोजको मात्रा मापन गरिरहनु पर्छ । यदि ब्लड सुगरको मात्रा धेरै भयो भने आफनो डाक्टरको सल्लाह लिएर त्यसलाई तुरुन्त नियन्त्रण गर्न सल्लाह दिन्छु ।

यो बेला लकडाउन छ भनेर चुप लागेर बस्ने भन्दा पनि आफनो चिकित्सकसँग नियमित सम्पर्कमा रहने, औषधि नछुटाउने, खानपान र सामान्य व्यायाममा ध्यान दिनसके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ । र अन्य संक्रमणको जोखिम पनि कम हुन्छ । कोरोना शुरु भएको चीनमा होस वा इटली वा अमेरिका कोरोनाबाट मृत्यु हुने धेरै मधुमेह, उच्च रक्तचाप भएका नै बढी छन्। स्वस्थ व्यक्तिभन्दा मधुमेहका बिरामीमा संक्रमण भएर आइसीयूमा राख्न पर्यो भने उनीहरुको मृत्युदर दुई गुणा बढी हुने गर्छ ।

घरमै बसेका बेला अनियन्त्रित भएर मिठो खान मन लाग्यो भनेर खान भएन । कोरोना अहिले आएको संक्रमण हो भने मधुमेह पहिले देखि तपाइँको शरीरमा नै छ । स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वस्थ खानपान  मधुमेहका बिरामीका लागि झनै घातक हुने गर्छ । लकडाउन छ भनेर अल्छी गरेर नियमित व्यायाम गर्न छुटाउनु हुँदैन । लकडाउनको समयमा पनि घरमै गर्न मिल्ने एक्सरसाइज नियमित गर्नुपर्छ । व्यायामले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

योसँगै संक्रमणको जोखिमबाट बच्न भिडभाडमा सकेसम्म नजाने, मास्कको प्रयोग गर्ने, घरमै हल्का व्यायाम गर्ने, स्वस्थकर खानामा ध्यान दिने र आफूले खाइरहेको औषधि नियमित नछुटाइ खान जरुरी छ । यदि स्वास्थ्यमा समस्या देखियो र सुगर नियन्त्रणमा आएन भने तुरुन्त आफनो डाक्टरलाई सम्पर्क गर्न जरुरी छ ।

डा. मिश्र मधुमेह रोग विशेषज्ञ हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या