Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘होमियोप्याथिक औषधि खाएमा कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ’

‘होमियोप्याथिक औषधि खाएमा कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ’

डा. राजेश प्रधानाङ्ग, वरिष्ठ होमियोप्याथिक चिकित्सक

अहिले विभिन्न संचार माध्यम एवं सामाजिक संजालमा कोरोनाको उपचार होमियोप्याथिक औषधिको प्रयोग रोग लाग्नु पुर्व नै प्रयोग गरेको खण्डमा प्रतिरोधात्मक शक्ति बलियो बनाएर कोरोना लाग्न दिंदैन भनेर झुठो खेती गर्दै सर्वसाधारणमा भ्रम छर्दै गरेको पाइएको छ । विशेषगरी अहिले बढी प्रचारमा आएको होमियोप्याथिक औषधि आर्सनिक एल्वम -३० को प्रयोग प्रत्येक व्यक्तिले गरेको खण्डमा यो डरलाग्दो रोग कोरोनाबाट बच्न सकिन्छ भन्ने भ्रम छर्न केही जान्ने मान्ने र आफूलाई बुद्धिजीवी भन्ने मानिसहरु नै अग्रपंक्तिमा देखिएका छन्। जुन सरासर गलत छ ।

वास्तवमा राम्ररी बुझ्नपर्ने कुरा के हो भने जर्मनीबाट आएको होमियोप्याथिक उपचार विधीमा सिद्धान्त अनुसार कहिल्यैे पनि रोगको नामका विरामीको उपचार गरिंदैन । यदि कुनै तत्व जीवाणुका कारणले व्यक्तिलाई असर गरेको खण्डमा स्रोत तत्व वा जीवाणुका कारणले व्यक्तिको शरीरमा सबैजनामा देखिने साधारण लक्षणहरु र चिन्हहरु र अरु थप लक्षण र चिन्हहरु देखाउँछ । कुनै व्यक्तिलाई कोरोना भाईरसद्धारा रोग लागेको खण्डमा सो संक्रमित व्यक्तिमा कोरोनाको साधारण सबैमा हुने लक्षण र चिन्हहरु र अरु थप चिन्हहरु देखा पर्दछ।

तसर्थ होमियोप्याथिक सिद्धान्त अनुसार रोगको नाममा उपचार नगर्ने र रोगीको उपचार अर्थात रोगीले दिएको सम्पूर्ण शारिरीक भावनात्मक र मानसिक लक्षणहरु अनुसार गर्ने हुदा प्रत्येक कोरोना संक्रमित विरामीको केस टेसिङ्ग गरेर फरक फरक औषधी एक पटकमा एउटा नामको औषधी दिइन्छ। प्रत्यक व्यक्तिको रोगसंँग लडन सक्ने क्षमताको आधारमा कुनै व्यक्ति केवल एउटा औषधीको प्रयोगवाट ठिक हुन्छ भने कतिपयलाई क्रमवद्ध रुपमा औषधीको प्रयोग गराएर मात्र विरामी निको पार्न सकिन्छ। तर सबैलाई एउटै औषधि दिएर ठिक पार्ने भन्ने कुरा सहि होइन ।

यदि कोरोना संक्रमित भएका व्यक्तिमा आर्सनिक एल्वम औषधि अनुसार लक्षणहरु देखाएको खण्डमा त्यस्ता केही व्यक्तिलाई सो औषधी दिन सकिन्छ तर व्यक्तिहरुको अवस्था अनुसार क्रमवद्ध रुपमा आवश्यकता अनुसारको औषधिहरुको प्रयोग गरेर मात्र रोग निको पार्न सकिन्छ। तर यो समस्या समाधान वा निको पार्न औषधि केवल ‘ललिपप’ ज्यस्तो दिएर हैन  विशेष र अनुभवको आधारमा कोरोना रोग निको पार्न सहयोग गर्न सकिन्छ ।

अहिले केही समुहले होमियोप्याथिक उपचार विधि अनुसार ‘जेनस इपिडेमिक’ औषधि दिएर केही पनि नभएको व्यक्तिलाई कोरोना लाग्नबाट बचाउने र प्रतिरोधात्मक शक्ति वढाउने भन्दै सबैजनालाई चकलेट जस्ते गरेर औषधि बाँडिरहेका छन्।यहाँ बुझ्नुपर्ने कुरा के छ भने होमियोप्थाथी उपचार पद्धति जर्मनीबाट शुरु भएको हो । यदि यो औषधि कोरोना रोकथाममा त्यति महत्वपूर्ण भएको भए उनीहरुले किन प्रयोग गरेनन ? किन त्यहाँ हजारौंको संख्यामा मानिसको मृत्यु भयो । त्यसैले हामी कुनै व्यक्ति वा समूहले भनेकै आधारमा कुनै पनि औषधि खाने बानी नगरौं  किन की कोरोनाको औषधि अहिलेसम्म बनेकै छैन्।

होमियोप्याथिक उपचार विधिमा प्रत्येक पटक कुनै एक पदार्थ  वा आर्सनिक एल्वमलाई होमियोप्याथिक फार्मोकोपिया अनुसार होमियोप्याथिक औषधि वनाएपछि औषधि रोगीको उपचारमा प्रयोग गर्नु पुर्व स्वस्थ व्यक्तिमा प्रमाणित गर्ने प्रक्रयाद्धारा प्रमाणित गरिरएको हुन्छ। यसरी प्रमाणित गरिएका प्रत्येक औषधिले उत्पादन गरेको लक्षण र चिन्हहरु होमियोप्याथिक पुस्तक मेटेरिया मेडिका भन्ने पुस्तकमा संकलन गरिएका छन्। आर्सनिक एल्वम त्जो पायो त्यहीलाई जथाभावी दिएको खण्डमा रोगी निको हुने होइन ।

अहिले केही समुहले होमियोप्याथिक उपचार विधि अनुसार ‘जेनस इपिडेमिक’ औषधि दिएर केही पनि नभएको व्यक्तिलाई कोरोना लाग्नबाट बचाउने र प्रतिरोधात्मक शक्ति वढाउने भन्दै सबैजनालाई चकलेट जस्ते गरेर औषधि बाँडिरहेका छन्। तर यो कुराको वास्तवमा तरीका ठिक हैन।भनेर होमियोप्याथिक उपचार विधिका जन्मदाता जर्मन नागरिक डा स्यामल हनिमनले आफ्नो पुस्तक ‘अर्गानन अफ मेडिसीनको प्याराग्राफ २४१ ‘मा प्रष्ट रुपमा जेनस इपिडेमिककोे बारेमा वर्णन गर्नु भएको छ । र सोही अनुसार मार्ग निर्देशन गर्नु भएको पाइन्छ ।

तर यही कुरालाई बंगाएर होमियोप्याथिक औषधिले रोग लागेका व्यक्ति र रोग लाग्नु पूग्नु पुर्व औषधि दिएर बचाउन सकिन्छ भन्ने भ्रम पैदा गराइरहेको छ। तर वास्तवमा जेनस इपिडिमिक भनेको कुनै पनि माहामारी भएको अवस्थामा यदि कुनै एक होमियोप्याथिक औषधीमा भएको लक्षण चिन्हहरु सोही ओषधी अनुसार आउन सक्ने शरीर भएका व्यक्तिहरुलाई रोग लाग्नु पूर्व दिएको खण्मा सो व्यक्तिको शरीरमा रोग उत्पन्न हुन नदिएर रोगी हुनवाट बचाउनु हो। तर सो दिने औषधिको पनि रोगी व्यक्तिहरुको लक्षण चिन्हहरु अनुसार परिक्षण गरि सकेपछि यदि कुनै एक औषधिले धेरै जना व्यक्तिलाई निको पारेको खग्डमा सो ओषधि ‘जेनस इपिडिमिक’ हुन सक्दछ। तर प्रयेक पटक रोगीको लक्षण र चिन्हहरु अनुसार परीक्षण वा जाँच गरेपछि मात्र सोग औषधि दिने वा नदिने कुरा होमियोप्याथिक चिकित्सकले निर्णय गर्दछ। तसर्थ कुनै पनि व्यक्तिलाई जथाभावी औषधि खुवाएर रोग लाग्न नदिने भन्ने कुरा बुझ पचाउनु हो वा अज्ञानता हो।

प्रष्ट रुपमा सबै जनाले वुझ्न पर्ने कुरा मुख्यतया होमियोप्याथिक सिद्धान्तमा रोग लाग्नु पूर्व औषधि व्यक्तिलाई खुवाएर रोग लाग्न नदिने भन्ने हुदैन तर समस्यावाट रोगका व्यक्तिहरुलाई व्यक्तिको लक्षण र चिन्ह अनुसार ओषधि प्रयोग गर्न दिएर रोगीलाई स्वस्थ वनाएर प्रतिरोधात्मक शक्तिको क्षमता वढाउनु हो । अरु रोग लाग्नबाट बचाउनु हो।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने होमियोप्थाथी उपचार पद्धति जर्मनीबाट शुरु भएको हो । यदि यो औषधि कोरोना रोकथाममा त्यति महत्वपूर्ण भएको भए उनीहरुले किन प्रयोग गरेनन ? किन त्यहाँ हजारौंको संख्यामा मानिसको मृत्यु भयो । त्यसैले हामी कुनै व्यक्ति वा समूहले भनेकै आधारमा कुनै पनि औषधि खाने बानी नगरौं  किन की कोरोनाको औषधि अहिलेसम्म बनेकै छैन्।

अर्को कुरा औषधि जस्तो संवेदनशिल वस्तु कसैले पनि आफूखुशी र जताभावी तरिकाले बाँड्न पनि मिल्दैन र खान पनि मिल्दैन । यी कुराहरु बुझ्नुपर्ने बेला आइसकेको छ । सरकराले बेलैमा यसरी यो वा त्यो औषधिले रोग प्रतिरोधी शक्ति बढाउँछ भन्दै भ्रम छर्दै औषधि बाँड्दै हिंड्नेलाई बेलैमा सचेत गराउनुपर्छ र रोक्नुपर्छ ।

तसर्थ आर्सनिक एल्वम तिस पोटेन्सीको औषधि केही नभएको व्यक्तिलाई तपाईको प्रतिरोधात्मक शक्ति वढछ भनेर र कोरोना लाग्दैन वा लाग्न दिदैन वा लागेकालाई ठिक गर्दछ भनेर फैलाउने वुद्धिमानी समुहवाट कोसौं टाढा बसौं  साथै घर भित्र सावधानी अपनाएर वस्नु, दूरी कायम गर्नु वुद्धिमानी र जीवन बचाउने उपाय हो ।

लेखक डा. प्रधानाङ्ग वरिष्ठ होमियोप्याथिक चिकित्सक हुन्। 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार