Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्यान्सर सर्भाइभरले लकडाउनलाई परिवारसँग बिताउने अमूल्य समयका रुपमा लिऔँ’

‘क्यान्सर सर्भाइभरले लकडाउनलाई परिवारसँग बिताउने अमूल्य समयका रुपमा लिऔँ’

प्रमिता खनाल

कोभिड- १९ अर्थात कोरोना महामारीले विश्वलाई नै त्रसित बनाइरहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले आ आफनो देशमा लकडाउन गरेका छन्। जसका कारण यातायात, कलकारखाना, व्यापार व्यवसाय सम्पूर्ण पूर्णरुपमा बन्द छन्। नेपालमा पनि गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेको छ जुन जेठ २५ सम्म जारी छ ।

अहिलेसम्म यसको औषधि वा खोप नबनेकाले यतिबेला लकडाउन पालदा गर्दै सामाजिक दूरी कायम गर्नुको विकल्प छैन्। सरकाले सरसफाईमा ध्यान दिंदै नियमित साबुन पानीले हात धुन, यसैगरी एक अर्कामा दूरी कायम गर्न, सेनिटाइजरको प्रयोग गर्न र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना महामारीको चपेटामा सबैभन्दा बढी  दीर्घरोगी र वृद्धहरु पर्ने बताइएको छ । त्यसैले उनीहरुले यो समयमा बढी सर्तकता अपनाउनुपर्छ । त्यसो त सबैले याद गर्नुपर्ने कुरा केहो भने रोग जासुकैलाई पनि लाग्नसक्छ । त्यसैले सरकारले गरेको लकडाउनको पालना गर्दै घरमै बस्नु बुद्धिमानी हुन्छ । हामी धेरैले कार्य व्यस्तताले अरु बेला घर परिवारामा समय दिन पाइरहेका हुँदैनौं । यो परिवारलाई समय दिने राम्रो अवसरका रुपमा लिन सकिन्छ । एक अर्कालाई नजिकबाट बुझ्ने र समय बिताउने सूवर्ण अवसर हो लकडाउन ।

म आफू क्यान्सर सभाईभर भएकाले क्यानन्सर सर्भाइभरकै लागि केही कुरा लेख्न मन लागेको छ । यो समय हामीले कसरी सदुपयोग गर्न सक्छौं भनेर यो लेख तयार गर्न लागेकी हुँ।  सामान्यतया अरु सामान्य मानिसको जस्तो हो त्यस्तै जीवनशैली हुन्छ क्यान्सर सर्भाइभरको पनि । तर यसबेला अझ बढी हामीले ख्याल गर्नुपर्छ जस्तो लाग्छ । कोरोना महामारीका कारण घरभित्रै बन्द भएर बस्न पर्दा सभाईभरलाई दिक्क लागेको हुनसक्छ । यसले झनै स्वास्थ्यमा समस्या निम्त्याउँछ । त्यसैले यसलाई देशको एक परिस्थिती ठानेर आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ ।

क्यान्सरका बिरामी वा निको भइसकेकालाई कोरोना भाइरसले बढी जोखिम निम्त्याउन सक्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले हामी अझ बढी सतर्क भएर भिडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कन परे मास्कको प्रयोग गर्ने गर्नुपर्छ । त्यसैले म क्यान्सर सर्भाइभर भएको नाताले म जस्तै सर्भाइभरलाई सुरक्षित रहन र घरमै बस्न र परिवारसँग समय बिताउन आग्रह गर्दछु। घरमा बस्न पर्यो भनेर दिक्क मान्नुको सट्टा यो बेला लकडाउनलाई परिवारसँग बिताउने समय हो भनेर सोचौँ ।

हामीले आफनो सरसफाईमा ध्यान राख्दै घरायसी काममा आफुलाई व्यस्ता राख्न सकिन्छ । धेरै समय मोबाइल र टिभीमा मात्र समय बिताउँदा नचाहिने सूचनाहरुले तनाव दिनसक्छन्। त्यसैले मोबाइलमा धेरै समय नबिताएकै राम्रो । दैनिक रुपमा  परिवारका सदस्यसँगै बिहान व्यायाम गर्ने, मेडिटेसन गर्ने गर्न सकिन्छ । यसले शरीर स्फूर्त राख्न मद्दत गर्छ । बिदा भनेर धेरै ढिला समयसम्म सुत्नुभन्दा उठेर यताउता टहलिन सकिन्छ । प्रयाप्त निद्राका लागि समयमै सुत्न जरुरी छ । कम्तीमा पनि ७ देखि ८ घण्टा सुतौं । सुगर, प्रेसर बिरामीहरूको लागी पनि यो व्यायाम अत्यन्तै जरुरी छ । किनकी अहिले हामी बाहिर निस्कने अवस्था छैन घरमा नै गर्ने सरल र सजिला व्यायामहरु गर्न सकिन्छ । घरमा खुला स्थान छ भने घरमै हिंडदा पनि हुन्छ । यसाे गर्दा परिवारका सबै सदस्य सामेल भएर गरौं । यसले रमाइलो पनि हुन्छ व्यायाम पनि ।

यसैगरी घरको आँगनमा निस्केर डोरी खेल्ने, ब्याडमिन्टन खेल्ने,पनि गर्न सकिन्छ । अहिलेको समयमा सन्तुलित भोजन खाने,तनाव नलिने, व्यायाम गर्ने,ध्यान योगा आदि जे गर्नुहुन्छ त्यसलाई नियमित कायम राख्ने गर्दा समस्या आउनबाट जोगिन सकिन्छ । क्यान्सरका बिरामी वा निको भइसकेकालाई कोरोना भाइरसले बढी जोखिम निम्त्याउन सक्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले हामी अझ बढी सतर्क भएर भिडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कन परे मास्कको प्रयोग गर्ने गर्नुपर्छ । कतिपयलाई फलो अपका लागि अस्पताल जानुपर्ने हुनसक्छ । यो बेला आफनो डाक्टरलाई फोन गरेर कुरा गरेर मात्र अस्पताल गएको राम्रो हुन्छ । औषधि खानुपर्ने बिरामीले पनि आफनो औषधि छ छैन् सकिन लागेको भए पहिल्यै त्यसको लागि कुरा गर्ने गर्न जरुरी छ । लकडाउन छ भनेर औषधि खान छोड्न हुँदैन । त्यसैले म क्यान्सर सर्भाइभर भएको नाताले म जस्तै सर्भाइभरलाई सुरक्षित रहन र घरमै बस्न र परिवारसँग समय बिताउन आग्रह गर्दछु। घरमा बस्न पर्यो भनेर दिक्क मान्नुको सट्टा यो बेला लकडाउनलाई परिवारसँग बिताउने समय हो भनेर सोचौँ ।

 खनाल नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या