Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कहिले पाइएला कोरोनाको त्रासबाट मुक्ति ?

कहिले पाइएला कोरोनाको त्रासबाट मुक्ति ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समय पनि एक महिना भन्दा बढी भइसकेको छ । लकडाउनका कारण घरभित्रै बस्न बाध्य भएका नागरिकको मनमा यतिखेर एउटै मात्र प्रश्न उठेको छ त्यो हो आखिर लकडाउन कहिलेसम्म ? कोरोना महामारीबाट कहिले मुक्ति मिल्छ र स्वतन्त्र भएर बाहिर निस्कन पाइन्छ ? यतिबेला यो प्रश्न अत्यन्त जटिल छ । तर आउनुस यही जटिल प्रश्नका केही उत्तर खोज्ने प्रयास गरौं ।

पहिलो कुरा त हामीकहाँ लकडाउन किन जरुरी पर्यो भन्ने कुरा बुझ्न जरुरी छ । यो नोबल कोरोना भाइरस मानव समूदायका लागि नयाँ भाइरस हो । जब यो भाइरसले पहिलोपटक पहिलो व्यक्तिलाई आक्रमण गर्यो त्यसपछि बिस्तारै यो सबैतिर फैलिंदै गयो । नयाँ भाइरस भएकाले यस विरुद्ध लड्न सक्ने अवस्था थिएन। यसको कारण के हो भने कुनै पनि व्यक्तिको शरीरमा यो भाइरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता नै थिएन र कुनै पनि बाधा अड्चन खेप्न नपरेको यो भाइरस त्यसैले पनि अत्यन्त द्रूत गतिमा फैलिन थाल्यो । यसलाई रोक्न केवल एउटा मात्र उपाय थियो। उल्लेख्य जनसंख्यालाई यो रोग विरुद्ध लड्न सक्षम बनाउनु,अर्थात् ‘हर्ड इमिन्युटी’को विकास गर्नु र यो रोगको विरुद्धमा ‘हर्ड इमिन्युटी’ प्राप्त गर्न कम्तिमा पनि ७० प्रतिशत जनसंख्यामा कोरोनासंग लड्न सक्ने क्षमताको बिकास गर्नुपर्ने हुन्छ र कसरी हुन सक्छ यो सम्भव ?

यसका दुईवटापक्षहरु हुन सक्छन्: – पहिलो हाम्रो जनसंख्याको ठूलो हिस्सा यो रोगबाट संक्रमित हुनुपर्छ, दोस्रो यस रोग विरुद्धको खोप प्राप्त गर्नुपर्छ

आउनुस् यी दुवै सम्भावनाकाबारेमा केही चर्चा गरौँ, पहिलो उपाय भनेको हाम्रो जनसंख्याको ठूलो हिस्सा यो रोगबाट संक्रमित हुनु पर्यो। कल्पना गरौँ हामीले सामाजिक तथा भौतिक दुरी पालना गर्न आजैबाट बन्द गर्यौ, यो अवस्थामा केही समयमै ठुलो जनसंख्या संक्रमित हुन जान्छ । जसरी बिगतमा ठेउला विरुद्धको खोप नहुँदा मानिसहरु जानी जानी यो रोगबाट संक्रमित भएर यसको बिरुद्ध इम्युनिटी प्राप्त गर्ने गरेको तथ्य पनि हाम्रो सामु छँदैछ । तर यहाँ कोरोना विरुद्ध यो कदम किन पनि घातक सिद्ध हुन सक्छ भने यो रोगबाट जटिलता उत्पन्न भई मृत्यू हुने सक्ने सम्भावना बढी छ ।
मृत्यू हुनेको प्रतिशत यकिनका साथ भन्न नसके पनि अहिलेको आ्ँकडाहरुको आधारमा चिकित्सकहरुले यो रोगलाई अरु फ्लूभन्दा १० गुणा बढी घातक हुने बताएका छन्। अझै वृद्ध उमेर र दीर्घरोगीसँग रोगसँग लड्न सक्ने क्षमता काम भएका जस्तै क्यान्सर, एचआइभी लगायतका रोगीहरुमा मृत्यू हुने सम्भावना अझै बढी देखिएको छ । यो उपाय किन पनि सम्भव छैन् भने विकसित देशका सुबिधासम्पन्न अस्पतालहरुले त बिरामीको चापलाई धान्न नसकेर कसलाई उपचार गर्ने कसलाई नगर्ने भनेर छनौट गर्नु पर्ने अवस्था आयो भने हाम्रो जस्तो विकासोन्मुख देशको स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले यसलाई धान्न पक्कै पनि कठिन हुनेछ ।

दोश्रो उपाय भनेको यो रोग विरुद्धको खोप हो । विश्वभरका बैज्ञानिकहरु यसको उत्पादन, परीक्षणमा जुटे पनि केही महिनाभित्रमै यो बजारमा आइहाल्छ भन्ने अवस्था पनि छैन्। आइहाल्यो भने पनि धनी र गरीब रास्ट्रहरु बीचको तानातानी, असमान पहुँच आदिले हाम्रो मुलुकका सबै जनताले छोटो समयमै यो सुबिधा पाउनेछन भन्ने कुरामा बिश्वस्त भइहाल्ने सक्ने अवस्था पनि छैन्।

त्यसो भए अब के गर्ने? 

माथिका दुवै उपायहरु हाम्रा लागि उपयुक्त सिद्ध नहुँदा फेरी पनि उही ,जनस्वास्थ्य विज्ञानको अति नै पुरानो तर यो महामारीका विरुद्ध अत्यन्त सहायक सिद्ध उपाय अपनाउनुको बिकल्प छैन्। व्यक्ति व्यक्ति बीचको घुलमिल तथा संक्रमित हातबाट यो रोग सर्छ भन्ने प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा चाहे त्यो कोरोना रोगको उद्गम स्थल वुहान होस् , युरोप,अमेरिका वा एसिया हालका लागि सामाजिक तथा भौतिक दुरी कायम गर्नु र बारम्बार साबुन पानीले हात धुनु, साथै व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै यसबाट बच्ने दुई मुख्य उपायहरु हुन् ।

खोसिएको स्वतन्त्रता अनि लकडाउनको बाध्यता

हामी सबैलाई थाहा छ , मानब जातिका लागि सबै भन्दा प्यारो भनेको उसको स्वतन्त्रता नै हो । निर्धक्क साथ हिंडडुल गर्न पाउनु उसको अधिकार पनि हो तर अहिलेको जस्तो अवस्था सर्वसाधारणले पहिले कहिल्यै पनि भोगेका थिएनन र माथि चर्चा गरिएका यो रोगबाट मुक्ति पाउने दुवै उपायहरु हाम्रा लागि उपयुक्त नभए पछी फेरी पनि अनुसाशित भएर सामाजिक दुरी कायम गर्नु र साबुन पानीले हात धुनुको विकल्प हामीसाग छैन्।

यो रोगबाट बिश्वले निकट भविस्यमै छुट्कारा पाइहाल्ने कुनै पनि संकेत नदेखिएको अवस्थामा अहिलेको जस्तै कडा रुपमा पक्कै नहोला तर मानव जीवनका अन्य आवश्यकतालाई पनि मध्यनजर गर्दै केही परिमार्जित खुकुलो रुपमा लकडाउनलाई निरन्तरता दिनु नै सबैभन्दा उत्तम उपाय हो ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या