Health TV Online
Health TV Online

के खानाबाट पनि कोरोना भाइरस सर्नसक्छ ?

के खानाबाट पनि कोरोना भाइरस सर्नसक्छ ?

धेरैलाई उत्सुकता लागेको विषय हो खानाबाट कोरोना सर्नसक्छ की सक्दैन् भन्ने । केही दिनअघि मात्र भारतमा पिज्जा घरघरमा पुर्याउने एक व्यक्तिमा कोरोना संक्रमण भयो । त्यसपछि उनले पिज्जा पुर्याएका घरका ७२ जनालाई कोरोना हुनसक्ने भन्दै क्वारेन्टाइनमा राखियो । यसले पनि के देखाउँछ भने कोरोना संक्रमित व्यक्तिले छोएको खानामा पनि संत्रमण हुन्छकी भन्ने हो । हुन त अहिलेसम्म कोरोना भाइरस खाना वा फलफूल, तरकारीबाट सरेको भन्ने कुनै अध्ययन अनुसन्धान आइसकेको छैन्। तर पनि संक्रमित व्यक्तिले प्रयोग गर्ने वा उसले छोएका खानामा भाइरस हुनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्। नोबल कोरोना भाइरस सबैका लागि नयाँ भएकाले यसबारे धेरै अध्ययन हुनै बाँकी छ । जसका कारण हामीले यसबाट बच्न सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

हुन त नेपालमा अनलाइन अर्डर गरेर खाना मगाउने चलन कमै छ । तर पनि यसरी बाहिरबाट खाना मगाउँदा यो बेलामा विशेष ध्यान दिनुपर्ने हुन्छ । अहिले नेपालमा जति पनि खाद्य पसल तरकारी फलफूलका पसल खुलेका छन्। ती पसलमा बस्ने अधिकांसले सामान्य सुरक्षा सामग्री मास्क, ग्लोब्स समेत लगाएको देखिंदैन्। यो भनेको लापावाही हो जस्तो लाग्छ । हामीकहाँ यो बेलामा केही सुपरमार्केटहरु पनि खुलेका छन्। यो असाध्यै जोखिम भएको स्थान हुनसक्छ । केही दिन अघि मात्र यूनिभर्सिटी अफ हेल्सिन्कीले एक जना संक्रमितले खोक्दा उक्त भाइरस १५ मिनेटसम्म हावामा रहने कुरा बताएको छ । उक्त भाइरस त्यहाँ रहेका खानेकुरामा १५ मिनेटसम्म रहन पनि सक्छ । जुन सामान हामीले छोइरहेका हुन्छौं । यसरी हेदा सुपरमार्केटमा ‘डिस्टेन्स मेन्टेन’ गरेरै सामान किनमेल गर्नु पनि बढी जोखिमपूर्ण हुनसक्छ । त्यसैले यस्ता सुपरमार्केटबाट संक्रमण फैलिनसक्ने कुरा सरकारले र सर्वसाधाराणले बुझ्न जरुरी छ ।

हामीले कम्तीमा आफनो सुरक्षाका लागि पसलमा बस्दा वा बाहिर निस्कदा मास्क लगाउनैपर्छ । अर्को कुरा दैनिक आवश्यक पर्ने सामान जस्तै दूध, तरकारी, पानी, फलफूल लगायतका सामान किन्न जाँदा विशेष सावधानी अपनाउन जरुरी छ ।  पहिलो कुरा त यसरी बाहिर जाँदा परिवारको एक जना मात्र जानु राम्रो हुन्छ । जाने व्यक्तिले मास्क, ग्लोब्स र सकेसम्म चस्मा पनि लगाउन जरुरी छ । यसरी बाहिर जाँदा लगाउने कपडा छुट्टै बनाउने एवं सपिङ गर्ने ब्यागलाई प्रयोग गरेपछि धोएर घाममा सुकाउँदा यदि यसमा भाइरस भए मर्ने सम्भावना हुने विज्ञले जनाएका छन्।

यसका साथै आफूले लगाएका लुगा छुट्टै राख्दा राम्रो हुन्छ । यसले गर्दा यदि पसलमा कोही संक्रमित नै भएमा पनि परिवारको एकजनामा मात्र सर्ने सम्भावना हुन्छ । यो बेला हामलिे हरेक व्यक्तिमा कोरोना हुनसक्छ भनेर शंका गरेर डिस्टेन्स मेन्टेन गर्ने हो भने धेरै हदसम्म कोरोनाबाट बच्न सकिन्छ । अर्को कुरा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको छ । जसका कारण सवारीसाधन , कलकारखाना केही पनि चलेका छैनन्। यो समयमा हामी पनि अत्यावश्यक नभएसम्म बाहिर ननिस्कने र सरकारले गरेको निर्णयको पालना गर्न जरुरी छ ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या