स्पेन र इटलीको जस्तै गल्ती गर्न खोज्दैछ सरकार

हेल्थ टिभी अनलाइन: कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले तीन सातादेखि लकडाउन गरेको छ । यो समय अझै लम्बिने संकेत पनि सरकारले दिइसकेको छ । तर सरकारको अहिलेसम्मको तरिका हेर्दा लकडाउनले मात्रै नै कोरोना नेपालबाट भाग्छ भनेको जस्तो गरेको देखिन्छ । यो कुरा बुझ्न जरुरी छ कि लकडाउनले मात्रै कोरोनामाथि विजय सम्भव छैन्। हो लकडाउनले एक नम्बरमा कोरोनाको संक्रमण फैलनबाट जोगाउँछ ।
सबै भन्दा महत्वपूर्ण फाइदा भनेको लकडाउनले हामीलाई कोरोना विरुद्धको युद्धमा पूर्णरुपमा तयार बस्न अमूल्य समय दिन्छ । अहिलेसम्मको अवस्था हेर्दा राज्य सही दिग्दर्शनको अभावमा अलमलिएको मात्र होइन चुकेको देखिन्छ । लकडाउनका यो ३ साता सरकारले पूर्णरुपमा खेर फालेको देखिन्छ । अर्काे कुरा विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा लकडाउन गरेका देशहरुमा पनि कोरोना संक्रमण बढिरहेको देखिन्छ । अझ हाम्रो जस्तो देश जहाँ खुला सिमाना छ । हजारौ, लाखौं मानिस अवैध बाटो प्रयोग गरेर समेत आइरहेका छन् । यस्तो देशमा लकडाउन गरेका छौं भनेर ढुक्क भएर बस्न झनै गाह्रो छ । लकडाउन पछि ३ लाख बढि नेपाली वैध अवैध बाटोबाट नेपाल प्रवेश गरेकोमा ८ हजार जना पनि क्वारेन्टाइनमा नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।
इटली र स्पेनले गरेको ठूलो गल्ती भनेको कोरोना संक्रमित र अन्य बिरामी एउटै अस्पतालमा राख्नु नै प्रमुख मानिएको छ । उनीहरुले शुरुमा वास्ता गरेनन र सबै बिरामीलाई उनीहरु जहाँ आए त्यही उपचार गरे । तर पछि ती बिरामीले नै अस्पतालभरी संक्रमण फैलाए । इटलीको लोम्बार्डि क्षेत्रका उपप्रमुख कार्लो बोर्घेटीले पनि यो इटलीले गरेको सबैभन्दा ठूलो गल्ती मान्छन् । कुनै पनि जनरल अस्पतालमा कोरोनाका बिरामी वा कोरोना आशंका भएका बिरामी छिराउनै हुँदैन । यो तथ्यमा विश्वकै मेडिकल संसार, तथ्यांक तथा रिसर्चले एकै कुरा इंगित गर्दछन् कि कोरोना संक्रमित र कोरोना नभएका विरामी एकै अस्पतालमा हेरिनु हुँदैन्।
अमेरिकामा गरेको एक पछिल्लो अध्ययनले १० प्रतिशत बिरामीले लक्षण बिना नै ८० प्रतिशतलाई रोग सारिरहेको देखिएको छ । ५ संक्रमित मध्ये ४ जनामा त झनै लक्षण नै नदेखिई उसले अन्यमा रोग सारिरहेको देखिएको छ । कोरोना ग्रस्त देशमा झण्डै २० प्रतिशत हेल्थ केयर वर्करमा यो सरेको पाईएको छ । अमेरिका, इटली र स्पेन मात्रै होइन भारतका वर्कहार्ट तथा जसलोक अस्पतालमा एक जना बिरामीले मात्र ६० जना हेल्थ केयर वर्कर (डाक्टर सहित)मा कोेरोना सारेको एक हप्ता पनि भएको छैन्। यो सबै तथ्यलाई मध्यनजर राख्दै मेरो विचारमा सरकारले कोरोना संक्रमितको उपचारका लागि सेन्टर र छुट्टै अस्पताल छुट्याउनैपर्छ ।
तर अहिले हाम्रो देशका कुनै पनि अस्पताल हेर्नुस पूर्व देखि पश्चिम सम्म वा प्रादेशिक तथा काडमाडौँ कै अस्पतालमा समेत जुन अस्पतालमा कोरोना जाँच भइहरको छ त्यही सुत्केरी पनि गराइएको छ र अन्य विरामी समेत हेरिदैंछ । यसो गर्दा ती संक्रमण नै नभएका बिरामीलाई संक्रमण हुने सम्भावना उच्च छ । यो गल्ती इटलीपछि हामीले दोहोर्याउँदै छौं । इटली तथा स्पेन जस्तो विकसित र उत्कृष्ट सिस्टम भएको देशमा त त्यो हाल भयो भने हामी के गरौंला ? सोचौं त एकपटक ? त्यसैले हाम्रो सरकारले पनि सबै तिर छरिएर कोरोनाको उपचार गर्न लगाउनु हुदैन । यो तुरुन्तै रोकिनु पर्छ ।
मानव इतिहासमा कोरोना जति सजिलै सर्ने कुनै पनि रोग आजसम्म देखिएकै छैन । यूनिभर्सिटी अफ हेलसिंकी तथा विश्व स्वास्थ्य संगठनकै कुरालाई मान्ने हो भने कोरोना केहि हदसम्म हावाबाट पनि फैलन सक्ने देखिएको छ । नजिकैबाट सास लिंदा पनि यो रोग सर्नसक्छ भनिएको छ । हिजोसम्मको रिसर्च हेर्दा बन्द ठाँउ वा कोठामा यो रोगका किटाणु १३ फिटसम्म उड्न सक्ने देखिएको छ ।
त्यति मात्र होइन त्यस पछि यो भुईंमा सेटल हुने र त्यसलाई जुत्ताको माध्ययमबाट कुल्चिएर अन्य ठाँउमा समेत सार्न सकिने पनि प्रमाणित भइसकेको अवस्थामा कोरोना संदिग्धलाई निदान तथा उपचारका लागि छुट्टै सेन्टर तथा छुट्टै अस्पताल बनाउनैपर्छ । यो गर्न सकिएन भने भने त्यही आएका संक्रमितले अन्य बिरामीलाई सारेर जान्छन् । इटली र स्पेनमा यहि कारणले कोरोना बिरामीबाट डाक्टरमा र डाक्टरबाट अन्य रोगका बिरामीमा समेत सरेको देखिएको छ । यसलाई समेत रोक्नै पर्छ ।
अमेरिकामा गरेको एक पछिल्लो अध्ययनले १० प्रतिशत बिरामीले लक्षण बिना नै ८० प्रतिशतलाई रोग सारिरहेको देखिएको छ । ५ संक्रमित मध्ये ४ जनामा त झनै लक्षण नै नदेखिई उसले अन्यमा रोग सारिरहेको देखिएको छ । कोरोना ग्रस्त देशमा झण्डै २० प्रतिशत हेल्थ केयर वर्करमा यो सरेको पाईएको छ । अमेरिका, इटली र स्पेन मात्रै होइन भारतका वर्कहार्ट तथा जसलोक अस्पतालमा एक जना बिरामीले मात्र ६० जना हेल्थ केयर वर्कर (डाक्टर सहित)मा कोेरोना सारेको एक हप्ता पनि भएको छैन्। यो सबै तथ्यलाई मध्यनजर राख्दै मेरो विचारमा सरकारले कोरोना संक्रमितको उपचारका लागि सेन्टर र छुट्टै अस्पताल छुट्याउनैपर्छ । कोरोनाका विरामी वा संदिग्धलाई अन्य अस्पतालमा छिर्नै दिन हुंदैन । सबै बिरामीलाई एकै सेन्टर र अस्पतालमा हेर्न दिनै हुँदैन ।
यसको निम्ति यी उपायहरु अपनाउन सकिन्छ:
१. सम्पूर्ण अस्पतालका गेटमा नै स्टेरिलाईजेसन फुमिंग तथा स्प्रेइिग च्याम्बर बनाइनु पर्छ । यो छिमेकी भारतमा १०,००० मा नै बनाएर तरकारी बजार, अस्पताल, प्रहरी कार्यालय तथा अफिस अगाडि राख्न शुरु गरिसकिएको छ । यसले बाहिर सर्फेसबाट छोएर किटाणु सार्ने सम्भावना कम गर्छ ।
२. छुट्टै कोरोना स्क्रिनिङ स्थल छुट्याइनु पर्छ । छुट्टै छाना मात्र भएको तर ओपनमा यो बनाउंदा कोरोना बिरामीबाट यो हेल्थ केयर वर्करमा सर्ने सम्भावना कम हुन्छ ।
३. कोरोना संदिग्ध बिरामी राख्ने आइसोलेसन सेन्टर तथा अस्पताल छुट्टै हुनुपर्दछ ।
४. कोरोना प्रमाणित बिरामी राख्ने अस्पताल अझै छुट्टै हुनुपर्दछ । संदिग्ध तथा प्रमाणित समेत एकै अस्पतालमा राखिनु हुँदैन्।
५. कोरोनाका संदिग्ध वा प्रमाणित बिरामी जाँच तथा उपचार गर्ने हेल्थ केयर वर्कर बस्ने खाने छुट्टै व्यवस्था सरकारले गर्नुपर्छ । अहिले बन्द भएका होटललाई यो कार्यमा उपयोगमा ल्याउन सकिन्छ । यसको निम्ति संदिग्ध बिरामी जाँच गर्नेलाई छुट्टै तथा प्रमाणित बिरामी जाँच गर्नेलाई छुट्टै होटलमा व्यवस्था गरिनु पर्दछ ।
६. स्वास्थ्यकर्मी आफैले पनि यो रोग सार्ने सम्भावना अत्यन्त बढी पाइएको हुँदा उनीहरुलाई पहिला सुरक्षित बनाउनुपर्याे ।
७. सम्पूर्ण सावधानी अपनाएर सुरक्षित रही नियमित अत्यावश्यक स्वास्थ्य सेवा चाहिने बिरामीहरु जस्तै डायलाइसिस, क्यान्सर केयर, छातीको क्रोनिक रोग, सिकिस्त बिरामी, मुटु रोग आदिका बिरामीको निम्ति छुट्टै स्वास्थ्योपचार चलाउनुपर्छ । यसको निम्ति छुट्टै एकिकृत अस्पताल तोकिनुपर्दछ ।
८. निम्न आय भएका व्यकितहरुको निम्ति अत्यावश्यक औषधि उपचारको निःशुल्क व्यवस्था मिलाउनुपर्दछ ।
९.सोसियल मिडियाको भरपूर फाइदा उठाउँदै सरकारले नै देशभरको निम्ति टेलिमेडिसिन सेवा प्रदान गर्ने कन्ट्रोल रुम, विशेषज्ञको एक टिम तथा हटलाइन नम्बर शुरु गर्नुपर्छ ।
१०. विश्व स्वास्थ्य संगठनले र्यापिड टेस्टलाई रिसर्चको लागी मात्र प्रयोग गर्नु भनेर स्पष्ट तोकेको अवस्थामा नेपालमा भने डाएग्नोसिसको लागी यो प्रयोग भइरहेको देखिन्छ । यो पूर्ण रुपमा रोकिनुपर्दछ । नभए यसले कोरोना बढाउने र अझै फैलाउने स्पष्ट छ । अहिलेसम्म पीसीआर विधि नै प्रमाणित विधि हो र यसको क्षमता १०औं गुणा बढी र २४सै घण्टा उपलब्ध गराउनु जरुरी छ । जबसम्म लाखौं टेस्ट हुंदैनन तबसम्म देशको स्थिति के छ भनेर पत्ता लाग्दैन । जबसम्म स्थिति पत्ता लाग्दैन तबसम्म लकडाउन खोल्ने वा आर्थिक गतिविधि शुरु गर्ने त सवालै उठ्दैन ।
११. भारतमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना हेल्थ केयर वर्करलाई प्रोफाइलेक्टिक रmपमा हाइड्रोक्सिक्लोरोक्विनलाई स्विकार गरेको छ । यस्तो विषयमा हाम्रो देशको धारणा तथा निर्देश स्पष्ट हुनु जरुरी छ ।
१२. लकडाउन सधैं कायमगर्न सम्भव छैन, सुरक्षित ठाँउमा आर्थिक गतिविधि खुल्ला गर्नै पर्छ । कोरोनाबाट वृद्ध वृद्धा तथा क्रोनिक बिरामी सबैभन्दा जोखिममा छन्। कोरोना कन्ट्रोलमा आइसकेर युवा पुस्ता काममा जान थालेपछि पनि वृद्ध वृद्धा तथा क्रोनिक बिरामीहरmलाई केहि महिना अलगै राख्नु जरुरी देखिन्छ,नभए युवा पुस्ता कामबाट फर्केर यो कमजोर भल्नरेबल ग्रुपलाई सार्न तथा मार्न सक्ने सम्भावना भएको रोग हो ।
हामीले एकदमै स्पष्ट हुनुपर्छ की कोरोना पूर्ण रुपमा हामीलाई ज्ञान भएको रोग होइन । यो लेख आजसम्मको अध्ययन अनुसंधानमा आधारित छ । यसलाई समय सापेक्षरुपमा परिमार्जन गर्दै लानु पर्दछ । हुन त हाम्रो देशमा कोरोना महामारी कै रुपमा फैलिसकेको देखिन्न तर लकडाउन पश्चात गर्नैपर्ने कतिपय कार्य तथा उपायहरुमा हामी चुकीरहेको देखिन्छौं । अहिलेसम्म भयावह स्थिति आएको छैन् । तर समयमै माथि उल्लेखित बुँदाहरुमा ध्यान नदिने हो भने भित्र भित्रै आगो सल्के झै हुनसक्छ । हामीले अहिले नै ध्यान दिएनौं भने महामारी आएमा सम्हाल्नै सकिंदैन अनि नेपालको स्थिति पनि अमेरिका, स्पेन र इटली जस्तो नहोला भन्न सकिन्न ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने