Health TV Online
Health TV Online

‘उपचारमा खटिने स्वास्थ्यकर्मी नै सुरक्षित नरहे महामारी झनै फैलिन्छ’

‘उपचारमा खटिने स्वास्थ्यकर्मी नै सुरक्षित नरहे महामारी झनै फैलिन्छ’

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभरी १० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५४ हजार बढी मानिसको मृत्यु भइसकेको छ । कोरोना रोकथामकै लागि अधिकांश देशले लकडाउन गरेका छन्। नेपालमा पनि हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । यही विचमा संक्रामक रोगमा उपचार गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको पनि प्रश्न उठिरहेको छ । यही सन्दर्भ पारेर हेल्थ टिभी अनलाइनले कोरोनाको उपचार र स्वास्थ्यकर्मीको सुरक्षा लगायतका विषयमा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तसँग गरेको कुराकानी उनकै शब्दमा:

कोरोनाको कहर अहिले सबैतिर छ । मैं हुँ भन्ने अमेरिकालाई समेत यसले आच्छुआच्छु बनाएको छ । सबैतिर कोरोनाको मात्र कुरा भइरहेको छ । तर यो विषयमा मेरो अलि फरक विचार छ । नेपालमा अन्य मुलुकमा जस्तो महामारी फैलिएको छैन् । गत तीन महिनामा जम्मा ६ वटा संक्रमण भेटिएको छ । त्यसैले हामी अहिले नै डराइहाल्नुपर्ने अवस्था देखिंदैन । यसको मतलब तयारी नगर्ने भन्ने हैन् । तयारी अवस्थामा बसेर सतर्क रहँदै अघि बढ्नुपर्छ । अहिले कोरोनालाई लिएर मानिसहरुमा अति नै डर पैदा भएको देखिन्छ । यो डरले अन्य समस्या निम्त्याउन सक्छ । डर भन्दा पनि सतर्क हुन सिकाउनपर्छ सरकारले । मिडियाले पनि अनावश्यक डर पैदा गर्ने भन्दा पनि सावधानीतर्फका सूचना दिनसक्नुपर्छ ।

हामी सबैलाई थाहा छ महामारीका बेला चिकित्सक एवं स्वास्थ्यकर्मी नै हो धेरै मारमा पर्ने । महामारीका बेला सबैभन्दा अघि हुने भनेकै स्वास्थ्यकर्मी एवं चिकित्सक नै हुन् । उनीहरुको सुरक्षाको जिम्मा सरकारले लिनै पर्छ । स्वास्थ्यकर्मी नै नरहे उपचार कसले गर्ने ? त्यसैले अहिले सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरेको जस्तो देखिंदैन् । यदि यसो भयो भने भएका स्वास्थ्यकर्मी की संक्रमित हुन्छन, बाँकी ररेका आफनो सुरक्षाका लागि भन्दै काम छोड्छन । यो भनेको सरकारलाई देशलाई नै बेफाइदा हो । यो बेला उनीहरुलाई सरकार र सिनियरबाट प्रोत्साहन चाहिएको छ । उनीहरुका पनि परिवार हुन्छन। ज्यानको माया सबैलाई हुन्छ । फ्रन्टलाइनमा जो छ उही नै जोखिममा हुने हो । स्वास्थ्यकर्मीलाई सुरक्षा कवच पीपीई बिना उपचार गर्नुपर्छ भन्नु भनेको लडाइमा जाउ भन्ने अनि गोलीगठ्ठा नदिने जस्तै हो । त्यसैले जुन अस्पतालमा जो स्वास्थ्यकर्मी कोरोनाको उपचारमा जान्छन उनीहरलाई पूर्ण सुरक्षित बनाउने जिम्मा सरकारकै हो । यसमा दुईमत नै छैन्। आफू नै सुरक्षित नभइकन कसरी स्वास्थ्यकर्मीले अरुको सेवा गर्ने ? विकसित मुलुकहरुमा नै कोरोनाको उपचारमा खटिने धेरै चिकित्सकले ज्यान गुमाएका छन्।

महामारीका बेला सबैभन्दा अघि हुने भनेकै स्वास्थ्यकर्मी एवं चिकित्सक नै हुन् । उनीहरुको सुरक्षाको जिम्मा सरकारले लिनै पर्छ । स्वास्थ्यकर्मी नै नरहे उपचार कसले गर्ने ? त्यसैले अहिले सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरेको जस्तो देखिंदैन् ।यो बेला उनीहरुलाई सरकार र सिनियरबाट प्रोत्साहन चाहिएको छ । उनीहरुका पनि परिवार हुन्छन। ज्यानको माया सबैलाई हुन्छ । फ्रन्टलाइनमा जो छ उही नै जोखिममा हुने हो । स्वास्थ्यकर्मीलाई सुरक्षा कवच पीपीई बिना उपचार गर्नुपर्छ भन्नु भनेको लडाइमा जाउ भन्ने अनि गोलीगठ्ठा नदिने जस्तै हो । त्यसैले जुन अस्पतालमा जो स्वास्थ्यकर्मी कोरोनाको उपचारमा जान्छन उनीहरलाई पूर्ण सुरक्षित बनाउने जिम्मा सरकारकै हो । यसमा दुईमत नै छैन्। आफू नै सुरक्षित नभइकन कसरी स्वास्थ्यकर्मीले अरुको सेवा गर्ने ?

अर्को कुरा मैले नबुझेको कोरोना भाइरसको उपचारका लागि सबै अस्पताललाई उपचार गर भन्नु पनि मुर्खता हो । किनभने सबै अस्पतालले कोरोना उपचार गरे भने सबैतिर रोगी छरिन्छन र यसले झन महामारी फैलिन्छ । जस्तै क्यान्सरमा विशिष्टिकृत अस्पातललाई कोरोनाका बिरामी पनि हेर भनेर भन्ने हो भने त्यहाँ रहेका सबै बिरामीलाई रोग सर्ने सम्भावना बढी हुन्छ ।किनकी क्यान्सरका बिरामीलाई इम्युन सिस्टम कम गर्ने औषधि चलाइएको हुन्छ । यस्ता बिरामीलाई यो रोग सजिलै सर्नसक्छ । त्यसैले सरकारले यस्ता कुराको संवेदनशिलता नबुझी निजी अस्पतालले उपचार गर्न मानेनन भन्ने होइन ।

मेरो अन्नपूर्ण न्यूरो अस्पतालको कुरा गर्नुहुन्छ भने यहाँ न्यूरो समस्या लिएर आउने बिरामी हुन्छन । यहाँ कोरोनाको उपचार गर्न विज्ञ नै छैनन् कसरी उपचार हुन्छ । त्यसैले विशिष्टकृत अस्पताललाई कोरोनाको उपचार गरेनौं भन्नु गलत हो । तर अर्को कुरा यदि देशमा महामारी भयो बिरामी बढे महामारी रुप लियो भने त्यसबेला अस्पतालका अन्य सेवा बन्द गरेर कोरानाको मात्र उपचार गर्न हामी सधैं तयार छौं । त्यो गर्नेपर्छ । अहिलेलाई केही सिमित अस्पताल मात्र तोकेर त्यहाँ मात्र उपचार गर्नुपर्छ । यो सँगै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी पनि तोकिनुपर्छ । अन्य उपचार गर्ने र कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी छुट्याउनुपर्छ । यसले बढी प्रभावकारी बनाउँछ ।

हुन त सरकारले कोरोनाकै उपचार गर्ने भनेर केही हब अस्पताल तोकेको छ । यसलाई व्यवस्थित बनाउनुपर्छ । कोरोनाका उपचार सबै अस्पतालले गर्ने होइन यसले उल्टो महामारी फैलाउँछ । धेरै अस्पताल नतोकी केही सिमित अस्पताल तोकेर नागरिकलाई यी यी अस्पतालमा उपचार हुन्छ यहाँ सम्पर्क गर्नुस भनेर भन्नुपर्छ ।

कोरोनाको कारण अन्य बिरामीले उपचार नपाउने हुनुहुँदैन । देश लकडाउनका भएका बेला अन्य बिरामी आएमा कहाँ उपचार गर्ने भन्ने पनि सरकारले याद गर्नपरयो । कोरोना बाहेक पनि त बिरामी थिए, छन । ती बिरामीलाई व्यवास्ता गर्दा ठुलो संख्यामा ती बिरामीमा असर पर्नजान्छ । यस्ता कुरामा सरकारले बेलैमा ध्यान पुर्याउनैपर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा