Health TV Online
Health TV Online

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ

संक्रमण गरेर होस् वा त्रासमा राखेर कोरोना भाइरसले अहिले विश्वभर कसैलाई पनि अछुतो राखेको छैन। सबैतिर यसकै चर्चा छ। यसकै त्रास छ।

संयोग नै मान्नुपर्छ निको भइसकेका एकजनामा बाहेक अहिलेसम्म नेपालमा यो संक्रमण फैलिन पाएको छैन। शुरुमा देखिएकाबाहेक अहिले एकजनामा पनि कोरोना नभएको सरकारी परीक्षणले देखाएको छ। कोरोना भाइरस भित्रिनै नदिन सरकारले विभिन्न प्रयास पनि गरिहेको छ। संक्रमण भित्रिन नदिन सरकारको प्रयास मात्र पर्याप्त हुँदैन, प्रत्येक नागरिकको साथ हुन जरुरी छ। आफू कसरी जोगिने र अरुलाई कसरी जोगाउने भनेर सचेत हुन जरुरी छ।

नेपालमा आइतवारसम्म पनि विभिन्न देशबाट आउने जाने मानिसहरूको क्रम चलिरहेकै छ। यसका कारण कसले कोरोना लिएर आयो वा आएन भन्ने अवस्था नै छैन। त्यसका लागि जाँच नै गर्नुपर्छ। तर त्यसअघि आफू जोखिममा छु छैन भन्ने आफैँले ख्याल गर्नु उचित हुन्छ।

कुनै व्यक्तिमा कोरोना भाइरस छ, तर उसमा कुनै लक्षण नै छैन। यस्ता व्यक्तिले अरुमा रोग सार्ने सम्भावना बढी हुन्छ। यस्ता मानिसबाट बढी हानि हुनसक्छ। लक्षण नभएका कारण उक्त व्यक्ति कोरोना भाइरस बोकेर विभिन्न स्थानमा गइरहेको हुन्छ, उसले कमजोर मानिसहरुलाई रोग सारिरहेको हुनसक्छ। देख्दा कुनै रोगी जस्तो नलाग्ने तर भित्र भाइरसका भएका व्यक्तिले अझ बढी हानि पुर्याउन सक्छन्।

यो रोग सजिलै एकबाट अर्कोमा सर्ने र छिटो फैलिने रोगमध्ये पर्छ। यसका लागि तपाईँले मात्र सतर्क भएर पुग्दैन। अर्को व्यक्ति पनि सजग हुनुपर्छ। शुरुका दिनदेखि नै कोरोना भाइरसले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी सताउने गरेको देखिएको छ। दीर्घरोगी, औषधि सेवन गरिरहेका सुगर, प्रेसरका बिरामी ६५ वर्ष माथिका व्यक्तिलाई यसले छिटो संक्रमण गर्छ।

सबैभन्दा खतरनाक पक्ष त के भने यो रोगमा लक्षण नै देखिँदैन। कुनै व्यक्तिमा कोरोना भाइरस छ, तर उसमा कुनै लक्षण नै छैन। यस्ता व्यक्तिले अरुमा रोग सार्ने सम्भावना बढी हुन्छ। यस्ता मानिसबाट बढी हानि हुनसक्छ। लक्षण नभएका कारण उक्त व्यक्ति कोरोना भाइरस बोकेर विभिन्न स्थानमा गइरहेको हुन्छ, उसले कमजोर मानिसहरुलाई रोग सारिरहेको हुनसक्छ। देख्दा कुनै रोगी जस्तो नलाग्ने तर भित्र भाइरसका भएका व्यक्तिले अझ बढी हानि पुर्याउन सक्छन्।

खोकी र ज्वरो भएकाले मात्र कोरोना सार्ने होइन, हेर्दा स्वस्थ देखिने व्यक्तिबाट पनि कोरोना सर्नसक्छ। यसलाई ‘एसिम्प्टोमेटिक क्यारिअर’ भनिन्छ। यस्ता रोगप्रतिरोध शक्ति पर्याप्त भएका बालक र जवान व्यक्तिमा रोग लाग्दासमेत कुनै लक्षण नदेखिने पनि हुनसक्छ। हामीले नजानेरै पनि यो रोग सार्न सक्छौँ। मानव इतिहासमा यो भन्दा चाडै र सजिलै सर्ने रोग नै छैन। वृद्धवृद्धा र बिरामी व्यक्तिलाई यो रोग सबैभन्दा खतरनाक हुन्छ। ज्यानै लिन सक्छ।

संक्रमण भइहालेमा पनि अरुलाई सर्न नपाओस् भनेर सबैले मास्क लगाउने, हात धुने, चस्मा लगाउने भनिएको हो। लक्षण देखिएका त सिधै अस्पताल गइहाल्छन्, लक्षण नदेखिएका भने समाजमै घुमिरहेका हुन्छन्। त्यसैले यस्ता व्यक्ति स्वयं आफैले आफू कहीँ गएर आएको हो वा त्यस्तो जोखिम भएकाे ठाउँमा गएर आएको भए आफैँले आफूलाई ‘आइसोलेसन’मा राखेकै राम्रो। यसले तपाइँ र तपाईँका आफन्तलाई पनि जोगाउँछ।

 

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या