कोरोनाको उच्च जोखिममा दन्त चिकित्सक : केही समय दाँतको उपचार गर्न नआउनुस्

कोरोना भाइरसका कारण अहिले विश्व नै त्रासमा छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले चीनमा भन्दा पश्चिमी देशहरूमा आक्रामक रूपमा फैलिरहेको छ।
हालसम्म यो लेख तयार पार्दासम्म कोरोनाका कारण १२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। १८५ देशमा फैलिसकेको छ भने लाखौँ मानिस प्रभावित छन्। खुशीको कुरा, नेपालमा शुरुमै एक जनामा कोरोना देखिएपश्चात् थप कसैमा पनि यो रोगको संक्रमण देखिएको छैन। ती व्यक्ति पनि उपचारपछि निको भएर गइसकेका छन्।
कोरोनाको बढी जोखिममा स्वास्थ्यकर्मी हुन्छन् भन्ने कुरामा त कसैको पनि दुई मत छैन। त्यसैले स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी ख्याल गरिनुपर्छ। ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने उनीहरू नै हुन्। उनीहरूलाई सुरक्षा सामग्री पीपीईको व्यवस्था गर्न जरुरी छ।
दाँतको उपचारमा संक्रमित भन्दा एक मिटर (तीन फिट) टाढा रहेर उपचार गर्न सम्भव हुँदैन। बिरामीको मुखभित्रको समस्या हेर्न पर्ने भएकाले नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्धति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा वा मुख खोलिरहँदा सिधै संक्रमणका स्रोत दन्त चिकित्सकको अनुहारमा नै ठोक्किन पुग्छ। अझ यसमा पानीको प्रयोग गरिन्छ। पानीकाे छिटा सिधै स्वास्थ्यकर्मीमा पनि पर्छ। चिकित्सकले त मास्क लगाउन सक्छन् तर बिरामीलाई मास्क लगाएर उपचार गर्न पनि यो विधामा सम्भव छैन। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।
कोरोना श्वासप्रश्वासबाट सर्ने भएकाले यसबाट बिरामीसँग जति नजिक भयो त्यति नै यो रोग सर्ने सम्भावना हुन्छ। यो हिसाबले त अझ बढी जोखिममा दन्त चिकित्सकहरू छन्। उनीहरू उच्च जोखिममा छन्। दाँतको उपचारमा संक्रमित भन्दा एक मिटर (तीन फिट) टाढा रहेर उपचार गर्न सम्भव हुँदैन।
बिरामीको मुखभित्रको समस्या हेर्न पर्ने भएकाले नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्धति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा वा मुख खोलिरहँदा सिधै संक्रमणका स्रोत दन्त चिकित्सकको अनुहारमा नै ठोक्किन पुग्छ। अझ यसमा पानीको प्रयोग गरिन्छ। पानीकाे छिटा सिधै स्वास्थ्यकर्मीमा पनि पर्छ। चिकित्सकले त मास्क लगाउन सक्छन् तर बिरामीलाई मास्क लगाएर उपचार गर्न पनि यो विधामा सम्भव छैन। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।
यतिमात्र नभएर दन्त चिकित्सकमा कोरोना संक्रमण भएमा उनीहरूबाट समेत बिरामीमा कोरोना संक्रमण सर्ने डर हुन्छ। त्यसैले बिरामी आफै पनि सचेत बनेर यो बेला दाँतको समस्या लिएर दन्त चिकित्सककोमा नगएकै राम्रो । बजारमा स्वास्थ्यकर्मीले पनि मास्क र स्यानिटाइजर नपाइरहेको अवस्था छ।
त्यसैले सकेसम्म दुई साता आकस्मिकबाहेकका दन्त सेवा बन्द गरौँँ। सेवा दिनैपरे पीपीई प्रयोग गरेर मात्र सेवा दिऔँ। यसले चिकित्सक र सेवा लिन आउने दुवैलाई फाइदा पुग्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने