Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : मास्क कति आवश्यक?

कोरोना भाइरस संक्रमण : मास्क कति आवश्यक?

कोरोना भाइरस संक्रमण फैलिएपछि विश्वभर यसको त्रास छ। नेपालमा अहिलेसम्म संक्रमित नपाइए पनि त्रास बढेको छ। कोराना भाइरसको त्रास बढेसँगै नेपाली बजारमा मास्क र स्यानिटाइजरलगायत सामग्री अभाव छ। यी वस्तुको कालोबजारी बढेको छ। स्वास्थ्यमा सतर्कता बढेसँगै यस्ता सामान बढी किनेर संग्रह गर्ने क्रम पनि बढेको छ। माग बढेपछि बजारमा अभाव बढ्नु स्वाभाविक हो।

संक्रमण नभएका सबैलाई मास्क आवश्यक छ कि छैन भन्ने कुरा बुझ्न जरुरी छ। कोरानाको त्रासले गर्दा आम मानिसहरूलाई मास्क नै सबैभन्दा भरपर्दो साधन हो भन्ने लाग्न सक्छ, तर यो शतप्रतिशत सत्य होइन। मास्कभन्दा पनि ‘हेण्ड हाइजिन’, ‘कफ हाइजिन’मा ध्यान दिन आवश्यक छ। कोरोना मात्र नभई अन्य संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा रुमालले नाक–मुख छोप्नुपर्छ। मास्क नै चाहिन्छ भन्ने छैन। मास्क लगाउँदा जानिएन वा बारम्बार हातले छोइरहँदा झनै संक्रमणको डर हुन्छ । रुघाखोकी लागेकाले मास्क लगाउनुपर्छ तर सबैले मास्क लगाएर हिंड्दा सुरक्षित भइन्छ भन्ने ठानेर मास्क किन्दा बजारमा अभाव देखिएको हो । त्यो सरासर गलत हो । मास्कले शतप्रतिशत सुरक्षित गर्ने होइन।

मेडिकल वा सर्जिकल मास्क रुघाखोकीबाट ग्रसित भएका व्यक्ति, श्वासप्रश्वासमा अप्ठ्यारो भएका व्यक्तिले लगाउनुपर्छ। एकपटक प्रयोग भएको मास्क पटकपटक प्रयोग गर्नु हुँदैन। कुनै भाइरस संक्रमण भएका व्यक्तिले एन ९५ मास्क लगाउनुपर्छ। शंकास्पद व्यक्तिले यस्तो मास्क प्रयोग गर्नुपर्छ। ल्याबमा आईसीयूमा काम गर्ने व्यक्तिहरुले प्रयोग गर्छन्। बिरामीको नजिक बस्ने वा बिरामीलाई हेरचाह गर्ने व्यक्तिले यसको प्रयोग गर्नुपर्छ। तर सबैलाइ आवश्यक छैन।

संक्रमण नभएका सबैलाई मास्क आवश्यक छ कि छैन भन्ने कुरा बुझ्न जरुरी छ। कोरानाको त्रासले गर्दा आम मानिसहरूलाई मास्क नै सबैभन्दा भरपर्दो साधन हो भन्ने लाग्न सक्छ, तर यो शतप्रतिशत सत्य होइन। मास्कभन्दा पनि ‘हेण्ड हाइजिन’, ‘कफ हाइजिन’मा ध्यान दिन आवश्यक छ।

कोरोना भाइरसको सर्ने दर उच्च तथा द्रुत गतिमा भएकाले गर्दा हावाको माध्यम भन्दा खोक्दा वा हाछ्युँ गर्दा छिटो सर्छ। ८० प्रतिशतलाई सुख्खा खोकी लाग्ने र उच्च ज्वरो आउँछ भने १५ प्रतिशतलाई श्वास फेर्न अप्ठयारो हुन्छ। निमोनिया हुन्छ। पाँच प्रतिशतलाई मात्र गम्भीर समस्या हुन्छ।

कोरोना भाइरसबाट बच्न मास्क नै उत्तम विकल्प होइन। खोक्दा वा हाछ्युँ गर्दा विशेष ध्यान दिन आवश्यक छ। साबुन पानीले हात धोइरहन आवश्यक छ। जमघट हुँदा निश्चित दूरी कायम गर्नुपर्छ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित: 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या