Health TV Online
Health TV Online

के हो हाेम क्वारेन्टाइन?, किन बस्ने सेल्फ क्वारेन्टाइनमा?

के हो हाेम क्वारेन्टाइन?, किन बस्ने सेल्फ क्वारेन्टाइनमा?

गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण अढाइ महिनामा विश्वव्यापी भइसकेको छ। सबैजसो महादेशका करिब डेढसय मुलुकमा यसको धैरैथोरै असर देखिएको छ। सवा लाखभन्दा बढी संक्रमित भएका छन् भने ६ हजारभन्दा बढीले त ज्यान गुमाएका छन्।

सबैजसो देशमा त्रास बढेको छ। नेपाल पनि यसबाट अछुतो छैन। लाखौँ नेपाली विदेशमा भएका कारण उनीहरू फर्किँदा र विदेशी नागरिक यहाँ आउँदा संक्रमण फैलेला भन्ने चिन्ता सबैमा छ।

हामीकहाँ कोरोना फैलिन शुरु गर्दाताका चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। चिकित्सकको निगरानीमा उनको सफल उपचार भयो। त्यसयता अहिलेसम्म कसैमा संक्रमण पुष्टि भएको छैन। लामो प्रक्रियापछि चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखियो। कसैमा पनि संक्रमणको लक्षण देखिएन। १४ दिनको बसाइपछि उनीहरू घर फर्किए।

त्यसो त एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र भारतबाट आउने विभिन्न नाकामा राखिएका हेल्थ डेक्सले त्यहाँबाट नेपाल भित्रिनेलाई जाँच गरिरहेकै हुन्छ। उच्च ज्वरो देखिए आइसोलेसनमा पढाउने व्यवस्था गरेका छाैँ। तर कोरोना संक्रमण भइसकेपछि पनि तत्काल नदेखिने हुनाले सावधानी अपनाउन भनिएको हो। होम वा सेल्फ क्वारेनटाइनमा बस्न भनिएको हो। यो प्रक्रिया नेपालमा मात्र होइन संक्रमण देखिएका थुप्रै मुलुकमा चलिरहेको छ।

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेकै सन्दर्भमा गत साता मंगलवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ‘अब विदेशबाट आउने कसैलाई पनि क्वारेन्टाइनमा राख्न सक्दैनौँ, सेल्फ क्वारेन्टाइनमा बस्नु’ भन्ने प्रतिक्रिया दिनुभयो। उहाँको त्यो भनाइ विवादमा पर्यो। त्यसो त आइतवारको राष्ट्रियसभा बैठकमा ढकालले यसको बचाउ गरिसक्नुभएको छ। आफूले भन्न खोजेको कुरा प्रष्ट पारिसक्नुभएको छ।

त्यसो भए के हो त सेल्फ क्वारेन्टाइन? एक वा एकभन्दा बढी व्यक्तिबाट समुदायमा संक्रमण फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई सुरक्षित तरिकाले राख्ने व्यवस्थालाई ‘क्वारेन्टाइन’ भनिन्छ। संक्रमित स्थानबाट आएका तर संक्रमण नदेखिएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिन्छ। सरकारले गरेको क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको नियमअनुसार प्रत्येक व्यक्तिलाई छुट्टै राख्नेदेखि लिएर आवश्यक जाँचसम्म हुन्छ। निश्चित अवधि पूरा गर्दा पनि संक्रमण भएको नदेखिए घर जाने अनुमति दिइन्छ। लक्षण देखिए उपचारका लागि अस्पताल पठाइन्छ।

विदेशबाट फर्किएपछि (विशेषगरी संक्रमण फैलिइसकेका मुलुकबाट) होम क्वारेन्टारइन वा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य छ। छुट्टै कोठामा बस्नुपर्छ। परिवारका सदस्यभन्दा टाढा रहनुपर्छ। त्यसको लागि निश्चित दूरी राख्न आवश्यक छ। मास्क लगाउनुपर्छ। आफूले प्रयोग गर्ने सामान अरुलाई प्रयोग गर्न दिनु हुँदैन। भाँडाकुँडा वा लुगाफाटा अरुले प्रयोग गर्न हुँदैन। भेटघाट, भेला र रमाइलो गर्नेजस्ता सामाजिक, साँस्कृतिक कामबाट टाढै रहनुपर्छ। १४ दिनसम्म यसरी बस्दा पनि कोरोना संक्रमणसम्बन्धी कुनै लक्षण नदेखिए मात्र परिवारमा घुलमिल हुन वा सामाजिक जीवनमा फर्किन सकिन्छ। लक्षण देखिए उपचारकालागि आइसोलेसनमा लग्नुपर्छ।

एक दुई महिनाभन्दा अहिले फरक स्थिति छ। चीनको वुहान संक्रमितको उद्गमस्थल थियो। त्यहाँ रहेका नेपाली विद्यार्थीमा संक्रमण भएको हुनसक्ने आशंका थियो। त्यसैले सरकार आफैँले उद्धार गर्यो। विशेष निगरानीमार्फत विमानस्थलबाट सोझै खरिपाटी लगियो। क्वारेन्टाइनमा राखियो। अहिले त्यो परिस्थिति छैन। किनभने सबैजसो मुलुकमा फैलिइसकेको छ। विदेशबाट आउने क्रम चलिरहेकै हुन्छ।सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न असम्भव हुन्छ। त्यसैले सरकारले सेल्फ क्वारेन्टाइनमा बस्नु भनेको हो।

त्यसो त एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र भारतबाट आउने विभिन्न नाकामा राखिएका हेल्थ डेक्सले त्यहाँबाट नेपाल भित्रिनेलाई जाँच गरिरहेकै हुन्छ। उच्च ज्वरो देखिए आइसोलेसनमा पठाउने व्यवस्था गरेका छाैँ। तर कोरोना संक्रमण भइसकेपछि पनि तत्काल नदेखिने हुनाले सावधानी अपनाउन भनिएको हो। होम वा सेल्फ क्वारेनटाइनमा बस्न भनिएको हो। यो प्रक्रिया नेपालमा मात्र होइन संक्रमण देखिएका थुप्रै मुलुकमा चलिरहेको छ।

हेर्नुहाेस् भिडियाे 

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा