‘मेनोपज’पछि कस्तो गर्ने जीवनयापन?, कस्तो खानपान?

सामान्य भाषामा महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ। महिनावारी नियमित वर्षदिनसम्म रोकिएको अवस्था मेनोपज हो। किशोरअवस्थामा महिनावारी शुरु हुनु र प्रौढावस्थामा रोकिनु यो प्राकृतिक नियम हो। मेनोपज सामान्यतया ४० देखि ५० वर्षको बीचमा हुन्छ।
कतिपयमा मेनोपजले विभिन्न समस्या ल्याउँछ। चिडचिडापन हुने, विभिन्न चिन्ताले सताउने, कुराहरू बिसिर्ने, गर्मी महशुस हुने, पसिना आउन], निद्रा नलाग्ने र धेरै रिस उठ्ने जस्ता समस्याले सताउँछ।
महिलाहरुमा उमेर बढ्दै जाँदा डिम्बाशयबाट निस्किने हर्मोन कम हुँदै जाने भएकाले मेनोपजका वेला धेरै समस्या देखिन्छन्। महिलामा ४५ वर्ष आसपासमा पुगेपछि शरीरमा हर्मोन कमी हुँदै जान्छ। फलस्वरूप महिनावारी सुक्ने हो।
हर्मोनको गडबडीका कारण यो समयमा शरीरका हाड कमजोर हुन सक्छन्। घरेलु काम गर्दा सामान्य घाउ चोटपटक लाग्दा पनि हाड भाँचिन सक्छ। यो उमेरका महिला पहिलेजस्तो सक्रिय हुन नसक्ने हुँदा मोटोपन बढ्छ। हृदयाघात मस्तिष्काघातजस्ता समस्या पनि आउन सक्छ। खानपान बानी व्यवहारमा ध्यान दिने हो भने तौल वृद्धि हुन पाउँदैन र खतरनाक रोगले आक्रमण गर्ने सम्भावना पनि कमै हुन्छ।
मेनोपजको अवस्थामा पुगिसकेका महिलाले स्वस्थकर खानपान र उचित योग– व्यायामबाट जीवनयापन सहज बनाउन सक्छन्। मेनोपज भइसकेपछि स्वस्थ रहन अपनाउनुपर्ने उपाय–
हरियो सागपात प्रशस्त खाने
मौसमी फलफूल सेवन गर्ने
दहीदूध लगायत पौष्टिक तत्त्व पाइने खानेकुरा खाने
गेडागुडी प्रशस्त खाने
दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्ने
ध्यान गर्ने
भिटामिन डी र क्याल्सियम सेवन गर्ने
मेनोपजका वेला माथि भनिएको जस्तो समस्या देखिए सम्बन्धित चिकित्सकसँग परामर्श लिन वा उपचार गराउनुपर्छ। परीक्षण गरी परामर्श लिन आवशयक हुन्छ। केही समयका लागि औषधि ‘इस्ट्रोजिन’ चलाउन पनि सकिन्छ।
हेर्नुहाेस् भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा