थाइराइड क्यान्सर : पुरुषको तुलनामा महिलामा बढी
घाँटीको अगाडिपट्टि रुद्रघण्टीको तल्लो भागमा एउटा ग्रन्थीलाई थाइराइड भनिन्छ। थाइराइड ग्रन्थीले शरीरको ‘मेटाबोलिजम’लाई सन्तुलन गर्छ। यो ग्रन्थीको काम थाइराइड हर्मोन बनाउने हो। महत्त्वपूृर्ण ग्रन्थीमध्ये थाइराइड ग्रन्थी पनि एउटा हो। शरीरका विकास शरीरका अगंहरूको सन्तुलन र पाचन गर्ने थाइराइड हर्मोनको काम हो। साथै थाइराइड ग्रन्थीमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ।
थाइराइड क्यान्सर यही कारणले भन्ने हुँदैन। आमाबुबामा थाइराइड क्यान्सर देखिएको छ भने उनीहरुको सन्तानलाई पनि थाइराइड क्यान्सर हुने सम्म्भावना निकै हुन्छ। पहिले कुनै पनि विकिरण लिएको छ भने थाइराड क्यान्सर हुन सक्छ।
नेपालको सन्दर्भ
थाइराइड समस्या पछिलो समय बढेको समस्यामध्ये एक हो। यो समस्या १०\१५ वर्षको अन्तरालमा थाइराइड समस्या निकै बढ्दो अवस्थामा छ। नेपालमा थाइराइड क्यान्सरको बिरामीको यकिन संख्या भने छैन। थाइराइड क्यान्सर पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ। महिलाहरुमा थाइराइड समस्या देखिने कारण हर्मोन परिवर्तन पुरुषमा भन्दा धेरै महिलामा हुन्छ। २० देखि ४० वर्षका प्रजनन उमेरका महिलामा धेरै थाइराइड क्यान्सर देखिएको छ।
घाटीमा स–साना डल्ला देखा पर्छ। दुखाइ महशुस हुँदैन। थुक निल्ने क्रममा डल्ला तल–माथि गर्छ। घाँटी सुनिन्छ। खाना अप्ठयारो महशुस हुन्छ। डल्ला ठूलो हुँदै जाँदा श्वास फेर्न कठिनाइ हुन्छ। पहिलाको तुलनामा घाँटीमा स–साना डल्ला देखा पर्नेबित्तिकै चिकित्सकसँग परामर्श लिनुपर्छ।
उपचार
कुनै पनि बिरामीको घाटीमा भएको डल्लालाई तीन किसिमले जाँच गरिन्छ। घाँटीको अल्ट्रासाउण्ड गरिन्छ। थाइराइड हर्मोन परीक्षण गर्छौँ। डल्लोमा क्यान्सर छ कि छैन भन्ने हेर्न ‘एफएनएसी’ गर्छौँ। यी तीन किसिमका परीक्षणले कस्तो किसिमको समस्या भनेर निर्क्योल गर्न सकिन्छ।
थाइराइड क्यान्सरमा अन्य क्यान्सरजस्तो डर मान्नु पर्ने अवस्था हुँदैन। थाइराइड क्यान्सरको उपचार सहज र सरल तरिकाले गर्ने गरीन्छ। उपचारपश्चात थाइराइड क्यान्सर पूर्णरूपमा निको हुन्छ।
सचेतना
घाँटीमा स–साना खालका डल्ला देखा पर्यो भने बेवास्ता नगरी सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ। थाइराइड क्यान्सरको कारण यही हो भनेर एकिन गर्न सकेको छैन। थाइराइड क्यान्सरका रोकथाम गर्ने कुनै पनि उपाय छैनन्। परिवारको कुनै सदस्यलाई देखा परेमा सर्तक रहनुपर्छ। समय समयमा शरीरको अन्य भाग परीक्षण गरे जस्तै घाँटीको पनि परीक्षण गरी अल्ट्रासाउण्ड स्क्यान गर्नुपर्छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण