‘घुर्ने बानी होइन एक प्रकारको रोग हो’

नेपाली समाजमा ‘बानी’ भनिने घुर्ने समस्यालाई सामान्य रूपमा लिइन्छ। सुत्दा अक्सिजनको मात्रा कमी भई श्वासनलीमा अवरोध भई आवाज निस्किन्छ। त्यसलाई ‘स्लिप एपिनिया’ वा घुर्ने समस्या भनिन्छ। घुर्ने समस्या यही उमेरकालाई भन्ने निश्चित हुँदैन। बालबालिकादेखि,युवा, प्रौढ र वृद्धवृद्धासम्मलाई हुने समस्या हो यो।
यो समस्या आफ्नो र परिवारको लागि जटिल पनि बन्न सक्छ। यो समस्याले एउटै ओछ्यानमा सुत्नेलाई मात्र होइन कतिपयको सन्दर्भमा त अर्को कोठासम्म ‘डिस्टर्ब’ भइरहेको हुन्छ। सुत्दा घुर्ने समस्याले गर्दा परिवार, आफन्त र साथीभाइबाट पनि टाढिनुपर्ने अवस्था पनि उत्पन्न हुन्छ। अझ पश्चिमा मुलुकका कति दम्पतीको त यही कारणले सम्बन्धविच्छेद भएको पनि सुनिएको छ।
घुर्ने कारण
मोटोपन भएका मानिसले बढी मात्रामा घुर्ने गर्छन्। धेरैलाई घुर्ने समस्या रोग हो भन्ने नै जानकारी छैन । यसलाई सामान्य रुपमा लिने गरिनछ । घुनुीको मुख्य कारण भनेकै श्वासनलीमा केही अवरोध हुनु हो । कसैको नाक बांगो भएमा वा नाकमा मासु पलाएमा पनि राम्रोसाग अक्सिजन सप्लाई नभएका कारण घुर्ने गर्छन। त्यस्तै घाँटीको मोटो हुनेमा पनि यो समस्या देखिन्छ । घुर्ने मुख्य कारणहरु यसप्रकार रहेका छन्।
अप्ठयारो तरीकाले सुत्ने
मोटोपन
सुगर, प्रेसर
धूमपान र मद्यपान
मुख सानो भएका मानिस
घाँटी मोटो भएको (पुरुषको १७ इञ्च महिलाको १६ इञ्चभन्दा माथि)
सुत्ने समयमा पटक पटक पिसाब लाग्नु
सुत्दा निस्सासिनु
निद्रा धेरै लाग्नु
निम्तिनसक्ने जोखिम
घुर्ने कारणले अरुलाई डिस्टर्ब गर्ने मात्र होइन यसले विभिन्न अन्य स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । पहिलो कुरा त यो सामाजिक समस्या बन्न पुग्छ । यसले निम्त्याउने अन्य समस्या यसप्रकार छन्। घुर्ने मानिसमा मुटुको समस्या हुने प्रतिशत बढी नै हुन्छ । यस्तै मानसिक समस्या, मधुमेह जस्ता रोग निम्त्याउन पनि यसले भूमिका खेल्न सक्छ । घुर्ने मानिस बिहान उठ्दा पनि फ्रेस नदेखिन सक्छन्। थकान महशुस भइरहेको हुन्छ । साथै चिडचिडाहट हुने गर्छन्।
चिडचिडाहट
जीउ गल्ने, अल्छी महशुस
निद्रा पूरा नहुँदा दिउँसो काममा बाधा
फोक्सो तथा श्वासनलीमा संक्रमण
हृदयाघातको सम्भावना
एन्जाइटी बढ्ने सम्भावना
दम्पतीबीच सम्बन्धविच्छेदको सम्भावना
अचानक मृत्यु।
उपचार
घुर्ने बानी नभएर स्वास्थ्य समस्या भएपछि यसको उपचार पनि सम्भव छ । उपचार गरेर यो समस्यालाई कम गर्न वा निमिट्यान्न पार्न सकिन्छ । घुर्ने समस्या भएकाले डाक्टरसँग परामर्श लिई त्यही अनुसार उपचार प्रक्रिया अघि बढाउनु उत्तम हुन्छ ।
धूमपान र मद्यपान नगर्ने
नियमित शारीरिक व्यायाम गर्ने
सुत्ने समय र उठ्ने समय सधैँ एउटै बनाउने
देब्रे वा दाहिने कोल्टो परेर सुत्ने
आधा घण्टा नियमित हिँड्ने।
उपचारमा ‘सी प्याप’ मेसिन
राति घुर्ने समस्या अर्थात् स्लिप एपिनिया समस्या भएका व्यक्तिलाई सी प्याप मेसिनको सहायताले उपचार गरिन्छ। सीप्याप मेसिनले श्वास फेर्ने नली खुला बनाई साँघुरो हुनबाट बचाउँछ। विशेषगरी सीप्याप मेसिन श्वासप्रसास नली बन्द नहोस् भनी रातिको समयमा नाक–मुख छोप्न प्रयोग गरिन्छ। यसको प्रयोगले शरीरलाई आवश्यक अक्सिजनको मात्रा प्रवाह गरी घुर्ने समस्याबाट बचाउँछ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा