Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ‘कोरोना’ भाइरस संक्रमणको सम्भावना कति?

नेपालमा ‘कोरोना’ भाइरस संक्रमणको सम्भावना कति?

चीनको वुहानबाट केही दिनअघि फर्किएका एक नेपाली विद्यार्थी ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुगेका थिए। कोराेना भाइरसको लक्षण हुन सक्ने शंका गर्दै उनी हामीकहाँ आएका थिए। ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा केही समस्या देखिएपछि उनलाई केही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको टेस्ट ल्याबमा पठाइएकाले कोरोना हो कि होइन भन्ने यकिन हुन बाँकी नै छ। तर स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई डिस्चार्ज गर्यौँ।

चीनमा अहिले श्वासप्रश्वाससम्बन्धी कोरोना भाइरस फैलिरहेको छ। सयाैँ मानिस संक्रमित भएकाे अनुमान गरिएकाे छ भने तीनजनाकाे मृत्यु भइसकेकाे समाचार आएकाे छ। त्यसैले मानिस त्रासमा बस्न बाध्य छन्।

नेपालमा कतिको जोखिम?

अहिले नेपाल भ्रमण वर्ष–२०२० चलिरहेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकार र निजी क्षेत्रका संघसंस्था लागिरहेका छन्। यसरी विभिन्न देशका पर्यटक आउँदा उनीहरूसँगै विभिन्न किसिमका संक्रमण पनि भित्रिनसक्ने तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।

झन् छिमेकी राष्ट्र चीनमा त भ्रमण मात्र नभई रोजगारी र अध्ययनका लागि हजारौँ मानिस गएका छन्। त्यताका मान्छे पनि यता छन्। व्यापारिक सिलसिलामा सयौँ नेपाली चिनियाँहरूको सम्पर्कमा भइरहन्छन्। चीनमा कोरोना भाइरस फैलिरहेको सन्दर्भमा नेपालमा पनि यसकाे  संक्रमण नफैलेला भन्न सकिने अवस्था छैन। त्यसैले सतर्कता अपनाउनुपर्छ।

लक्षण

शुरुमा ज्वरो आउने,

श्वासप्रश्वासमा कठिनाइ हुने र

खोकी लाग्ने

निमोनिया हुने

साधारण लक्षण देखिँदैमा उपचार नगरे  विभिन्न अंगमा असर पुग्ने, मिर्गौलामा असर पुग्ने र ज्यानै जानेसम्मकाे खतरा पनि बढ्छ। त्यसैले सामान्य लक्षण देखा पर्नेवित्तिकै चिकित्सककाेमा पुग्नुपर्छ।

बच्ने उपाय

सरसफाइमा विशेष ध्यान दिने

खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने

संक्रमणको आशंका भएका व्यक्तिबाट टाढै रहने।

प्रस्तुति– अशिम सापकाेटा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या