Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसाेयाममा दम : बालबालिका र वृद्धवृद्धालाई यसरी जाेगाउनुस्

चिसाेयाममा दम : बालबालिका र वृद्धवृद्धालाई यसरी जाेगाउनुस्

पुसकाे मध्यमा आइपुग्दा चिसो बढेको छ। चिसो बढे पनि चाँडै घाम लाग्ने हुनाले काठमाडौंमा यसको प्रभाव अलि कम छ। तर हुस्सु र शीतलहरका कारण तराईको जनजीवन भने कष्टकर हुँदै गएको छ।

चिसोयाममा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन्छन्। तीमध्ये प्रमुख हो, श्वासप्रश्वास समस्या। जाडोयामको असर उमेरदार मानिसहरूमा भन्दा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिका र वृद्धवृद्धामा बढी पर्छ। चिसोयाममा रुघाखोकीजस्ता सामान्यदेखि दमको समस्या बढ्ने हुन्छ।

चिसो मौसममा दमको समस्या लिएर हामीकहाँ आउनेको संख्या बढ्छ। एकातिर चिसोयाम अर्कोतिर प्रदूषण। दुवैको संयोजन हुँदा निश्चित रूपमा दमको समस्या बढ्छ नै। चिसोका कारण एलर्जीले दम बढाउँछ। दममा पनि ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज’ (सीओपीडी) र ब्रोङ्कियल आज्माजस्ता समस्या देखिन्छन्।

सीओपीडी फोक्सोसम्बन्धी रोग हो। यो प्रौढहरूमा हुन्छ। बालबालिकालाई हुने दमलाई ‘ब्रोङ्कियल आज्मा’ भनिन्छ। हेलचेक्र्याइँ गर्दा गम्भीर परिणाम पनि आउन सक्छ।

लक्षण

ज्वरो आउनु

श्वास फेर्न अप्ठयारो हुनु

लगातार खोकी लाग्नु

खकारको रंग परिवर्तन हुनु

गन्हाउने खकार आउनु आदि।

यस्ता समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। उचित परामर्श लिएर उपचार गर्नुपर्छ र  चिकित्सककाे सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। आवश्यक परे ‘इन्फ्लुयन्जा भ्याक्सिन’ लगाउनुपर्छ।

बच्ने उपाय

चिसो समयमा बिहान–बेलुकी बाहिर ननिस्किने

न्यानो लुगा लगाउने, न्यानो भएर बस्ने

धूमपान नगर्ने, गर्नेकाे नजिक नबस्ने

धुवाँ–धुलो आदि प्रदूषणबाट बच्ने

चिसो खानेकुरा नखाने

ताताे र रसिलाे पदार्थ धेरै खाने।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या