Health TV Online
Health TV Online

रोग जटिल उपचार प्रक्रिया सरल : बोनम्यारो प्रत्यारोपण

रोग जटिल उपचार प्रक्रिया सरल : बोनम्यारो प्रत्यारोपण

बोनम्यारो प्रत्यारोपणबारेमा धेरैले बुझ्ने भनेको अन्य अंग प्रत्यारोपण जस्तै एक व्यक्तिको अंग झिकेर अर्को व्यक्तिमा राख्ने भन्ने छ। तर बोनम्यारोे प्रत्यारोपण अन्य प्रत्यारोपणभन्दा निकै भिन्न छ। यसमा न त बिरामीको चिरफार नै गर्नुपर्छ, न त बोनम्यारो दिने मानिस अस्पतालमा भर्ना भएर बस्नु नै पर्छ। रोग जटिल भए पनि यसको प्रत्यारोपण प्रक्रिया भने निकै सरल छ। एक व्यक्तिले अर्को व्यक्तिलाई रगत दिए जसरी नै यसको प्रत्यारोपण हुन्छ।

प्रत्यारोपण भन्दा पहिले बोनम्यारो भनेकै के हो बुझ्न जरुरी छ। बोनम्यारो भनेको मानिसको शरीरमा भएको भित्री मासी हो जुन हड्डीभित्र रहेको हुन्छ । यही ठाउँमा रातो, सेतो रगत एवं प्लेटलेट्स बन्छ। अर्थात् शरीरलाई चाहिने रगत बन्ने ठाउँ नै बोनम्यारो हो। यो हड्डीभित्र रगत बनाउने ठाउँ हो। जब बोनम्यारोमा खराबी आउँछ वा क्यान्सर हुन्छ त्यसपछि मानिसको शरीरमा रगत बन्न सक्दैन। त्यसैले उक्त बोनम्यारोलाई सुकाएर अर्को बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ। त्यही मासी अर्थात् बोनम्यारो फेर्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो।

कहिलेकाहीँ क्यान्सर वा अन्य कारणले बोनम्यारोले रगत नै बनाउन नसक्ने वा नचाहिने रगत बनाउने वा बोनम्यारो नै सुक्दै जाने हुनसक्छ। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण बाहेक अर्को विकल्प छैन। तर रगतको रोग लाग्ने सबैलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्दैन। कतिपयलाई केमोथेरपाी, रेडियोथेरापी एवं औषधि लगायतले पनि ठिक हुनसक्छ। तर कतिपय बिरामीलाई भने प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपण बिरामीको अवस्था हेरेर दुई किसिमले गर्न सकिन्छ। पहिलो बिरामी आफैँको ‘स्टेम सेल’ लिएर प्रत्यारोपण गरिन्छ भने दोस्रोमा बिरामीको परिवारबाट ‘स्टेमसेल’ लिएर प्रत्यारोपण गरिन्छ।

रगतको रोगको प्रारम्भिक लक्षण

नाक मुख तथा गिजाबाट रगत बग्ने

ज्वरो आइरहने

शरीर फुल्ने

खान मन नलाग्ने

दुब्लाउँदै जाने।

प्रत्यारोपण गर्नुअघि रोगी बोनम्यारो सुकाइन्छ । त्यही रहिरहेमा फेरि नराम्रो रगत बन्ने सम्भावना भएकाले औषधिको माध्यमबाट त्यसलाई सुकाएर मात्र नयाँ बोनम्यारो राखिन्छ। प्रत्यारोपण गरिएको बोनम्यारोले काम गर्न १० देखि १८ दिनसम्म लाग्नसक्छ। यो प्रक्रिया कसैको रगत लिएर कसैलाई दिएजस्तै लाग्छ।

चिरफार गरेर शल्यक्रिया गर्ने अंग झिक्ने केही हुँदैन मात्र हड्डी भित्रबाट रगत भिकेर अर्कोलाई सोही रगत दिने हो।

अहिले त त्यो पनि सबै मेसिनले नै गर्छ एकैपटकमा सिधै एक व्यक्तिबाट रगत झिकेर अर्को व्यक्तिमा राख्न सकिने प्रविधि छ। ब्लड बैंकबाट रगत लिएर आवश्यक पर्नेलाई चढाए जस्तै हो।

त्यसैले हामीले बोनम्यारो अंग प्रत्यारोपण होइन ब्लड बैंकको ऐन कानुनभित्र हुनुपर्छ भनेर भनिरहेका छौँ। तर कसैले वास्ता नै गर्दैनन्। हामी त्यसमा पहिलेदेखि लागिरहेका छौँ।

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण सन् २०१२ मा भएको हो। त्यसयता नियमित प्रत्यारोपण भएरहेको छ। नेपालमा हामीले गर्ने प्रत्यारोपण अन्तराष्ट्रिय स्तरको छ। यही प्रत्यारोपण बाहिर गर्दा ३० लाख रुपैयाँ बढी लाग्छ। तर नेपालमा पाँच देखि १० लाख रुपैयाँमा हुन्छ।

सरकारले सबै क्यान्सरका लागि एक लाख सहुलियत दिएको छ । तर यति रकमले उनीहरूलाई पुग्दैन। सरकारले मिर्गौला प्रत्यारोपण गर्न बिरामीलाई पाँच लाखसम्म दिने गरेको छ। त्यही बमोजिम बोनम्यारो प्रत्यारोपणका लागि पनि दिन सके उनीहरुलाई ठूलो राहत हुने थियो।

भिडियाे –

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा