Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

तपाईँको बच्चामा डेडोपन छ?, गराई हाल्नुस् उपचार

मानव शरीरमा विभिन्न अंगहरूको छुट्टाछुट्टै विशेषता छ। त्यसमध्ये आँखा प्रमुख अंगमा पर्छ।

डेडोपन आँखामा देखिने एक समस्या हो। जुन जोकोहीलाई हुनसक्छ। कसैकसैको आँखा जन्मजात नै डेडोपन हुन्छ भने कतिपयको विभिन्न रोगका कारणले पनि हुनसक्छ।

हामीकहाँ बच्चाको आँखा डेडो भएमा ‘भाग्यमानी’ भन्ने चलन छ। तर वास्तवमा यो एक किसिमको रोग हो। यस्ता भ्रमको पछि लागेर उपचार नगर्दा बच्चाले जीवनभर आँखा देख्न नसक्ने पनि हुन सक्छन्।

डेडोपनको मुख्य कारण दृष्टिदोष नै हो। विभिन्न कारणले गर्दा बच्चाको आँखा कमजोर हुनसक्छ जस्तै आँखामा मोतिबिन्दु भएमा, मायोपिया भएमा पनि डेडोपन हुनसक्छ। कहिलेकाहीँ एउटा आँखा कमजोर भएमा त्यसलाई कम प्रयोग गरी स्वस्थ आँखा बढी प्रयोग गर्न थाल्छ। त्यसैले एउटै आँखामा भार पर्छ। उसले हेर्दा थोरै बाहिर वा भित्र हेरे जस्तो देखिन्छ। जसलाई हामी डेडोपन भन्छौँ।

अर्को कुरा चिकित्सकले दृष्टिदोषमा चस्मा लगाउन भनेको वेला चस्मा लगाइएन भने पनि यस्तो समस्या आउनसक्छ।

उपचार

पहिला डेडोपनको उपचार थिएन भने अहिले डेडोपनको उपचार पर्याप्त मात्रामा छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिले सबैखाले डेडोपनको उपचार सम्भव छ। पहिले पहिले उपचार नभएका वेला अन्धविश्वासमा परेर बस्ने गरेको भए पनि अहिले त्यसो गर्नुपर्ने अवस्था छैन। समयमै पत्ता लगाउन सकियो र उपचार भयो भने यो निको हुने समस्या हो।

डेडोपनाको समस्या न्यूनीकरण गर्न समयमा नै बच्चाको आँखाको ध्यान दिनुपर्छ। बच्चासँग बढी सँगै हुने भनेको आमा नै हो। त्यसैले आमाले बच्चाको आँखा कस्तो छ भन्ने याद गर्नुपर्छ। बच्चा जन्मेपछि शंका लागेमा आँखा विशेषज्ञलाई देखाउनुपर्छ। विकसित देशहरूमा बच्चा जन्मेपछि आँखा ‘स्क्रिनिङ’ गर्ने चलन छ। तर हामीकहाँ अहिलेसम्म त्यसबारे छलफल नै भएको छैन ।

बच्चा जन्मिनेबित्तिकै, प्री स्कुल लग्दा र स्कुलमा भर्ना गर्दा आँखाजाँच गर्ने व्यवस्था हुने हो भने यो समस्या बेलैमा पत्ता लाग्छ र समाधान पनि छिटै निस्किन्छ ।

बच्चा सातदेखि आठ वर्ष पुग्दासम्म आँखाको सम्पूर्ण विकास भइसकेको हुन्छ। त्यसैले यही बेला आँखाको स्क्रिनिङ र सही उपचार गर्दा डेडोपन मात्र हाेइन अन्य रोगबाट पनि जोगाउन सकिन्छ ।

ईशान बाल अस्पतालमा जन्मिने बच्चाको आँखा कस्तो छ भनेर हेर्ने गरेका छौं। स्क्रिनिङ गर्छौँ। यसैगरी सबै आमाहरू सचेत भएर आफ्नो बच्चाको आँखा जाँच गराउन जरुरी छ।

ईशान बाल अस्पतालमा कार्यरत डा मिनु चोधरीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या