नाककाे हड्डी बांगाे हुने समस्या र समाधान
मानव शरीरका हरेक अंगका छुट्टाछुट्टै विशेषता छन्। एउटाको काम अर्कोले गर्न नसक्ने भएका कारण सबै अंग महत्त्वपूर्ण छन्। नाकको सन्दर्भमा कुरा गर्ने हो यसको मुख्य काम श्वास फेर्ने हो। तर यो व्यक्तिको सौन्दर्यसँग पनि जोडिएको हुन्छ। नाककाे आकारकै कारण मानिसमा आत्मविश्वासकाे कमी हुने समस्या पनि देखिन्छ।
रुघा लाग्ने, बन्द हुने र यसैका कारण टाउको दुख्ने यी सामान्य समस्या हुन् नाकका। लामो समयसम्म रुघा लागिरहने, सिंगान बग्ने वा रगत आउने र श्वासप्रश्वासमै वाधा पुग्नेजस्ता समस्या देखिए सचेत हुनैपर्छ।
नाकबाट रगत आउने कारण विभिन्न हुनसक्छ। नाकमा मासुको डल्ला आउने र विभिन्न कारणले गर्दा ठूलो भई यसले समस्या उत्पन्न गरेको हुन्छ। यसैका कारण नाकमा इन्फेक्सन भई रगत आउनेजस्ता समस्या देखिन्छ।
नाक बांगो हुने समस्या
कतिपय मानिस नाक बांगो हुने, आकृति नै परिवर्तन भई थेप्चो हुने जस्ता समस्या लिएर हामीकहाँ आउँछन्। याे समस्याका कारण कतिपयकाे श्वासप्रश्वासमा अवराेध पुगेकाे हुन्छ। कतिपय भने साैन्दर्यका कारण चिन्तित हुन्छन्।
नाकमा ट्युमर पलाएर नाक बाहिरबाट नै बांगो देखिन्छ। भित्र रहेको हड्डी बांगिए पनि नाक बांगो हुन्छ। केहीमा यो समस्या जन्मजात हुन्छ। आमाको गर्भ रहँदा नै विभिन्न कारणले नाक बांगो भएको हुन्छ। त्यसको असर सानोमा त्यति थाहा हुँदैन। बच्चा ठूलो हुँदै गर्दा देखिन्छ। कतिपयमा भने सानो हुँदा लडेका कारण नाकमा चोट लागेर यस्तो हुनसक्छ।
समाधान
यस्तो समस्याबाट ग्रसितहरूको समाधानको उपाय भनेको शल्यक्रिया नै हो। शल्यक्रिया बांगिएको हड्डी शल्यक्रियाको माध्यमबाट सोझ्याउन सकिन्छ। यसपछि बिरामीले सहज रूपमा श्वास फेर्न सक्छन्। यो शल्यक्रिया सहज र सरल तरिकाले गरिन्छ। नाक बांगो हुँदैमा सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्ने हुँदैन। अन्य विधिबाट पनि उपचार गर्न सकिन्छ।
नाकको हड्डी बांगो भएका कारण श्वास फेर्न अवरोध भए विशेषज्ञ चिकित्सककहाँ पुगेर परामर्श लिनुपर्छ।



जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?