Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन आउँछ डण्डीफोर?

किन आउँछ डण्डीफोर?

टिनएजमा डण्डीफोेर आउनुलाई सामान्य मानिन्छ तर कसै कसैलाइै बाह्रै महिना डण्डीफोरले सताउने गर्छ । यस्तो अवस्थालाई भने सामान्य मान्न हुँदैन। यो एउटा स्वास्थ्य समस्या हुनसक्छ।

सँधै डण्डीफोरले सताउँछ भने विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ। कहिलेकाहीँ डण्डीफोरलाई निचोर्दा वा कोट्याउँदा पनि यसले धेरै नै दुःख दिन्छ। साथै दागसमेत बस्छ। डण्डीफोरलाई कहिल्यै कोट्याउने, चलाउने र फुटाउने गर्नुहुँदैन। फुटाउँदा ‘इन्फेक्सन’ भएर बढेर अझ बढी डण्डीफोर आउने हुन्छ। र भएको डण्डीफेर पनि निको हुन समय लाग्छ।

किन आउँछ डण्डीफोर?

डण्डीफोर उमेरसँगै हर्मोन परिवर्तन हुने बेलामा आउँछ। यो सामान्य हो।धेरैजना आफ्नो टिन एजको बेला डण्डीफोरको समस्याबाटगुज्रेकै हुन्छन भन्दा पनि हुन्छ । लगभग २५ प्रतिशत हर्मोनको कारण, २५ प्रतिशत तैलीय छालाको कारण र ५० प्रतिशत जीवनशैलीका कारण डण्डीफोरले सताउने गर्छ ।

कतिपय अवस्थामा हामीले खाएको खानेकुराको कारण पनि डण्डीफोर आउन सक्छ। जीवनशैली राम्रो नहुँदा पनि यसले सताउने गरेको पाइएको छ । जस्तै पानी प्रशस्त नपिउने, चिल्लो पिरो मसालेदार खाना खाने, जंकफुड बढी रुचाउने व्यक्तिलाई डण्डीफोरले सताउने सम्भावना अलि बढी नै हुन्छ। त्यसैले यसबाट जोगिन पौष्टिक र स्वस्थकर खानामा पनि ध्यान दिन जरुरी हुन्छ। कहिलेकाही प्रशस्त निद्रा पुगेन भने पनि डण्डीफोर आउँछ।

हामीले खाएको खानेकुराको कारण पनि डण्डीफोर आउन सक्छ। पानी प्रशस्त नपिउने र चिल्लो पिरो मसालेदार खाना खाने व्यक्तिलाई डण्डीफोरले सताउने सम्भावना बढी हुन्छ। पौष्टिक खानामा पनि ध्यान दिन जरुरी हुन्छ।
कहिलेकाही अनिदो अर्थात प्रशस्त निद्रा पुगेन भने पनि डण्डीफोर आउँछ। हाम्रो शरीरलाई आराम चाहिन्छ। शरीरले आराम खोजिरहेका बेला हामी सुतेनौँ भने शरीरले ‘स्ट्रेस हर्मोन’ निकाल्न शुरु गर्छ जसले डण्डीफोर निकाल्न मद्दत गर्छ। त्यसैले शरीरलाई आराम पनि दिनुपर्छ।

यसरी बच्न सकिन्छ डण्डीफोरबाट

सबै व्यक्तिको छाला एकै किसिमको हुँदैन। त्यसैले सबैलाई सबै खालका ब्युटी प्रोडक्ट ‘सुट’ नगर्न सक्छ जसले ‘साइड इफेक्ट’का रुपमा डण्डीफोर र अन्य एलर्जी समेत हुन्छ। त्यसैले छाला सुख्खा, तैलीय वा नर्मल के हो विशेषज्ञ चिकित्सकलाई देखाएर मात्र क्रिमहरूको प्रयोग गर्दा डण्डीफोरको समस्याबाट बच्न सकिन्छ। बजारमा पाइने अनेकथरी ‘ब्युटी प्रोडक्ट’ले पनि यसलाई घटाउनुको सट्टा डण्डीफोर झन बढाउन सक्छ।

अर्को कुरा हामीले डण्डीफोरबाट बच्न सफा पानीले मुख धोइरहनुपर्छ । हामीमध्ये धेरै जनामा बिहान उठ्ने बेलामा मात्र मुख धुने बानी हुन्छ। तर छालालाई त्यतिले मात्र पुग्दैन। दिनभरिको धुलोधुँवा सबै हाम्रो छालामा टाँसिएको हुन्छ। त्यसलाई नियमित रूपमा सफागर्न जरुररी हुन्छ । तैलीय छाला भएकाले दिनमा चारदेखि पाँच पटकसम्म र नर्मल छाला हुनेले कम्तीमा तीन पटक मुख धुन जरुरी हुन्छ। यसले फोहोरलाईए छाला भित्रसम्म जान दिँदैन।

मुख धुँदा सादा पानीलेवा आफ्नो छालालाई सुट हुने फेसवास पनि प्रयोग गर्न सकिन्छ। तर बजारमा पाइने जथाभावी क्रिम आफुखुशी प्रयोग गर्नु हुँदैन । काम विशेषले बाहिर निस्कँदा लगाएको क्रिम सुत्नुअघि अनिवार्य रुपमा पुछेर मात्र सुत्नुपर्छ।

यदि डण्डीफोरले धेरै नै सताएको छ भने समयमै उपचार गरेमा निको हुन्छ। र दाग बसिसकेको छ भने पनि लेजर वा डर्मा रोलर गरेर दागहरु हटाउन सकिने प्रविधि नेपालमा पनि भित्रिसकेका छन् ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?