Health TV Online
Health TV Online
Health TV Online

बालबालिकालाई व्यायाम किन र कति ?

बालबालिकालाई व्यायाम किन र कति ?

आजका बालबालिका भोलिका कर्णधार हुन्। उनीहरू परिवारका लागि मात्र होइन समाज तथा राष्ट्रका लागि पनि महत्त्वपूर्ण मानिन्छन्। आजका बालबालिका स्वस्थ र सबल भए मात्र भविष्यमा  मुलुक समृद्ध बनाउन सक्षम हुन्छन्। बालबालिकालाई स्वस्थ र तन्दुरुस्त राख्न वयस्कहरूलाई जस्तै पर्याप्त मात्रामा व्यायामको खाँचो छ। हरेक दिन कम्तीमा बालबालिकालाई एक घण्टा शारीरिक क्रियाकलाप आवश्यक हुन्छ।

अचेल बालबालिकाहरू धेरै समय टेलिभिजन, मोबाइल र ट्याब चलाउन व्यस्त रहन्छन्। यो एउटा कुनै ठाउँको मात्र समस्या नभई विद्युत् सूचना प्रविधि र सञ्चारमाध्यमको सुविधा पुगेका हरेक ठाउँको समस्या बनेको छ। बालबच्चाहरूको शारीरिक क्रियाकलाप दिनप्रतिदिन घट्दै गएको छ। बालबालिका यस्ता कार्यमा अभ्यस्त हुँदा अभिभावकले पनि आनन्द मान्ने अवस्था आएको छ। कामकाजमा बाधा नपुर्याउने भएका कारण आमाबुवाले  खासै वास्ता  गर्दैनन्। जसले गर्दा  आमाबुवा खुशी, बच्चा झनै खुशी।

एकोहोरो मोबाइल, टीभी, कम्प्युटरको हेराइले आँखामा ल्याउने समस्या त छँदैछ, शारीरिक सक्रियता नहुँदा विभिन्न किसिमका समस्या आउँछन्। बालबालिकाहरू शारीरिक रूपमा पनि तन्दुरुस्त हुँदैनन्। एकै थालामा बसिरहने, हेर्ने र खाने भएपछि कालान्तरमा मोटोपनासँगै, कब्जियत, उच्च रक्तचाप र मुधमेह रोग लाग्ने सम्भावना बढ्छ।

तर स्वास्थ्यका दृष्टिले यो बानी पटक्कै राम्रो होइन। एकोहोरो मोबाइल, टीभी, कम्प्युटरको हेराइले आँखामा ल्याउने समस्या त छँदैछ, शारीरिक सक्रियता नहुँदा विभिन्न किसिमका समस्या आउँछन्। बालबालिकाहरू शारीरिक रूपमा पनि तन्दुरुस्त हुँदैनन्। एकै थालामा बसिरहने, हेर्ने र खाने भएपछि कालान्तरमा मोटोपनासँगै, कब्जियत, उच्च रक्तचाप र मुधमेह रोग लाग्ने सम्भावना बढ्छ। अर्कोतिर अभिभावकसँग आफ्ना कुरा साट्न नपाउँदा उनीहरूमा विस्तारै एक्लोपन बढ्दै जान्छ। पछि गएर ‘डिप्रेसन’ समेत हुनसक्ने खतरा हुन्छ।

दिनप्रतिदिन विकसित हुँदै गइरहेको प्रविधिबाट टाढा रहन सक्दैनौँ र यसको प्रयोग नगरौँ र टाढा बसौँ भन्न हामी सक्दैनौँ। यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा आफूमा भर पर्छ। बढ्दो आधुनिक जीवनशैलीको अभ्याससँगै अभिभावकले बच्चाहरूलाई शारीरिक व्यायाममा पनि अभ्यस्त गराउनुपर्छ।

बालबालिकाले शारीरिक व्यायाम गर्दा हुने फाइदाहरू–

तौल नियन्त्रण हुन्छ।

रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ।

कोलेस्ट्रोलको मात्रा ठिक हुन्छ।

मुटुरोग र केहीखाले क्यान्सारको जोखिम घट्छ।

हाड तथा मासु बलियो र स्वस्थ बनाउन मद्दत पुग्छ।

मिठो निद्रा लाग्छ।

मानसिक रूपमा फुर्तिलो भएर आत्माबल बढ्छ।

बालबालिकालाई व्यायाममा कसरी आकर्षित गर्ने ?

बच्चाहरूले मोबाइल चलाउने, टीभी हेर्ने समयलाई ख्याल गरी त्यो समयमा शारीरिक क्रियाकलापहरू समावेश गराउन सकिन्छ। व्यायाम गराउँदा उनीहरूलाई मनोरञ्जन हुने किसिमको हुनुपर्छ। बालबालिकालाई शारीरिक क्रियाकलाप गराउँदा अभिभावकले आफैँ उदाहरणको रूपमा प्रस्तुत हुनुपर्छ। फुर्तिलो भई उनीहरूलाई सिकाउनुपर्छ। परिवारका सबै सदस्य वा बालबालिकाका साथीहरू समेटेर गराउँदा मनोरञ्जनसमेत प्राप्त हुन्छ। वेलावेला प्रतियोगात्मक रुपमा अभ्यास गराउँदा बच्चाहरू झन् उत्साहित हुन्छन्।

व्यायामका अनेक शैली हुन्छन्। व्यायाम, योग, ध्यानजस्ता क्रियाकलाप गराउन सकिन्छ। कहिलेकाहीँ घरमै नाचगान गराउन सकिन्छ। कराँतेजस्ता शारीरिक अभ्यासमा जान दिन सकिन्छ। विद्यालय केही समयको दूरीमा मात्र छ भने उनीहरूलाई हिँडाएरै पनि लग्न सकिन्छ। यसबाहेक घरमा आफन्त वा अन्य मानिस आउँदा उनीहरूसँग घुलमिल गराउने वातावरण पनि बनाउनुपर्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?