Health TV Online
Health TV Online

के हाे ‘प्रोस्टेट ग्ल्यान्ड’? कस्ता व्यक्तिलाई हुन्छ प्राेस्टेटकाे समस्या?

के हाे ‘प्रोस्टेट ग्ल्यान्ड’? कस्ता व्यक्तिलाई हुन्छ प्राेस्टेटकाे समस्या?

प्रोस्टेट पुरुषमा हुने समस्या हो। महिलाहरूमा ‘प्रोस्टेट ग्ल्यान्ड’ नहुने कारण उनीहरूलाई यो समस्या हुँदैन। १४ वर्षदेखि ६०–६५ वर्षका मानिसलाई  ‘प्रोस्टेट’ समस्याले सताउँछ। प्रोस्टेट ग्ल्यान्ड ओखर आकारको ग्रन्थी हो, जसको तौल सामान्यतया १५ देखि २० ग्राम हुन्छ। यो पिसाब थैलीको घाँटीमा रहेको हुन्छ। यसले एक किसिमको तरल पदार्थ बनाउँछ, जसले वीर्य हुर्काउन र अगाडि बढाउन मद्दत गर्छ।

पुरुष वयस्क भएपछि सामान्यतया १४ वर्षपछि प्रोस्टेट ग्ल्यान्डको काम शुुरु हुन्छ। प्रोस्टेट ग्ल्यान्डमा विभिन्न समस्या देखा पर्छन्, जसलाई हामीले तीन भागमा बाँड्छौँ। पहिलो प्रोस्टेट ग्ल्यान्डमा संक्रमण हुन्छ, जसलाई ‘प्रोस्टाटाइटिस’ भनिन्छ। प्रोस्टाटाइटिस विशेषगरी १४ वर्षदेखि वर्ष उमेरकालाई हुने गरेको पाइएको छ।

दोस्रो उमेरअनुसार प्रोस्टेट ग्ल्यान्ड बढ्छ। त्यसलाई हामी ‘बेनाइट प्रोस्टाइटिस हाइड्रो पाल्जिया भनिन्छ। प्रोस्टाटाइटिसको समस्या हुँदै प्रोस्टेट ग्ल्यान्डको समस्या बढेको पाइन्छ पाइएको छ। प्रोस्टेट ग्ल्यान्डको समस्या ५० देखि ६५ उमेरमा बढी देखिएको छ। तेस्रो अवस्था प्रोस्टेट ग्ल्यान्डमा नराम्रो मासु पलाउने समस्यालाई प्रोस्टेट क्यान्सर भनिन्छ।

के हुन्छ?

सामान्यतया प्रोस्टेट ग्ल्यान्डको समस्या भएका मानिसलाई पिसाब छिटोछिटो हुने समस्या हुन्छ। राति पनि बारम्बार उठिरहनुपर्छ। पिसाबको धारा टाढासम्म नपुगी मसिनो भएर जान्छ। नजिकै झर्छ र कहिलेकाहीँ लगाएको कपडामा पनि पर्छ। पिसाबको धारा एकमात्र नभई धेरै हुन्छ। पिसाब पोल्छ। जानेबित्तिकै पिसाब भइहाल्दैन। एकछिन कुर्नुपर्छ। पिसाब फेर्दा बिचमा रोकिने र खोलिने हुन्छ। पिसाब फेरेपछि पनि बाँकी रहेकोजस्तो हुन्छ।

पिसाब लागेको जस्तो हुने तर शौचालय पुग्दा कम हुने हुन्छ। पिसाब गन्हाउने हुन्छ। पिसाबमा रगत देखा पर्न थाल्छ। नाइटोमुनि दुख्न थाल्छ। नाइटोदेखि अण्डकोषसम्मको भागमा पीडा हुन थाल्छ। अण्डकोषदेखि मलद्वारसम्मको भाग दुख्न थाल्छ। शारीरिक सम्पर्क गरेपछि वीर्य खस्ने समयमा दुख्ने पोल्ने हुन्छ।

उपचार

प्रोस्टेट ग्ल्यान्डको लक्षण देखिएमा हामी शुरुमा रगत जाँच गर्छौँ। भिडियो एक्सरे गर्छौँ। पिसाबको फेर्दाको बेगलाई विशेष ध्यान दिन्छौँ। त्यसपछि पिसाब परीक्षण गर्छौँ। वीर्य जाँच गर्छौँ। रोगको किटान भएपछि हामी उपचारको विकल्प रोज्छौँ। औषधिले हुनेसम्म त्यहीबाट समाधान खोज्छौँ। यसबाट नहुने अवस्थामा शल्यक्रियाको विकल्प रोज्छौँ। प्रोस्टेट क्यान्सर भएको अवस्थामा कुन अवस्थाको छ र कति मात्रामा फैलिएको छ विचार पुर्याउनुपर्छ। त्यसअनुसार नै रेडियोथेरापी वा केमोथेरापी गर्ने हो तय हुन्छ।

बच्ने उपाय

प्रोस्टेटको समस्या पेशाअनुसार कुनै व्यक्तिलाई कम, कसैलाई धेरै हुने गरेको देखिन्छ। जुन जुन पेशामा रहेकाहरूलाई पिसाब रोक्नुपर्ने बाध्यता छ, त्यस्ता व्यक्तिलाई प्रोस्टेट समस्या हुन्छ। शिक्षक, सवारीचालकजस्ता व्यक्तिलाई यो समस्या बढी भएको देखिन्छ। यस्ता व्यक्तिलाई शीघ्रपतन वा यौन दुर्बलता समस्या बढी हुन्छ।

निरोगी जीवनका लागि हाम्रो सक्रियता र शारीरिक व्यायाम आवश्यक पर्छ भनेजस्तै प्रोस्टेट ग्यान्डमा समस्या आउन नदिन वीर्यकाे सक्रियता आवश्यक छ। याे खर्च गरिरहनुपर्छ। लामो समयसम्म वीर्य खर्च भएन, सञ्चय भइरह्यो भने प्रोस्टेटको समस्या हुन्छ। प्रोस्टेट ग्रन्थीलाई स्वस्थ राख्न शरीरलाई म्याग्नेसियम जिंंक आवश्यक पर्छ। यो तत्त्व पाइने ओखर पेस्ताजस्ता ‘ड्राई फ्रुट्स’ सेवन गरिरहनुपर्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा