Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाठेघरमा हुने क्यान्सर र ‘प्याप स्मेयर टेस्ट’

पाठेघरमा हुने क्यान्सर र ‘प्याप स्मेयर टेस्ट’

पुरुषको तुलनामा महिलाको शरीर अलि विशेष किसिमको हुन्छ। प्रजनन अंगसँग जोडिएका विभिन्न समस्याले महिला प्रभावित भइरहेका हुन्छन्। महिलामा हुने समस्यामध्ये पाठेघरकाे क्यान्सर पनि प्रमुख मानिएकाे छ। नेपालजस्तो कम विकसित मुलुकमा जनचेतनाको कमीका कारण महिलामा पाठेघरको क्यान्सरबाट प्रभावित भइरहेका छन्।

‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, कम उमेरमै विवाह गर्ने, धेरै बच्चा जन्माउने, धेरै जनासँग यौनसम्पर्क गर्ने र अत्यधिक धूमपान गर्नेहरू पाठेघरको क्यान्सरको जोखिम हुन्छ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्।

पाठेघरको क्यान्सर पत्ता लगाउन ‘प्याप स्मेयर टेस्ट’ प्रभावकारी मानिन्छ। महिनावारी भइसकेका वा पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेका महिलाहरूलाई यो टेस्ट अनिवार्य छ। छ महिना वा एक वर्षपछि पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन गरिने टेस्ट हो यो। त्यसैले समयमै यसको परीक्षण गर्न आवश्यक छ। पाठेघरको एक थोपा योनिश्राव निकालेर यसकाे परीक्षण गरिन्छ।

परीक्षणपछि यो समस्या सामान्य आँउछ भने त्यसपछि तीन वर्षमा परीक्षण गर्नुपर्छ। तीन वर्षपछि फेरि परिक्षण गर्दा फेरि सामान्य आयो भने पुनः तीन वर्षपछि गर्नुपर्छ। यसरी तीनपटक परीक्षण गर्दा सामान्य अवस्थामा आयो भने १० वर्षपछि गर्दा हुन्छ। तर यी सबै जाँचअघि चिकित्सकको सल्लाह आवश्यक छ।

भाइरसले संक्रमण गरेर घाउ बनाउन थालेपछि संक्रमण पोजिटिभ छ भने १० वर्षपछि पाठेघरको मुखमा घाउ देखिन्छ। यसका लागि चिकित्सकको परामर्शमा परीक्षण आवश्यक छ। त्यसैकारण पनि यो टेस्ट आवश्यक छ।

कुनै पनि घरमा पुरुषको तुलनामा महिलाको जिम्मेवारी बढी नै हुन्छ। अचेल महिला घरमा मात्र सीमित छैनन्। धेरै महिला बाहिरको काम सकेर घरमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्। घरपरिवारमा उज्यालो छर्ने महिलालाई केही समस्या आउनेबित्तिकै विभिन्न समस्या उत्पन्न हुन्छन्। पाठेघरकाे क्यान्सर त्यसै पनि जटिल मानिन्छ। त्यसैले हरेक महिलाले सचेत भएर प्याप स्मेयर टेस्ट गराउन आवश्यक छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।