बारम्बार टन्सिल भइरहन्छ? मुटु र मिर्गाैलामा पनि असर पुग्न सक्छ
चिसो मौसम शुरु भइसकेको छ। जाडोमा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छन्। जाडोमा घाँटी दुख्ने र रुघाखोकीको समस्याले नसताएको मानिस कमै हुन्छन्। धेरैजसाे मानिस घाँटी दुख्नेबित्तिकै टन्सिल भएको भन्ने सोच्छन्। टन्सिल चिसो मौसममा मात्र हुन्छ भन्ने गलत धारणा रहेको छ। टन्सिलले जुनै वेला पनि सताउन सक्छ, चिसो याम आउनै पर्दैन।
टन्सिल भनेको घाँटीको पछाडिको भागमा रहेको नरम खालको अंग हो, जो दाँबायाँ दुवैतिर हुन्छ। टन्सिलमा हुने असरलाई ‘टन्सिलाइटिस’ भनिन्छ। टन्सिलसम्बन्धी समस्या ‘ब्याक्टेरियल इन्फेक्ससनका कारण हुन्छ। टन्सिलको समस्या हुँदा घाँटीको छेउमा डल्ला आउन सक्छ। घाँटीमा पीडा हुनुका साथै खाना निल्न गाह्रो हुन्छ। टन्सिल समस्या भएकाहरूलाई दुखाइ कम गर्न विशेषगरी कुल्ला गर्ने औषधि दिइन्छ। चिसोबाट बच्न शरीर न्यानो पारेर बस्ने सल्लाह पनि दिइन्छ। यसैगरी खानपानमा ध्यान दिन पनि जरुरी हुन्छ।
कतिपयलाई टन्सिलको समस्या पटक–पटक भइरहन्छ। यदि वर्षमा ५– ७ पटक हुन्छ यसले समस्या दिन्छ भने अपरेसन गर्न आवश्यक हुन्छ। टन्सिल घाँटीमा हुने भए पनि बारम्बार भइरहन्छ भने मुटु र मिर्गौलामा समेत असर गर्न सक्छ। त्यसैले वेलैमा चिकित्सककहाँ पुगेर आवश्यक सल्लाह लिनुपर्छ। औषधिले नै ठीक हुने हो वा शल्यक्रिया नै गर्नुपर्ने हो त्यसको निक्र्योल चिकित्सकले गर्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण