जाडाेमा अपनाउनुपर्ने सावधानी
पानी प्रशस्त पिउने
शरीरमा पानीको मात्र प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ।
वार्मअप गर्ने
शारीरिक व्यायाम शुरु गर्नुअघि ५–१० मिनेट शरीरलाई सक्रिय बनाउने अनि मात्र व्यायाम शुरु गर्ने।
हिँडाइको गति कम गर्ने
चिसोमा मुटुको जोखिम घटाउन हिडाइको गति कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित हुन्छ।
चिसो हावा र पानी परेको वेलामा
यस्तो वेलामा घर बाहिर व्यायाम गर्न निस्किनु हुँदैन।
मदिरा र चुरोट सेवन
जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग गर्नु हुँदैन।
धेरै चिल्लो खाना
जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी वा भोजको वेलामा सतर्क हुनुपर्छ।
सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियनत्रण गर्न जरुरी छ।
चिसोमा हिँड्दा छाती दुख्नु
मुटुरोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ।
नियमित औषधिको प्रयोग
मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नियमित खानुपर्छ।
व्यायामको वेला चिसोबाट सुरक्षा
यसका लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ।
डा.अनिलकाे फेसबुकबाट




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य