Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दमराेगबाट बच्न आवश्यक छ सचेतना

दमराेगबाट बच्न आवश्यक छ सचेतना

दमलाई अंग्रेजीमा आस्थामा र चिकित्सकीय भाषामा  सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) भनिन्छ। सीओपीडी फोक्सोसम्बन्धी रोग हो। बालबालिकालाई हुने दमलाई ‘ब्रोङ्कियल आज्मा’ भनिन्छ।

नेपालको सन्दर्भमा कुरा गर्दा नसर्ने रोगहरूमध्ये दम प्रमुख रोग पनि हो। तथ्यांकअनुसार १८ प्रतिशत मानिसमा दमको समस्या छ। एक अध्ययनअनुसार प्रदेश २, ३ र सुदूरपश्चिम प्रदेशमा बढी दमरोगी पाइएका छन्। कति प्रतिशत बालबालिकामा यो समस्या छ भन्ने यकिन तथ्यांक छैन।

सीओपीडी विशेषगरी स्मोकर (धूमपान गर्ने)हरूमा बढी देखिन्छ। आफैँ धूमपान गर्नेलाई मात्र नभई परिवारका सदस्य वा साथीभाइमा पनि यो समस्या आउन सक्छ, धूमपान गर्नेको नजिकै बसको अवस्थामा। दम भएकाहरूलाई लगातार खोकी तथा श्वासप्रश्सवाससम्बन्धी समस्या हुन्छ।

चुरोट बिँडी सेवन गर्ने, धुँवा धुलोको सम्पर्कमा भइरहनेहरूमा दमको सम्भावना एकदमै बढी हुन्छ। धूमपान मात्र नभएर गाउँघरतिर दाउराको चुह्लोमा खाना पकाउने महिलाहरूलाई बढी यो समस्या देखिएको छ। यस्तै शहरको धुलो धुवाँमा निरन्तर रहिरहनेमा पनि यो समस्या देखिन्छ। यस्तै धुलो धुवाँमा बसेर काम गर्नुपर्नेहरूलाई पनि कालान्तरमा यो समस्याले सताउँछ। अर्को कुरा जन्मिँदा कम तौल भएका शिशुहरूलाई पनि दमसम्बन्धी समस्या हुनसक्छ।

चिसो मौसममा दमको समस्या लिएर आउनेको संख्या बढ्छ। एकातिर चिसोयाम अर्कोतिर प्रदूषण। दुवैको संयोजन हुँदा निश्चित रूपमा दमको समस्या बढ्छ नै। चिसोका कारण एलर्जीले दम बढाउँछ। चिसो नभएको वेला ठीक हुन्छ। यसलाई सधैँ औषधि खाइरहनु पनि पर्दैन। सीओपीडी भएका बिरामीलाई निरन्तर औषधिको आवश्यकता पर्छ।

दमको समस्याबाट बच्न सचेतना प्रमुख कुरा हो। धूमपानले दम मात्र होइन अन्य खतरनाक रोग लाग्न सक्छ भन्ने ज्ञान हुनुपर्यो। आफूले धूमपान गरेपनि परिवारका सदस्य वा धूमपान नगर्ने साथीभाइलाई असर पुग्न नदिनमा सचेत हुनुपर्यो। कोठामा राम्रोसँग स्वच्छ हावा आउने किसिमले ‘भेन्ट्रिलेसन’को व्यवस्था गर्नुपर्छ। यस्तै चिसो महिनामा इन्फेक्सनबाट बच्नुपर्छ।

दमले हर्टअट्याक, स्ट्रोक र फोक्सो क्यान्सर, जस्ता समस्या पनि उत्पन्न गराउँछ। दमजस्ता समस्याको बारेमा शिक्षा दिन विद्यालयस्तरको पाठ्यक्रममै समावेश गर्नुपर्छ। यसबारे जनचेतनामूलक कार्यक्रम देशव्यापी रूपमा भइरहनुपर्छ।

दमका बिरामीले मात्र नभई निरोगीहरूले पनि सकेसम्म प्रदूषणबाट टाढा रहनुस्। धूमपान गरिरहेको ठाउँमा नबस्नुस्। शहरमा धुलो धुवाँ अत्यधिक छ। त्यसैले बाहिर यात्रा गर्दा अनिवार्य रूपमा ‘गुणस्तरीय मास्क’ प्रयोग गर्नुस्। पोसिलो खाना खानुस्। बाहिर गएर आएपछि हातगोडा धोएर केही समय आराम गरेर मात्र खाना खाने बानी गर्नुपर्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या