Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहले यसरी पार्छ मानिसको यौन जीवनमा असर

मधुमेहले यसरी पार्छ मानिसको यौन जीवनमा असर

जीवनशैली र खानपानका कारण अचेल मधुमेहको समस्या बढेको छ। रगतमा सुगरको मात्रा बढेको अवस्थालाई मधुमेह भनिन्छ। मधुमेहको लक्षण देखिनेबित्तिकै वा थाहा हुनेबित्तिकै चिकित्सककोमा जानुपर्छ। आवश्यक सल्लाह लिनुपर्छ।

यसलाई बेवास्ता गर्नु हुँदैन। बेवास्ता गरियो भने मधुमेहले मिर्गौला, मुटु, नसा र आँखाजस्ता महत्त्वपूर्ण अंगमा असर पुर्याउँछ। खुट्टामा निको नहुने घाउ हुने, पक्षघात हुनेजस्ता समस्या उत्पन्न गराउँछ। यो त भयो सामान्यतया सबैलाई थाहा भएको कुरा।

मधुमेहका कारण हुने अर्को गम्भीर समस्या धेरैलाई थाहा नभएको हुनसक्छ, त्यो हो यौन दुर्बलता। मधुमेहकै कारण यौनेच्छा कम हुनु वा इच्छा भएर पनि उत्तेजना कम हुनेजस्ता समस्या देखिन्छ। पुरुषमा लिंग उत्तेजना नहुने र महिलामा यौनप्रति वितृष्णा हुँदै जाने समस्या आउँछ। तर के कारणले यस्तो भइरहेको छ भन्ने ज्ञान नहुँदा र चिकित्सककोमा पुग्न लजाउने प्रवृत्तिका कारण समस्या बढ्छ।

लिंगको रक्तधमनीमा रगत आपूर्तिमा ‘ब्लक’ भयो भने उत्तेजनामा कम हुने तथा यौन इच्छामा कम आउने जस्तो समस्या देखिन्छ। लिंग उत्तेजित नहुने वा शरीरमा थकानको महशुस हुने वा व्यायाम गर्न नसक्ने भए मधुमेह त भएन भनेर सचेत हुनुपर्छ। जाँच गराइहाल्नुपर्छ।

उपचार

यौन दुर्बलताको पनि उपचार सम्भव छ। माथि उल्लेख भएजस्तै लक्षण देखिए स्वास्थ्यकर्मीसँग जाँच गराउनुस्। आवश्यक परामर्श लिनुस्। वेलैमा उपचार गर्यो भने समस्याबाट मुक्ति पाउन सकिन्छ। कसैलाई ‘सुगर कन्द्रोल’ गर्दा निको हुन्छ। पुरुषमा हर्मोनको कमी छ भने औषधि दिइन्छ। मधुमेह निकै उच्च छ भने सर्वप्रथम सुगर नै सन्तुलन गर्न आवश्यक हुन्छ।

कतिपय मानिस समस्या छ चिन्ता लिएर डिप्रेसनमा परेको पनि भेटिन्छ। यस्ता व्यक्तिलाई ‘साइक्लोजी काउन्सिलिङ’ गरिन्छ। शुरुकै चरणमा चिकित्सककहाँ पुगेर आफूलाई भएको समस्या खुलेर बताए समस्या हल हुन्छ। कतिपयमा एउटा भ्रम छ, मधुमेह भएकाबाट जन्मिएका बच्चा स्वस्थ हुँदैनन्। तर मधुमेह भएकाबाट जन्मिएका बच्चा पनि स्वस्थ हुन्छन्।

डा विनयसँग अशिम सापकाेटाले गरेकाे कुराकानीमा आधारित:

 

  • डा.विनय भट्टराई

    मधुमेह राेग विशेषज्ञ डा.भट्टराई मेट्राे काठमाडाैं अस्पतालमा कायर्रत छन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या