तिहारकाे बहानामा धेरै नभुल्नुस् चिल्लाे र गुलियाेमा

अन्य पक्षबाट जस्तै खानपानको दृष्टिले तिहारको वेग्लै महत्त्व छ। विशेषगरी सेलरोटी र विभिन्न प्रकारका मिठाइ खाएर रमाइलो गर्ने चाड हो तिहार। अहिले घरघरमा सेलरोटी अनरसालगायत परिकार बनाउने चटारो छ। त्यस्तै मिठाइ पसलहरूले ग्राहकलाई तान्न थरीथरीका मिठाइ सजाएर राखेका छन्। गुलियो मिठो भन्ने भनाइ नै छ। गुलियो खान मन नपराउने को होलान् र! घरमा आफैँले बनाएको रेलरोटीको त कुरै भएन।
चाडपर्वमा खाइने खानेकुराको पाटो एकातिर छ भने अर्कोतिर व्यस्त जीवशैली र शरीरप्रतिको बेवास्ताका कारण मोटोपना र त्यससँगै उच्च रक्तचाप र मधुमेह जस्ता रोग बढेका छन्। बजारमा सिंगारेर राखिएको मिठाइमा गुलियोको मात्रा निकै हुन्छ। यसमा शरीरलाई चाहिने कार्बोहाइड्रेट मात्र हुन्छ तर शरीरमा पाचनको लागि चाहिने फाइबर तत्त्व हुँदैन। त्यसैले यो स्वास्थको दृष्टिकोणले राम्रो होइन।
अर्को कुरा बजारमा बनाइएका खानेकुरा स्वास्थ्यका दृष्टिले पनि ठीक हुँदैनन्। सडेका अन्न, तेल आदिको प्रयोग हुने सरसफाइमा ध्यान नदिइने हुँदा बाहिरबाट देख्दा आकर्षक भए पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छन्। नाम चलेकै मिठाइ पसलहरूले पनि अखाद्य सामग्री प्रयोग गरी मिठाइ बनाउने गरेको समाचार आइरहेकै छन्।
यस्ता खानेकुराको सेवनको कारणले शरीरमा बोसो जम्छ। मोटोपना बढाउँछ। मधुमेहको रोगी भए शरीरमा सुगरको मात्रा उच्च बनाउँछ। अर्को कुरा बजारमा बनाइएका खानेकुरा स्वास्थ्यका दृष्टिले पनि ठीक हुँदैनन्। सडेका अन्न, तेल आदिको प्रयोग हुने सरसफाइमा ध्यान नदिइने हुँदा बाहिरबाट देख्दा आकर्षक भए पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छन्। नाम चलेकै मिठाइ पसलहरूले पनि अखाद्य सामग्री प्रयोग गरी मिठाइ बनाउने गरेको समाचार आइरहेकै छन्।
अब कुरा गरौँ सेलरोटीको अर्थात् चिल्लोको। चिल्लोमा पनि कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ। सेलरोटी घरमै बनाउने भए त राम्रो तेल वा घिउ छनोट गर्न सकियो। तिनै सेलरोटी बजारबाट ल्याएर खाँदा स्वस्थकर हुँदैनन्। पहिलो कुरा त तेल राम्रो नहुन सक्छ। एउटै तेललाई पटपटक तताएर वा तताएको तेलमा अरु तेल मिसाउँदै बनाइएको खानेकुा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्।
यस्ता खानेकुरा खानुअघि दीर्घरोग भएकाले त अत्यन्तै ध्यान दिनुपर्छ। कुन कुरा कति खाँदा मलाई असर गर्छ भन्ने ज्ञान हुनैपर्छ। टन्न हुनेगरी वा अघाउनेगरी खान हुँदैन। बरु समय समयमा थोरै थोरै खान सकिन्छ। रोग नभएकाहरूले पनि चाडबाड भन्दैमा अति खानु हुँदैन।
गुलिया चिल्ला पदार्थसँगै अन्य पदार्थ जस्तै हरिया सागपातको सेवन बढाउनुपर्छ। त्यतिकै रूपमा काँचो सागपात वा फलफूललाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ। रेसादार खानेकुरा बढाउनुपर्छ। दूधबाट बनेका परिकारको सेवन गर्नाले शरीरमा क्याल्सियम र प्रोटिन प्राप्त हुन्छ, जुन शरीरको लागि अत्यावश्यक छ।
तिहारजस्ता चाडबाडमा सबै फुर्सदमा हुने भएकाले खाने पिउने बस्ने मात्रै काम हुन्छ। कतिपयले त गर्दै आएको मर्निङ वाक, व्यायाम अदि पनि छाडिदिने गर्छन्। त्यसले शरीरमा नकारात्मक असर पुर्याउँछ। चाडबाडमा पनि योग ध्यान व्यायाम छाड्नुहुँदैन। घर वा आँगनकै काम गरेर भए पनि शरीरलाई सक्रिय राख्नुपर्छ। निस्क्रिय बस्नु हुँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights