Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी हुन्छ रक्तअल्पता, बच्ने उपाय

यसरी हुन्छ रक्तअल्पता, बच्ने उपाय

हामीले खाना खाएको आहारबाट रस बन्छ। त्यही रसबाट रगत बन्छ। मुटुबाट शरीरभर फैलिन्छ। मुटुमा आएको रगत शरीरको विभिन्न अंगमा जानुपर्छ। अनि मात्र सबै अंगले सहज रूपमा काम गर्छ र स्वस्थ भइन्छ। स्वस्थ रहन हाम्रो आहारविहारमा नियमितता हुनुपर्छ। खानपानमा ध्यान नदिँदा शरीरलाई आवश्यक तत्त्व पुग्दैन र विभिन्न समस्या देखिन्छन्।

रक्तअल्पता अर्थात् एनिमिया पनि त्यस्तै समस्या हो। खानपानको असन्तुलन र अस्वस्थकर खानपानका कारण यो समस्या देखिन्छ। साथै सुत्केरी अवस्थामा धेरै रगत बग्ने हुनाले महिलाहरूमा रक्तअल्पता हुने सम्भावना धेरै हुन्छ।

यसैगरी शरीरमा रगतको मात्रा कम भएका तर पनि पटकपटक रक्तदान गर्ने मानिसलाई पनि रक्तअल्पताको जोखिम हुनसक्छ। रक्तदान गर्नका लागि पहिलो कुरा त आफ्नो शरीर कस्तो अवस्थामा छ, शरीरमा रगतको मात्रा पूरा छ कि छैन आदि कुरा विचार पुर्याउनुपर्छ।

पानीको माध्यमबाट लाग्ने रोगहरूमध्ये यो पनि एक हो। दूषित पानी पिउँदा आँखाले नदेखिने मसिना कीटाणुहरू हाम्रो शरीरमा पुग्छन्। यस्तै धुलो र धुवाँको माध्यमबाट पनि असर पुग्छ। यसैगरी हामीले खाएका विभिन्न अखाद्य पदार्थ कुहिएर वा सडेर कीटाणु उत्पन्न हुन्छन्। ‘हुकवाम’ नामक एक किसिमको जीवले शरीरमा रगत चुसेर रक्तअल्पता हुन्छ। यो चुच्चो एक किसिमको हुन्छ। खाली आँखाले नदेखिए पनि परीक्षण गर्दा प्रयोगशालामा सजिलै छुट्टिन्छ। यो समस्याको निदान औषधि खाएर गर्न सकिन्छ।

शरीरमा रक्तअल्पता हुँदा कमजोरी महसुस हुने, शरीर सुन्निनेजस्ता समस्या देखिन सक्छन्। छाला फुस्रो हुन्छ, खाना खान मन नलाग्ने आदि हुन्छ। मुख सेतो हुन्छ। मुटुमार्फत रगत सहज रूपमा जान पाउँदैन। मस्तिष्कमा सहजरूपमा रगत जान नपाउने हुँदा सोच्न सक्ने क्षमता कम हुन्छ। शरीरका अरु अंगहरूमा पनि गडबडी हुन्छ।

पहिले पहिले शरीरका लागि आवश्यक ‘आइरन’ तत्त्व को लागि फलामको भाँडामा खाना पकाएर खाने चलन थियो। रक्तअल्पता हुन नदिन यो सबैभन्दा राम्रो उपाय हो। तर याे चलन अचेल हराइसकेकाे छ।

यो समस्याबाट बच्न नियमित हरियो सागपात, फलफूल सेवन गर्ने, झोल खानेकुरा प्रशस्त खाने, पानी सफा पिउने गर्नुपर्छ। धुवाँधुलोजस्ता प्रदूषणबाट बच्नुपर्छ। नाङ्गै खुट्टा हिँड्नु हुँदैन। माथि नै भनियो यो समस्याबाट बच्न आहारविहार ठिक हुनुपर्छ। आयुर्वेदमा रक्तअल्पताको उपचार औषधिमार्फत गरिन्छ। यो विधि प्रभावकारी पनि छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या