शरीरदेखि मन मस्तिष्कसम्मकाे उपचार : मसाज

सामान्यतया मसाज भन्नाले शरीरका विभिन्न भाग विशेषगरी मांसपेशीलाई सुम्सुमाउने वा ‘रब’ गर्ने भनेर बुभिन्छ। विभिन्न रोगको उपचारका लागि हामीले प्रयोग गर्ने मसाजलाई मेडिकल भाषामा ‘थेरापिटिक’ मसाज भन्ने गरिन्छ। मसाज धेरै प्रकारका हुन्छन्। जस्तै– केलक्स मसाज, थाइ मसाज, आयुर्वेद मसाज, स्वीडिस मसाज इत्यादि।
प्राकृतिक विधिमा प्रयोग हुने मसाजलाई ‘केलक्स’ मसाज भनिन्छ। केलक्स नामका व्यक्तिले प्रतिपादन गरेको विधि हुनाले यसलाई केलक्स मसाज भनिएको हो। हामीले प्रयोग गरिरहने मसाजमा केलक्स पनि पर्छ। यो विशेषगरी दुखाइ हुँदा प्रयोग गरिने मसाज हो। आयुर्वेद मसाज भन्नाले आयुर्वेदिक तेल प्रयोग गरेर मसाज हो। यसमा रोगअनुसार भिन्नभिन्न तेल प्रयोग गरिन्छ।
मसाजले रक्तसञ्चार नसाको सहज र नर्भलाई फुर्तिलो बनाउँछ। विशेषगरी हाडजोर्नीको दुखाइ, मानसिक तनाव जस्ता रोगलाई निकै फाइदा गर्छ। अनिद्राको बिरामीलाई पनि मसाजले ‘रिल्याक्स’ दिन्छ। जोर्नीहरुलाई सहज बनाउँछ।
स्वीडिस मसाज स्वीडेनतिर प्रयोग हुने मसाज हो। यो पनि केलक्स जस्तै हो। यो थेरापिटिक मसाज नै हो। थाइ मसाज एक प्रकारको योग हो। यसलाई ‘प्यासिभ योगा’ भने पनि हुन्छ। यसमा शरीरको मांसपेशीलाई ‘स्ट्रेचिङ’ गरिन्छ।
मसाज भर्खर जन्मेको बच्चादेखि युवा र वृद्धवृद्धासम्मका मानिसलाई फाइदाजनक छ। मसाजले शरीरमा तनाव कम हुने, ‘माइण्ड रिल्याक्स’ हुने, राम्रो निद्रा पर्ने, मांसपेशीको थकान हट्ने, जोर्नीहरू लचिलो हुने र रक्तसञ्चार सहज हुनेलगायत फाइदा गर्छ। प्यारालाइसिस भएका र वृद्धवृद्धालाई मसाज गर्दा पनि फाइदा पुग्छ। शरीर हलचल गर्न नसकेका व्यक्तिलाई मसाजले व्यायमको काम गर्छ।
मसाजले रक्तसञ्चार नसाको सहज र नर्भलाई फुर्तिलो बनाउँछ। विशेषगरी हाडजोर्नीको दुखाइ, मानसिक तनाव जस्ता रोगलाई निकै फाइदा गर्छ। अनिद्राको बिरामीलाई पनि मसाजले ‘रिल्याक्स’ दिन्छ। जोर्नीहरुलाई सहज बनाउँछ। विशेषगरी लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्नेहरूलाई त निकै प्रभावकारी हुन्छ, मसाज। हाडजोर्नीको दुखाइ, कम्मरको दुखाइ नहोस् भन्नेहरूले हप्ताको एक– दुईपटक मसाज गर्दा निकै राम्रो हुन्छ।
मसाजको नाममा अचेल विकृति आएको त छ। विकृति, विसंगति त जुनै क्षेत्रमा पनि छ। मसाज भन्नेबित्तिकै विकृतिसँग जोडेर हेर्नुपर्ने कुरा होइन। यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। थेरापिटिक मसाजमा भने त्यसो भन्न मिल्दैन। यो शरीरको लागि निकै उपयोगी र महत्त्वपूर्ण कुरा हो। सामान्य व्यक्तिले घरैमा पनि यसको प्रयोग गर्दा शरीरलाई फाइदा हुन्छ।
सबै रोगको समाधान औषधि वा सर्जरीबाट मात्र हुन्छ भन्ने भ्रम त्यागौँ। कतिपय रोग लाग्न नदिन र लागिसकेपछि त्यसबाट पार पाउन प्राकृतिक उपायहरू पनि प्रभावकारी हुन्छन् भन्ने तथ्य बुझौँ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights