Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्राकृतिक जीवनशैली अपनाइयो भने मधुमेहबाट बच्न सकिन्छ

प्राकृतिक जीवनशैली अपनाइयो भने मधुमेहबाट बच्न सकिन्छ

अचेल मानिसको खानपान र जीवनशैलीका कारण दीर्घरोग बढेका छन्। त्यसमध्ये एक मधुमेह पनि हो। पहिले पहिले मधुमेह भन्नेबित्तिकै शहरमा बस्नेलाई लाग्ने रोग भन्ने गरिन्थ्यो। आजकल शहरमा मात्र सीमित छैन यो रोग। तराई, पहाड, गाउँ, कुना कुनामा बस्ने मानिसहरूमा देखिएको छ।

प्रविधिका विकासले मान्छेलाई जीवनयापनमा निकै सहजता भए पनि कतिपय सन्दर्भमा यो अभिशाप पनि बनेको छ। आधुनिक प्रविधिसँग निकट रहने र लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्ने मानिसहरूमा मधुमेहजस्ता अनेकौँ दीर्घरोग देखिएका छन्। घण्टौँसम्म एकै स्थानमा रहेर काम गर्ने तर बाहिरी अभ्यासबाट परै रहनेहरूमा दीर्घरोग विकराल रूपमा बढिरहेको छ। यसले दिने मानसिक तनाव पनि उच्च स्थानमा छ। शारीरिक व्यायामको अभाव र अनावश्यक चिन्ताले मधुमेहको सम्भावनालाई बढाउँछ।

‘प्री डाइबेटिज’ अवस्थामा केही शरीरमा लक्षण नदेखिए पनि धेरै बढेपछि लक्षणहरू देखिन्छन्। जस्तै मुख सुक्ने, प्यास लाग्ने, कमजोरी महसुस हुने, पटकपटक पिसाब लाग्ने (रातमा चार\पाँच पटक जानुपर्ने) जस्ता लक्षणहरू देखा पर्छन्।

‘रोग लाग्न दिनुभन्दा भन्दा रोगको बाटो छेक्नु बेस’ भन्ने गरिन्छ। मधुमेहबाट बच्न प्राकृतिसँग निकट हुने जीवनशैली अपनाउनुपर्छ। प्राकृतिक खानेकुरा खानुपर्छ। प्रकृतिमा फले फुलेको खाना खानुपर्छ। आफैँ उत्पादन गर्नसके धेरै राम्रो। ‘अनपोलिस्ड’ चामलको भात, चोकर नफ्याँकेको गहुँलाई खानाका रूपमा प्रयोग गर्नुपर्छ। खाजाका रूपमा भुटेको मकै, चिउरा, उसिनेको आलु इत्यादि प्रयोगमा जोड दिनुपर्छ। विषादी प्रयोग नगरी फलाइएका तरकारी र फल प्रयोग गर्नुपर्छ। सकेसम्म रेसा भएको खाना सेवन गर्नुपर्छ। यस किसिमका खानेकुराले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ।

जो व्यक्तिलाई मधुमेह भइसक्यो उनीहरूले खानपान जीवनशैली र दैनन्दिनमा ध्यान दिन आवश्यक छ। एउटा कुरा नभुलौँ, प्राकृतिक जीवनशैली अपनाइयो भने मधुमेहलाई निर्मूल पार्न सकिन्छ।

खाना मात्र स्वस्थ भएर मानव शरीरलाई पुग्दैन। शरीरलाई व्यायामको आवश्यकता पर्छ। योगासन, प्राणायम आदि गर्न सकियो भने शरीर तन्दुरुस्त हुन्छ। दैनिक रूपमा कुनै न कुनै शारीरीक व्यायाम गर्न आवश्यक छ। मधुमेहको सन्दर्भमा कुरा गर्ने हो भने यसबाट बच्न र भइसकेको छ भने निर्मूल पार्न पनि योग अत्यन्त उपयोगी छ। मधुमेहको बिरामीलाई मात्र नभई यसको ‘रिस्क’मा रहेकाहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।

मधुमेह भन्नेबितिकै मानिसहरू डराउँछन् र आत्तिन्छन्। यो रोग लागेपछि आफूले चाहेको खानेकुरा खान मिल्दैन भन्ने आम सोचाइ छ। मधुमेहको बिरामीले सामान्य खाना खान हुन्छ, तर सन्तुलन मिलाएर। कुनै व्यक्तिले दिनमा दुईपटक खाना खाने गर्छ भने मधुमेह भएकाहरूले खानाको मात्रा कम गरेर चारपटक सेवन गर्न सक्छन्।

मधुमेह समस्यालाई बेवास्ता नगरी यसलाई समयमै समाधान गर्नेतर्फ अघि बढ्न सकियो भने यसलाई पार लगाउन सकिन्छ। बेवास्ता गरेर लापरवाहपूर्ण खानपान र जीवनशैली अपनाइयो भने मिर्गाैला, मुटु, आँखा जस्ता संवेदनशील अंगमा असर गर्न सक्छ। उपचार नै गर्न नमिल्नेगरी यसले अंगलाई बिगार्न सक्छ।

त्यसैले जो व्यक्तिलाई मधुमेह भइसक्यो उनीहरूले खानपान जीवनशैली र दैनन्दिनमा ध्यान दिन आवश्यक छ। एउटा कुरा नभुलौँ, प्राकृतिक जीवनशैली अपनाइयो भने मधुमेहलाई निर्मूल पार्न सकिन्छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या