सुतेको बेला निस्सासिने समस्या र उपचार
सुतेको बेला निस्सासिने समस्यालाई एपिनिया भनिन्छ। कम्तीमा १० सेकेण्ड पटकपटक निस्सासिनु एपिनिया हो। यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र निद्रामा अवरोध हुन्छ। र पटकपटक उठ्नुपर्ने अवस्था आउँछ। एपिनिया तीन प्रकारको हुन्छ–
सेन्ट्रल एपिनिया
यसमा हावाको प्रवाह हुँदैन र सधैँ श्वासप्रसास प्रयास पनि हुँदैन। यसमा मस्तिष्कबाट श्वास फेर्न मांसपेशीहरूलाई निर्देशन पठाइँदैन।
अबस्ट्रक्टिभ एपिनिया
यसमा हावाको प्रवाह हुँदैन। मांसपेशीहरूको प्रयास भइरहन्छ। यसमा अवरोध हुन्छ, हावाको मुभमेन्टमा आधारमा।
मिक्स एपिनिया
यसमा शुरुमा सेन्ट्रल एपिनिया जस्तै हुन्छ र पछि गएर श्वासप्रश्वास मांसपेशीहरूको प्रयोग देखिन्छ।
यो रोग कस्तो व्यक्तिमा देखिन्छ?
लामो घाँटी भएको, मोटो व्यक्ति, ठूलो जिब्रो भएको व्यक्तिमा याे समस्या बढी देखिन्छ।
लक्षणहरू
घुर्नु, निस्साासिनु, दिउँसो धेरै सुत्नु, राति पिसाब लागिरहनु, पसिना आउनु, इरिटेबल हुनु, बिहान फ्रेस नहुनु, सेक्सुयल समस्या, ज्यादा थकान महसुस जस्ता लक्षणहरू छ भने एपिनिया भएको हुनसक्छ।
कस्ता व्यक्ति प्रभावित हुन सक्छन्?
मध्यम उमेरका, मादक पदार्थ सेवन गर्ने, उच्च रक्तचाप भएका , सुत्दा औषधिको प्रयोग गर्ने, मधुमेह, मोटोपना भएका महिला पुरुष दुवैमा यो समस्या हुने सम्भावना प्रबल हुन्छ।
यस्तो समस्या भएकाहरूलाई जाँच गर्दा के पाइन्छ?
घाँटीको गोलाकार पुरुषमा १७ इञ्च ४३.२ (सीएम) र महिलामा १६ इञ्च ४०.६ (सीएम) हुन्छ।
उच्च रक्तचाप, मधुमेह, हाइपोथाइराइड, मस्तिष्काघात भएका,
हृदयाघात भएका व्यक्तिहरू आदि।
बिरामीलाई कसरी स्क्रिनिङ गर्ने?
यदि स्क्रिनिङ टेस्टहरू पोजिटिभ हुन्छ भने ल्याबमा जाँच गर्नुपर्छ। कुनै किसिमको रगत वा अन्य जाँच गर्न सकिन्छ। जस्तै उदाहरणमा प्राइमरी अस्पतालमा गर्न सकिन्छ। यदि स्क्रिनिङ टेस्टहरु पोजिटिभ हुन्छ भने ल्याबमा जाँच गर्नुपर्छ । यो टेस्ट पोजिटिभ भए पोलिसोमेनोग्राफी भन्ने टेस्ट गर्नुपर्छ ।
यो रोग लागेका बिरामीले कुन चिकित्सकलाई भेट्ने?
यस्ता व्यक्तिहरूले विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ। फोक्सो क्रिटिकल केयर तथा निद्रा विषयमा दक्ष चिकित्सकसँग सम्पर्क राख्नुपर्छ।
उपचार कसरी गरिन्छ?
यसको उपचारविधि तीन प्रकारको हुन्छ– बिहेवियरल, मेडिकल र सर्जिकल।
वजन कम गर्ने, मादक पदार्थ सेवन नगर्ने,
दाहिने वा देब्रेपट्टि सुत्ने, अन्य रोगको उपचार गर्ने, थाइराइड र मोटोपना जाँच गर्ने। यस्तै सीपीएप भन्ने मेसिन लगाई सुत्ने आदि उपचार प्रक्रिया हुन्।
उपचारका फाइदा
अल्पायुमै मृत्यृ हुनबाट बचाउँछ ।
रक्तचाप कम गर्छ।
मोटोपना कम गर्छ।
मधुमेह कन्ट्रोल गर्छ ।
हृदयाघात तथा मस्तिष्काघातबाट जोगाउँछ ।
प्रस्तुति: अशिम सापकोटा




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य