Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

समयमै उपचार नगरे अंगभंग गराई ज्यानै लिनसक्छ बाथले

समयमै उपचार नगरे अंगभंग गराई ज्यानै लिनसक्छ बाथले

सामान्यतया जोर्नी दुख्ने, कक्रक्क हुने, सुन्निने रातो हुने समस्यालाई बाथराेग भनिन्छ। बाथ सयौँथरीका हुने भएकाले कुन खालको हो त्यहीअनुसारको लक्षण देखिन्छ। रोग निरोधक शक्तिले आफ्नै शरीरका अंगलाई असर गर्दा बाथ रोग लाग्छ। त्यसैले यसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ।

यो रोग लागेपछि सामान्यतया जोर्नी र यसका वरपर दुख्ने, सुन्निने, अररो हुने र हलचल गर्न नहुने समस्या देखा पर्छ। बाथरोग धेरै प्रकारका भए पनि नेपालमा ओस्टियो आरथ्राइटिस, जोर्नी खिइनेलगायत देखिएका छन्।

जोर्नी खिइने बाथ

यो उमेर बढ्दै गएपछि देखिने रोग हो। उमेर बढ्दै जाँदा जोर्नीमा रहेको हड्डी खिइँदै गएर समस्या देखिन थाल्छ। यो मोटोपन भएका व्यक्तिलाई बढी हुन्छ। यो पुरुषको तुलनामा महिलामा बढी देखिन्छ। यो घुँडा, गर्धन र कम्मरका जोर्नीहरूमा पीडा हुने रोग हो।

र्‍युमटोइड आरथ्राइटिस, आम बाथ

यो बाथलाई आम बाथ वा गठिया बाथ पनि भनिन्छ। यो बाथ वयस्क तथा बढ्दो उमेरमा देखिने दीर्घरोग हो। यो रोग एकिनका साथ यही कारणले हुन्छ भन्ने छैन। वंशाणुगत कारण वा अन्य कारणले हुनसक्छ।

यसमा जीउ दुख्ने, औँलाहरू सुन्निने, कुम, घुँडा गोलीगाँठा दुख्ने, अररो हुने हुन्छ। यसमा झ्यालढोकाको चुकुल लगाउन र सिरक तान्नसमेत गाह्रो हुन्छ। नेपालमा धेरै जनालाई यो किसिमकाे बाथरोग रहेको छ।

यूरिक एसिडले हुने बाथ

युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुन एक प्रकारको विकारयुक्त पदार्थ हो। युरिक एसिड रगतमा बढी भए बाथ हुन्छ। यसलाई नै युरिक एसिड बाथ भनिन्छ।

यसमा सामान्यतया गाेडाको बुढी औँलाबाट दुखाइ शुरु हुन्छ। बुढी औँला र गोलीगाँठो वरपरको जोर्नीमा असर गरी दुख्ने हुन्छ। यो बाथ धेरै जनामा हुने बाथ हो। यसमा खानामा विशेष ध्यान दिनुपर्छ।

स्पोन्डिलो आरथ्राइटिस,ढाडको बाथ

ढाडको बाथमा ढाड र वरपरका जोर्नीहरू सुन्निने, कक्रक्क हुने र दुख्ने हुन्छ । अरु किसिमका दुखाइ भन्दा यो फरक हुन्छ। यो बाथ भने पुरुषहरूमा बढी देखिन्छ। बिहानीपख ढाड कक्रक्क हुने र कुम–हातगोडा दुख्ने हुन्छ। यसले चिसोमा बढी असर गर्छ। यसको असर बढी भए लुगा लगाउनै नमिल्ने हुनसक्छ। यो बाथ समयमै उपचार नगरे शरीर नै कुप्रो हुने समस्या पनि देखिन सक्छ ।

लुपस

बाथ रोगहरूमध्ये बढी डरलाग्दो रोग हो लुपस। यो महिलाहरूमा बढी देखिन्छ। ९ जना महिलामा लुपस छ भने १ जना पुरुषमा देखिन्छ। लुपस भएमा यसका केही लक्षण देखा पर्छन्। जस्तै मुखको वरिपरी पुतली आकारको डाबर देखिने, घाममा जाँदा डाबर झनै बढ्ने हुन्छ। यसका साथै शरीर दुख्ने, मुखभित्र घाउ आइरहने, मन्द ज्वरो आउने र कपाल झर्ने हुन्छ।

यसले मुटु, मिर्गौला र कलेजोजस्ता अंगलाई पनि असर गर्छ। लुपस भएका बेला उपचार गरिएको छैन भने सो समयमा गर्भ रहे बच्चा खेर जाने सम्भावना अधिक हुन्छ । त्यसैले समयमै यसको उपचार गर्न जरुरी हुन्छ। यी लगायत सयौँ प्रकारका बाथ पाइन्छ ।

सचेत रहाैँ

नेपालमा कति मानिसमा बाथरोग छ भन्ने एकिन तथ्यांक छैन। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथराेग रहेको अनुमान छ ।

बाथरोगलाई समयमै पहिचान गरी उपचार गरेमा अंगभंग हुनबाट बच्न सकिन्छ। तर उपचार सेवा शहरकेन्द्रित मात्र भएकाले गाउँगाउँसम्म पुग्न सकेको छैन। अर्को कुरा सरकारी तवरबाट बाथरोगका लागि अहिलेसम्म कुनै पनि पहल भएको छैन।

यहाँसम्म कि सरकारी अस्पतालहरूमा बाथरोग विभाग छैनन् भने सरकारी दरबन्दी राख्न समेत पहल गरिएको देखिँदैन। यसले गर्दा अहिलेसम्म निजी क्षेत्रबाट मात्र बाथरोगको सेवा दिइरहेको छ भने पनि हुन्छ। वीर अस्पताल र पाटन अस्पतामा कार्यरत बाथरोग विशेषज्ञहरूले पनि हालसम्म इन्टरनल मेडिसिनअन्तर्गत रहेर काम गरिरहेका छन्।

समयमै उपचार नगरे अंगभंग गराई ज्यानै लिने बाथरोगबारे सबैले सचेत हुन आवश्यक छ।

आरोग्य स्वास्थ्य सदन जावलाखेलमा कार्यरत बाथरोग विशेषज्ञ डा.शर्मासँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानीमा आधारित : 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या